लेखक : कुमार नगरकोटी
प्रकाशक : बुक हिल
बितरक : उपन्यास
पुस्तक अंश
तपाइँको स्मरण शक्तिमा यदि मलाई विश्वास छ भने–यद्यपि म दाबीका साथ भन्न सक्तिनँ, मैले तपाइँलाई पहिल्यै भनिदिनुपर्छ–जुन मेरो कर्तव्य पनि हो कि क्यालिग्राफर कृष्णमोचन मास्केसित तपाइँको प्रथम भेट सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलको तारेमाम कोर्टयार्डमा भएको थियो ।
सम्भवतः त्यो दिन तपाइँको भवितव्यको कुनै पूर्व आग्रहमा या नियतिको स्पेसल रिक्वेस्टमा तारेमाम कोर्टयार्ड पुग्नुभएको थियो । या संयोगको गुप्त अनुरोधले तपाइँलाई त्यहाँ पु¥याएको थियो ? जस्तो कि तपाइँलाई थाहा छँदै छ ः त्यस दिन तपाइँलाई बाडुली लागेको थियो ।
ननस्टप बाडुली !
बाडुली लागेको बखत हामीलाई कुनै अज्ञात, अदृश्य घटनाले स्मरण गर्छ भन्ने जनश्रुति प्रचलित छ । तपाइँलाई बारम्बार कुन घटनाले स्मरण गरिरहेथ्यो त्यो दिन ? ननस्टप बाडुलीमार्फत् ? हामीतिर त कस्तो अन्धविश्वास पनि चर्चित छ भने बाडुली लागेको दिन काठमान्डुको केन्द्रीय आकाशमा एउटा विशाल कालो भेडो देखिन्छ, जसलाई बाडुली लाग्ने मान्छेले मात्र देख्न सक्छ । के तपाइँले त्यस दिन काठमान्डुको सेन्ट्रल आकाशमा कुनै कालो भेडो देख्नुभएको थियो ?
बाडुलीसित तपाइँलाई भन्ने नै हो भने भयानक रिस उठेको थियो । तपाइँको मुड बिग्रेको थियो । यसरी मुडमा कैफियत भएको दिन तपाइँले आकाशमा कालो भेडो देख्नुभयो या भएन, यसबारे म यकिनका साथ केही कुरा भन्न असमर्थ छु । खैर १ तपाइँ बाडुलीको एक्सप्रेस दबाबमा हुनुहुन्थ्यो । यस्तो खालको ननस्टप बाडुली त शत्रुलाई पनि कहिल्यै नलागोस् भन्ने मनोकामना तपाइँले त्यस दिन कम्तिमा पनि तेईसपटक दोहो¥याउनुभयो । तर के गर्नु ? मनोकामना त्यस्तो कुनै पाल्तु कुकुर त होइन, जसले तपाइँ फाल्तु आज्ञा एवम् आदेशलाई ठुटे पुच्छर हल्लाउँदै शिरोपर गरिदेओस् १
सिद्धार्थ आर्ट ग्यालरीको तारेमाम कोर्टयार्डमा तपाइँ जुत्ताको तुना बाँधिरहनुभएको थियो, निहुरेर ।
भुइँमा टुसुक्क । टुक्रुक्क ।
तपाइँको बगलमै अर्को एक जना मानिस पनि उस्तै गरी आफ्नो जुत्ताको तुना बाँधिरहेको थियो । निहुरेर ।
भुइँमा टुसुक्क । टुक्रुक्क ।
त्यो मानिसको नाम कृष्णमोचन मास्के थियो । ऊ नामुद क्यालिग्राफर थियो । आफ्नै जुत्ताको तुना बाँध्न व्यस्त भएकाले आफ्नो छेवैको मानिस क्यालिग्राफर कृष्णमोचन मास्केलाई तपाइँले देख्नुभएन । तपाइँ त बाडुलीको एक्सप्रेस हिक्कहिक्कमा आफ्नै दशालाई विभिन्न तामसिक
गाली गर्दै, सराप्दै ज्यादै मुश्किलले तर तन्मयका साथ जुत्ताका तुना बाँध्न असफल प्रयास गरिरहनुभएको थियो । तपाइँलाई त यस कुराको पनि कुनै हेक्का थिएन कि त्यो तारेमाम कोर्टयार्डमा केवल तपाइँमात्र नभई अरू सयौँ मानिसहरू पनि आ–आफ्नो भागको जुत्ताको तुना बाँधिरहेका थिए । भुइँमा टुसुक्क ।
टुक्रुक्क ।
जुत्ताको तुना बाँधेर जसै तपाइँ उठ्नुभयो, त्यसै बखत बगलको मानिस पनि उठ्यो । अरू सयौँ मानिसहरू त अझै भुइँमा नै थिए । टुसुक्क । टुक्रुक्क । ती भुइँमान्छेहरू अझै पनि तुनामा नै अल्झिरहेका थिए ।
जब तपाइँले ती एकनासले तुना बाँधिरहेका भुइँमान्छेलाई हठात् अवलोकन गर्नुभयो, तब तपाइँको मुखबाट अनायास यस्तो उच्चारण भयो ः
– हरे प्रभु १ यतिका मानिसहरू तुना बाँधिरहेका १
बगलमै उभिएको क्यालिग्राफरले तपाइँको आश्चर्यबोधलाई केही सरलीकरण गर्ने मनसुवा खातिर यसो भन्यो ः
– यो इन्स्टलेसन आर्ट हो, माई फ्रेन्ड ।
– के म पनि यो आर्टको हिस्सा हुँ ? – तपाइँले भन्नुभयो ।
– यस् माई फ्रेन्ड १ हामी सब सर्रियल आर्टको हिस्सा हौँ । हामी सब कलाका कलात्मक किस्सा हौँ । अन टप अफ इट, नेचर इज अ डिभाइन आर्ट । प्रकृति एक महान् कला हो । ईश्वरचाहिँ कलाकार हो । परमात्मा
ठूलो पेन्टर हो ।
– तिमीचाहिँ को हौ ?
– म क्यालिग्राफर हुँ । म उपहार बेच्छु । – कृष्णमोचन मास्केले भन्यो ।
– उपहार पनि बेचिइन्छ र ?
– अफकोर्स बेचिन्छ । उपहारको पनि मूल्य हुन्छ । मेरो कोटेसनको मूल्य छ ।
– कोटेसन ?
– हो, कोटेसन । म कोटेसन बेच्छु ।
– कस्तो खालको कोटेसन बेच्छौ ?
– टु बी अर नट टु बी, द्याट इज द क्वेस्शन । बाई शेक्सपियर । धर्म धतुरो हो । बाई कार्ल माक्र्स ।
नेपाल दुई ढुङ्गाबीच रहन्या तरुल हो, बुझी लिन्या । बाई पृथ्वीनारायण शाह । यस्तै–यस्तै । इटिसी–इटिसी । यस्तै खालका कोटेसन बेच्छु ।
– कस्तो अचम्म ? मलाई तिम्रो कुरा रोचक लाग्यो । – तपाइँले भन्नुभयो ।
– म रोचक मान्छे हुँ नि त ! – कृष्णमोचन मास्केले भन्यो ।
– रोचक मान्छे वास्तवमा रोचक नै हुने गर्छन् । – भन्नुभयो ।
– रोचक मान्छेलाई एउटा सेल्सम्यान चाहिएको छ । – भन्यो ।
– म छँदै छु नि त ! – भन्नुभयो ।
तपाइँले दायाँबायाँ, तलमाथि केही नसोची रोचक मानिससित काम गर्ने इच्छा प्रकट गर्नुभयो । सोचीसोची, तौलीतौली बोल्ने मानिस पनि तपाइँ हुनुहुन्थेन । जोखीजोखी, तौलीतौली बोल्ने नापतौल विभागको मान्छे त झन् तपाइँ कदापि हुनुहुन्थेन । तत्कालका निम्ति तपाइँलाई भित्री मनमा के विश्वास लागेको हुनुपर्छ भने रोचक मान्छेसित काम गर्दा केही रोचक घटना जरूर घट्नेछन् । त्यो आफैमा एक रोचक विश्वास थियो । त्यो विश्वास किन पनि रोचक थियो भने जुन क्षण तपाइँले रोचक मान्छेको सेल्सम्यान बन्ने निर्णय गर्दै म छँदै छु नि त भनी प्वाक्क भन्नुभयो, त्यही क्षणमा तपाइँको धारावाहिक बाडुली अकस्मात् रोकियो । बाडुलीः फुलस्टप भयो । फुल एन्ड फाइनल ।
तपाइँले क्यालिग्राफरसितको कोल्यावरेसनमा अन्ततः निकै अच्छा काम गर्नुभयो । मेरा गुणी पाठकहरूले तपाइँको कामको अच्छा मूल्याङ्कन अवश्य पनि गर्नेछन् । तपाइँका ती दिनहरू बडा रोचक थिए । ती दिनहरू सम्झी ल्याउँदा म आज पनि आश्चर्यचकित हुँदै ब्ल्याक कफी पिउने गर्छु । तपाइँबारे अझै लेखूँ, झन् धेरै लेखूँझैँ लाग्छ । तपाइँको रोचक कथालाई, किस्सालाई अझ रोचक पारामा लेखूँझैँ लाग्छ । तपाइँलाई विश्वास नलाग्ला १ मलाई त केसम्म लागेको थियो भने तपाइँको कथालाई म क्यालिग्राफिक अक्षरमा लेख्नेछु । तर मेरो दुर्भाग्य हेर्नुस् न १ म कुनै क्यालिग्राफर थिइनँ । क्यालिग्राफर त अरू नै कोही थियो । कृष्णमोचन मास्के ।
कृष्णमोचन मास्केको ग्यालरीमा तपाइँलाई स्वागत गरियो । भित्तामा झुन्डिएका काष्ठ–फ्रेमसित अट्याच्ड कोटेसनले तपाइँलाई औधी लोभ्यायो । फ्रेम र कोटेसनको अट्याचमेन्ट तपाइँलाई अद्भूत लाग्यो । तपाइँको मुखबाट अनायास, अकस्मात् तीनवटा अङ्ग्रेजी अक्षरहरू झरे ः
‘वोव’
क्यालिग्राफर कृष्णमोचन मास्केको ध्यानलाई आफूतिर खिच्दै ती तीन अङ्ग्रेजी अक्षरको फुलफर्म
फ्रेम र कोटेसनको अट्याचमेन्टलाई समर्पित गर्दै भन्नुभयो ः
‘वन्डरफुल ओ वन्डरफुल’
तपाइँको वन्डरफुल ओ वन्डरफुल भन्ने उद्गार सुनी कृष्णमोचन मास्के दङ्ग प¥यो । तपाइँको काम ती फ्रेमिल कोटेसनहरूलाई तिनको गन्तव्यसम्म पु¥याउनुपर्ने थियो । तपाइँलाई सैनिक रङको रोयल इन्फिल्ड उपलब्ध गराइयो । ती फ्रेमिल कोटेसनलाई बाइकको पछिल्लो सिटमा बाँधी तपाइँले काठमान्डुका चप्पाचप्पा, गल्ली, टोल र सडकतिर गुड्नुपर्ने भयो । एक महिनाको अवधिमा तपाइँले देशका जल्दाबल्दा राजनीतिक प्राणीहरूलाई भेट्नुभयो । नेतागणका द्वार–द्वार जानुभयो । कोटेसनको होम डेलिभरी गर्नुभयो । त्यसो त गाह्रोसाह्रो पर्दा तपाइँको मद्दत गर्नका खातिर कृष्णमोचन मास्के सदा तपाइँको सामु उपलब्ध थियो । तपाइँको खानपानदेखि लिएर बडेबडे नेताहरूसितको भेटघाटको व्यवस्था क्यालिग्राफर आफै गर्ने गर्थ्यो । कुनै पनि राजनीतिक दलका नेताहरूसित अपोइन्टमेन्टको सेटिङ मिलाउने विलक्षण खुबी क्यालिग्राफर कृष्णमोचन मास्केसित थियो ।
तपाइँलाई त्यो दिन कृष्णमोचन मास्केले यस्तो भनेको थियो, “तिम्रो काम भोलिबाट शुरु हुन्छ ।”
– भोलिबाट ? – तपाइँले सोध्नुभयो ।
– हो । भोलिबाट । – क्यालिग्राफरले भोलिमा जोड ग¥यो ।
– किन भोलि ? आजैबाट शुरु गर्दा हुँदैन ? – तपाइँले आजमा जोड दिनुभयो ।
– आज बर्थ–डे हो । सेलिब्रेसन गर्नुपर्छ । – क्यालिग्राफरले भन्यो । – त्यसैले आज मिल्दैन ।
– ह्याप्पी बर्थ–डे टु यु । तपाइँलाई बर्थ–डेको शुभकामना छ ।
– मेरो बर्थ–डे होइन ।
– कस्को हो त ?
– बहिनीको ।
– को बहिनी ?
– मिस्टिका । मिस्टिका मास्के । आज मिस्टिकाको बर्थ–डे हो ।
त्यसै बखत, ठीक यहीँनेर तपाइँहरूको कन्भर्सेसनमा केही अवरोध उत्पन्न भयो । केही डिस्टर्वेन्स भयो । यो डिस्टर्वेन्स ल्याउने युवती क्यालिग्राफर कृष्णमोचन मास्केको पर्सनल असिस्टेन्ट थिई । असिस्टेन्ट सिमसाराले क्यालिग्राफर सामु भनी ः
– सर यो चिठी समात्नुस् । मेरो हातबाट चिठी खस्नै लाग्यो ।
– काँबाट आयो यस्तो चिठी ? – क्यालिग्राफरले सोध्यो ।
– मिस्टिका दिज्यूले तपाइँलाई हस्ते गर्नु भन्नु भा’थ्यो । – असिस्टेन्ट सिमसाराले भनी ।
– हस्ते गर न उसो भए । के टुलुटुलु हेरि’रा १
पर्सनल असिस्टेन्टले सेतो खाम क्यालिग्राफरलाई हस्ते गरी ।
क्यालिग्राफरले खाम खोल्यो । खामभित्र एकसरो लामो सेतो कागज, दोब्रिएर निदाएको थियो । उसले कागजलाई अनफोल्ड ग¥यो । कागज असिस्टेन्ट सिमसारालाई फिर्ता गर्दै क्यालिग्राफरले भन्यो ः
– चिठी तिमी पढ ।
– कसो गरी पढूँ ? – असिस्टेन्ट सिमसाराले भनी ।
– चश्मा लगाएर पढ । – क्यालिग्राफरले सुझायो ।
– मसित चश्मा छैन ।
– काँ गयो ?
– म चश्मा नै लगाउँदिनँ ।
– कस्ले लगाउँछ त ?
तपाइँले भन्नुभयो, “म लगाउँछु । खै, चिठी मलाई दिनुस् । म पढेर सुनाउँछु । हुन्छ ?”,
क्यालिग्राफरले हुन्छ भन्यो । त्यसपछि तपाइँले खल्तीबाट चश्मा निकाल्नुभयो र मिस्टिका मास्केको चिठी जोडजोडले पढ्न थाल्नुभयो ः
प्रिय क्यालिग्राफर दाजु १
जन्मदिनको मुरीमुरी बधाई तथा शुभकामना छ मलाई । अघिल्लो जन्ममा जब म मिस्टिक मिखायल दानोविच थिएँ, मैले आफ्नो जन्मदिन कहिल्यै मनाइनँ । यो जन्ममा हामी दाजुबहिनी मिली हरेक वर्ष मेरो जन्मदिन सेलिब्रेट ग¥यौँ तर दाजु, यो वर्षको जन्मदिन केही अपवाद हुनेछ । आज म पे्रग्नन्ट हुन जाँदै छु । बर्थ–डेमा पे्रग्नन्ट ? तपाइँ भन्नुहोला, “मिस्टिका यो कस्तो काइदा हो ?” तर क्यालिग्राफर दाजु, म तपाइँलाई भन्छु, “वास्तवमा हुनुपर्ने कायदा यही हो । हरेक स्त्रीले यदि पे्रग्नन्ट हुनु अभिशप्त नै छे भने आफ्नो बर्थ–डेमा पे्रग्नन्ट हुनु श्रेयस्कर छ ।”
दाजु १ जन्मदिनमा गर्भ रहनु भनेको गर्वको विषय हो । त्यसैले आजको आफ्नो जन्मदिनमा म गर्भवती हुन जाँदै छु । मलाई कसले, किन र कुन प्रयोजनका निम्ति गर्भवती बनाउँदै छ । मलाई थाहा छैन । तर आज म पे्रग्नन्ट हुने कुरा हन्डे«ड पर्सेन्ट पक्का हो ।
सो, विश मि अल द वेस्ट ।
तपाइँकी बहिनी
मिस्टिका मास्के ।
मिस्टिका मास्केको चिठी पढिसकेपछि तपाइँको प्राइभेट मन केही रेस्टलेस भयो । त्यो मनको सुनसान सरोवरमा एउटी अज्ञात युवती नाङ्गै पौडी खेल्न थाली । असिस्टेन्ट सिमसाराले बडो उत्साहका साथ भनी, “बर्थ–डेमा पे्रग्नन्ट हुने मिस्टिका दिज्यूको आइडिया मलाई खास्साको लाग्यो । कस्तो गुड आइडिया १” क्यालिग्राफर कृष्णमोचन मास्केले भूतपूर्व भैसकेको प्रसङ्गलाई पुनः कोट्याउँदै, तपाइँको कामकाजसित त्यसलाई जोड्दै यसो भन्यो ः
– भोलि तिमी राष्ट्रपति भवन जाऊ । बिहानको ठीक सात तीसमा । राष्ट्रपतिसित मैले तिम्रो भेटघाटको चाँजोपाँचो मिलाइसकेको छु । राष्ट्रपतिसमक्ष कोटेसन पेश गर ।
त्यसपछि ?
अँ, राष्ट्रपतिसमक्ष भोलि बिहान ठीक सात तीसमा पेश गर्नुपर्ने उपहार लेखनाथ पौड्यालको कवितालाई तपाइँले भित्ताबाट जतनकासाथ निकाल्नुभयो र कोटेसनको उक्त काष्ठ–फ्रेमलाई काखीमा च्यापी
ग्यालरीबाट बाहिरिनुभयो । तपाइँ गइसकेपछि असिस्टेन्ट सिमसाराले क्यालिग्राफर मास्केसित सोधी ः
– त्यो मानिस वास्तवमा को हो ?
– वीर्यदाता । – क्यालिग्राफरले भन्यो ।
– वीर्यदाता ? – असिस्टेन्ट सिमसारा केही कन्फ्युज्ड भई ।
– हो, वीर्यदाता । मिस्टिकालाई वीर्यदान गर्ने वीर्यदाता । एक वीर्य पुरुष ।
– यु मिन वीरपुरूष ?
– आई मिन वीर्यपुरुष !