सिड्नीमा नयनराज पाण्डेको कविता वाचन

०३ अगष्ट, २०१९

उलार, लू, घामकिरी, सल्लीपिर, यार जस्ता चर्चित पुस्तकका लेखक नयनराज पाण्डेसँग आज सिड्नीका पाठकहरुले साताको साहित्य डट कम र नेपाली पत्रले गरेको एउटा कार्यक्रमबीच अन्तक्र्रिया गरे । लेखक पाण्डेले शायद पहिलो पटक पाठकहरुमाझ आफ्ना पुराना र नयाँ केही कविताहरु पनि वाचन गरे । 

नेपाली पत्रका सम्पादक ऋषि आचार्यले कार्यक्रमको संचालक र लेखक निष्प्रभ सजीले सहजकर्ताको भूमिका निभाएका थिए । पाठकहरुको बाक्लो उपस्थिति भएको उक्त कार्यक्रममा पाठकहरुले निकै उत्साहका साथ लेखक पाण्डेलाई उपन्यास लेखन र देश अनि समाजका लागि लेखकले खेल्नु पर्ने भूमिकाका बारेमा गम्भिर प्रश्नहरु सोधेका थिए । 

 

पाठकको प्रतिक्रिया