लेखक : असीम सागर
प्रकाशक : फाइन प्रिन्ट बुक्स
बितरक : कविता


सर्वोच्चलाई आदेश

चिउँडोमा हात राखेर
परेला भिजाउनुअगावै
मैले दसपल्ट सोच्नुपथ्र्यो कि
जति उज्यालो भए पनि रात
चन्द्रमाले बिस्कुन सुकाउन सक्दैन
घरबेटीलाई महँगो भाडा बु ́ाएर
धनी बनाउने म धनबहादुर मगर
पाँच सय रूपैयाँमा आफ्नो अमूल्य भोट बेचेर
कच्ची पुलको धराप थाप्ने म कुलबहादुर नेपाली
साउदी र कतारबाट रेमिट्यान्स हावा पठाएर
टाई र सुटहरुकै बेलुन भर्ने म मनबहादुर थामी
मालिकहरुको प्राडो गुड्ने व्यस्त यो सडकमा
ठेला घचेटेर चक्काजाम गर्ने म असीम सागर
ठाउँठाउँमा फोहोरको थुप्रो भएको
सफा यो सहरमा
भोकले ढुब्गा चपाइरहेका नानीहरुले
कतै रोटी भेटाए भने
यो देशको चन्द्रमामा दाग लाग्न सक्छ
जाडोमा पराल ओढिरहेका मेरा केटाकेटीहरुले
कतै लुगा भेटाए भने
यो देशको आँगनमा कतै घाम नलाग्न सक्छ

कोक्रोमा रूँदै आमा पर्खिरहेका मेरा नानीहरुले
कतै मुस्कान भेटाए भने
यो देशको बगैंचामा कतै फूल नफुल्न सक्छ
बारीमा डल्ला फुटाइरहेका गाउँका किसानहरुलाई
कतै मेरो कविताले उज्यालो दियो भने
यो देशमा कसैको रोटी खोसिन सक्छ
श्रीमान् !
चेतनाको दियो बालेर
उज्यालो छर्दै हिँड्न खोज्ने
म यो देशको अयोग्य नागरिक
मलाई अपराधी घोषणा गरियोस्
र सुनाइयोस् मृत्युदण्डको फैसला ।

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस