जुकरवर्ग क्याफे

लेखक : आश्विनी कोइराला
प्रकाशक : बुकहिल
बितरक : बुकहिल

 

गरिबको प्रेम

बितेर गएका समयका धेरै चोइटाहरुमध्ये त्यो एउटा सानो चोइटो । समयको चोइटो सानै भएपनि त्यसले दिएको असर भने जीवनभर ठूलो रहिरह्यो । समय पो
बित्दो रहेछ त । अञ्जुलीको पानी जस्तै चुहिएर सकिँदो रहेछ । तर सकिँदो रहेनछ, त्यो समयले दिएको असर । झन् त्यहाँमाथि मायाको असर । त्यो बेलाको घटना हो यो जुन बेला म ९ कक्षामा पढ्थें । मेरो स्कूल पुग्न घरबाट ४५ मिनेट हिँड्नु पर्दथ्यो । उनी भने गाउँकै निमाविमा ७ कक्षामा पढ्थिन् । मेरो किशोर मनमा नजानिँदो पाराले उनीप्रति एक अजीव भाव अंकुरित हुँदो थियो । कस्तो भाव थियो थियो ? कुन तत्वले अंकुरित भयो ? उनमा के थियो त्यस्तो, जसले म त्यो हदसम्म प्रभावित हुन पुगेँ ? मसँग कुनै जवाफ थिएन । धेरै पछि परिस्थितिले नै मलाई जवाफ दियो—म सायद तिनलाई प्रेम गर्न थालेँछु । उनी र म एउटै गाउँका थियौं । तर भेटको तारतम्य खासै नमिल्ने । आँखाले सास्ती कम पाएतापनि मन मस्तिष्क धपेडीमा हुन्थ्यो, उनैलाई सोच्न । खासै बोलेको पनि होइन । नबोलेपनि, नभेटेपनि तिनले मलाई खूब प्रभावित गरेकी थिइन् । उनी हुनेखानेकी छोरी थिइन् । उनीहरुको तुलनामा हामी गरीब कहलाउँथ्यौँ । आमाले काम विशेषमा उनीहरुको घर पठाउनु हुन्थ्यो । त्यतिबेला भेट हुन्थ्यो । जतिजति उनीहरुको घरतर्फ पाइला बढ्थ्यो, त्यति नै मेरो मुटुको ढुकढुकी पनि बढ्दै जान्थ्यो । म उसलाई लुकीलुकी हेर्थेँ । कतै कसैले देख्छ कि भन्नेमा बडो चनाखो हुँदै । कसैले जिस्काइहाल्छ कि भन्ने त्रासबाट आफूलाई बचाउने कोशिश गर्दै । तैपनि कैलेकाहीँ बोल्ने दुस्साहस गर्थेँ ।
एकपटक उसकै घरमा गएको बेलामा ऊ घ्वाइँ खेलिरहेको फेला परी । मलाई देख्नासाथ मुसुक्क हाँसी । आफ्नो खेल्ने क्रियाकलापलाई एकछिन रोकी पनि ।

‘आमा हुनुहुन्छ ?’ सोधेँ ।

‘भित्रै हुनुहुन्छ,’ जवाफ उसको । कुनै सन्देह थिएन । मलाई संसारमा सबभन्दा धेरै उही मन पथ्र्यो । त्यस्तै जवाफ आउँछ कि भन्ने आशमा मैले उसलाई हिम्मत गर्दै त्यही प्रश्न सोधेँ, तिमीलाई संसारमा सबभन्दा के मन पर्छ ? उसले आाफ्ले खेलिरहेको घ्वाइँका कोष्टहरु देखाउँदै भनी, ‘इ मलाई त यही घ्वाइँ खेलिरहन मन पर्छ ।’

मलाई मेरो सोधाइ नै ठीक लागेन जस्तो लाग्यो । यो यसकारणले कि मैले को को ठाउँमा के भनेर सोधेको थिएँ । फेरि प्रश्न संशोधन गरेर सोध्ने हिम्मत भएन । भनेँ, मलाई पनि सिकाउ न घ्वाइँ खेल्न । त्यसपछि उसले मलाई सिकाउने भइ । उसले बनाएको लामो कोष्ठको सबभन्दा माथि ढुँगा फ्याँकनुपर्ने र अनेक तरीकाले खुट्टा उर्फार्दै त्याँ पुग्नुपर्ने । मलाई बडो मज्जा लाग्यो । मलाई सिकाउन पाउँदा ऊ एकदमै चञ्चल र आनन्द महसुस गरेको म बुझ्थेँ ।

अब म असन्तोसी हुन थालेँ । मैले दिनदिनै उनलाई भेट्ने उपाय खोज्न थालें । दिनदिनै भेट्ने एउटै उपाय थियो, उनीस“गै उनको स्कुलसम्म जाने । मनमनै
हिसाब निकाले, ‘उनको स्कुलसम्म उनीस“गै जान्छु, त्यसपछि दगुर्दै आधा घन्टामा आफ्नो स्कुल पुग्छु ।’ यसो गर्दा कसैले शंका गर्ने ठाउँ पनि नरहँदो हो ।
अनि बेलुकी बेलुकी घर आसपासमा घ्वाइँ खेल्ने दुइ जनाको मात्र समूह तयार भो । भोलिपल्ट म स्कुल जान नियमित समयमै घरबाट निस्किए“ । उनको घरनेर पुगेर कुनै ओझेलमा कुरी बसें । उनको स्कूल नजिक भएकाले कुनै हतार थिएन । दश बज्नै लाग्दा उनी निस्कन्थिन्, र केही मिनेटमै पुग्न सक्थिन् । म जस्तो नौ बजे नै घरबाट हि“ड्नु पर्ने अवस्था थिएन । तै पनि कुरिरहें । त्यो कुराई युग नै कुरेजस्तो गरेर वित्थ्यो । दश बज्न लाग्दा उनी घरबाट निस्किइन् । उनले मलाई देखिन् । बडो फारौँ गरेर मुस्कुराइन् । र उनी मेरो अघि लागिन् । अर्थात् म उनको पछि लागेँ । अनेक शीर्षकमा गफ गर्दै । म एकदम मामुली प्रश्नहरु गर्थेँ । ऊ जवाफ मात्र दिन्थी । अर्थात् प्रतिप्रश्न वा प्रश्न आदि केही गर्दिनथी । सायद जान्दिनथी । मैले सोध्ने प्रश्न जस्तै ः

‘तिमीलाई बुवाले बढी माया गर्नुहुन्छ कि आमाले ?’

‘सेल पकाउन आउँछ ?’

‘गाइले कति दूध दिन्छ ?’

‘तिम्रो घरमा मलाई के भन्छन् ?’

ऊ उत्तरपनि बडो फारौँ शब्दमा दिन्थी ।

‘आमाले’

‘आउँदैन ।’

‘सप्पैले गरेर पन्ध्र पाथी ।’

‘कोनि त मलाई के था ?’ यस्तै यस्तै ।

उनको विद्यालयसम्म पुग्यौं । मलाई हाम्रा प्रत्येक पाइला ठूलो लडाईं जितेपछि बहादुर सिपाहीको छातीझैं आत्मविश्वासी लागिरहेको थियो । प्रत्येक पाइलापिच्छे आत्मसन्तोषको गहिरो उच्छवास् निस्कन्थ्यो । पुसको जाडोमा अचानका कतैबाट बग्दै बग्दै आएको बादलभित्र हराएको घामझैँं केही क्षणमै उनी आफ्नो विद्यालयमा हराइन् । मन पनि पुसजस्तै चीसो भयो । आँखा वरिपरिपरिको दृष्य पनि घामहीन संसारझैँ धमिलो भयो । अब दुगुर्ने पालो मेरो थियो । म दगुरेको दगुरै आफ्नो स्कुल पुगें । स्कुल पुग्दा थाहा भयो, अंग्रेजीको पहिलो घन्टी सकिन लागेछ । अंग्रेजीको पहिलो घण्टी सकिएर के भो त ? मनमा अर्को मीठो घण्टी बज्न शुरु भैसकेको थियो ।

मायाको घण्टी । त्यो दिन कुनै बाहाना बनाएर टारेंँ । धेरैबेर कुदेकाले हुनसक्छ, कोखा दुखिरहेको थियो । मुटु छाती फोरेर निस्केलाजस्तो भइरहेको थियो । तै पनि मन मुस्कुराइरहेको थियो । आखिर सबभन्दा ठूलो कुरा मनै रहेछ । त्यो खुशी भए शरीरका दुःख कष्ट सबै आफ्नै वशमा बस्नेरहेछन् । भोलीपल्ट त्यहि खेल दोहोरियो । उसैगरी स्कूल जानेबेलामा सँगै हुन्थ्यौँ । म हातैभरी किताब च्यापेर हात्तीछाप चप्पल भट्याक भट्याक पार्दै हिँड्थे । ऊ झोला बोकेर टिलिक्क टल्किएको बाँसबारी छालाको जुत्तामा हिँडिरहेकी हुन्थी । रातो रिबन, आकाशी रँगको सर्ट र गाढा नीलो जामामा ऊ कम्ती सुन्दर देखिन्नथी । उसको कपालबाट चमेलीको तेल मग्मगाइरहेको हुन्थ्यो । एकदिन उसलाई जिस्काइदिएँ, ‘कति राम्री देखिएकी आज ।’

ऊ लाजले गाला रातो पार्दै, आँखा भुइँतिर नचाउँदै भन्न लागि, ‘छ्या तपाइँ त’ अर्को एकदिन पनि उसैगरि हामी अघिपछि भएरै दुनियासँग छलिँदै हिँडिरहेका
थियौँ । मैले उसलाई भनेको थिएँ, थाहा छ रु अबको दुइवर्षपछि त तिमीपनि नौ क्लासमा पुग्नेछौ । म उसको प्रतिक्रियाको प्रतीक्षा बडो व्यग्रतापूवृक कुरेर बसिरहेँ ।

उसले तुरुन्तै भनी, मलाई त अहिले नै पुग्न मन छ । मन एकछिन उत्ताउलियो । उसलाई अहिले नै नौ क्लास पुग्न मन छ, अर्थात् उसलाई मसँगै पढ्न मन छ । हातमा हलुका काँडा पनि उम्रेको मैले निक्कैबेरपछि चाल पाएँ । धेरै दिन यस्तैमा बित्यो । एकदिन विद्यालयमा फेरी पनि ढिलो आएकोमा हात सुनिने गरी कुटाइ खाए“ । त्यति मात्र होइन, सरले भोलि पनि ढिला आए थप सजाय दिने धम्की दिए । म अप्ठ्यारोमा परेंँ । उनीस“ग १५ मिनेट हि“डेको सुख लिऊ“, अंग्रेजी सरको
कुटाइ पीडादायी हुने । सरको सजायबाट बचौं, स्वर्गीय आनन्दबाट बन्चित हुने । मैले दोस्रो घन्टीमा स्कुल पुग्ने निर्णय लिए“ । उनीसित हुने पन्ध्र मिनेटको साथको लोभले कुटाइलाई पनि पछा¥यो । साँच्ची कति तागत हुने मायामा रु संभावित

त्रास र दुखाइलाई कत्ति सजिलै पराजित तुल्याउँदो रहेछ । उनीसितको साथको लोभले गर्दा दिनभरी सोचेर एउटा नया“ आइडिया फुराए“ । स्कूलमा एउटा निवेदन दिए“ । निवेदनमा आमा बिरामी भएकाले भैंसीको दूध बजारमा पु¥याउने काम मेरो जिम्मामा आएको जिकिर थियो । निवेदनमा दोस्रो घन्टीमा विद्यालय आउन पाउने व्यवस्था मिलाउन अनुरोध थियो । केही दिनका लागि यो अनुरोध स्वीकार भयो । मन खुसी भयो । उनीस“ग हिड्न पनि पाइने कोखा दुख्ने गरी कुद्नु पनि नपर्ने । सबैभन्दा रमाइलो कुरा आफूलाई गाह«ो लाग्ने अंग्रेजी विषय पनि पढ्न नपर्ने भयो । एउटा झूटले मलाई चौतर्फी सुखप्राप्त हुने भएको थियो ।
तर यो सुख क्षणिक थियो, मुतको न्यानो जस्तै । दुई महिनापछि आमा बिरामी नभएको पोल खुल्यो । र पोल खुल्नुसँगै बन्द भयो मेरो किस्ताबन्दी रोमान्स । दुई महिनाको १५ मिनेट रोमान्सले आमा र शिक्षक दुबैको कुटाइले मेरो जीऊ थिल्थिलो भयो । सधैंका लागि पैदल रोमान्स सकियो । तै पनि मन हो, आशावादी भैहाल्छ । मनले सुझायो, ‘उनी केही महिनामै ८ कक्षामा  पुग्दैछिन् । त्यसपछि स“गै विद्यालय आउन पाइन्छ, त“ चिन्ता नगर ।’मैले गाह«ो गरी उनको परीक्षासम्म कुरें । कक्षा ८ मा मस“गै स्कूल आउन थाल्नेछिन् । त्यसपछि १५ मिनेट होइन, आउ“दा र जा“दा डेढ घन्टा स“गै हिड्न पाइनेछ । टिफिनमा वा अरुबेला हेर्न पाउने कुरा त छ“दैछ । म सपनामा रमाउन थालें । सपनाको विशेषता भन्नु नै यहि त हो । वास्तविकतालाई छाडेर एकैचोटी फड्केर कहाँ उडिदिन्छ । म पनि उड्नु   उडेँ ।

उनी ८ मा पुगिन् । मलाई छक्क पार्दै अभिभावकले उनलाई हि“डेर जाने होइन, गाडी चढेर पुग्ने अर्को विद्यालय भर्ना गरिदिए । अनी पो म छक्क परें, हामी
गरिवहरू पो गाडी भाडा तिर्नुपर्छ भनेर हिडेर जाने स्कूल पढ्छांै । उनका अभिभावकलाई के नपुग्दो थियो र छोरीलाई हिड्ने विद्यालयमा पढाउन् ? मान्छेहरू भन्छन्, प्रेममा गरिव–धनीको भेद हुँदैन । प्रेम सबैकुरासँग निरपेक्ष छ । जहाँ प्रेम हुन्छ, त्यहाँ प्रेममात्र हुन्छ । अर्थोक केही हुन्न । तर मेरो

अनुभवले भन्छ, ‘ठिकै हो, प्रेमले धनी–गरिव नभन्ला । तर परिस्थितिले गरिवहरूलाई धनीस“ग उठबस गर्ने मौका नै दिँदैन । जहाँ प्रेम हुन्छ, त्यहाँ प्रेममात्र हुनै
सक्दोरहेनछ । धेरैथोक सँगै टाँसिएर आउँछन् । सबभन्दा धेरै त दुइजनाको हैसियत नै ठूलो पर्खाल बनेर आउँछ ।  त्यसैले होला, धनी र गरीबको प्रेम पुस्तक
र सिनेमामा मात्र सम्भव छ ।’

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस