भूपी शेरचन
भूपि शेरचन नेपाली साहित्यका अविस्मरणीय कवि हुन्। कवि भूपी शेरचनको खास नाम भूपेन्दमान शेरचन हो । उनको जन्म वि.सं. १९९२ साल पुस महिनामा मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको हो । भूपी शेरचनका प्रकाशित कृतिहरू- 'परिवर्तन' (नाटक, २०१० साल), 'नयाँ झ्याउरे' (कविता,२०१० साल), 'निर्झर' (कविता, २०१५ साल)र 'घुम्ने मेचमाथि अन्धो मान्छे'(कविता, २०२५ साल) हुन् । साझा पुरस्कार पाउने पहिलो कृति पनि 'घुम्ने मेचमाथि अन्धो मान्छे' नै हो, जसमा ४२ वटा कविताहरू सरल, सरस भाषाशैली र अनुप्रासयुक्त एवम् लयात्मक भावाभिव्यक्तिले सिंगारिएका छन् । भूपी ५ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो । मातृ वात्सल्यविहीन भूपीअत्यन्त संवेदनशील थिए । उनले दुई विवाह गरे । दोस्री सहयात्री कान्तिसँग उनले २०२५ सालमा अन्तर्जातीय विवाह गरेका थिए । भूपीको निधन २०४६ साल जे १ गते भयो ।
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस