चौबीस रिल

लेखक : भूपीन
प्रकाशक : साग्रिंला बुक्स
बितरक : साग्रिंला बुक्स

पृष्ठ: २१८
मुल्य : २५०
विधा: निबन्ध

 

 "नदी र जीवन"


    पूर्वलिखित दुइटा निबन्ध च्यातेपछि म ढुक्क भएको छु । अब म नयाँ निबन्ध लेख्न चाहन्छु ।
    यो निबन्धको अन्त्य कसरी हुन्छ ? मलार्ई थाहा छैन । यो निबन्ध अन्त्य थाहा नभएको एउटा सुरूवात हो । जीवन पनि त अन्त्य थाहा नभएको एउटा सुरूवात न हो । जीवनको अन्त्य मृत्यु हो, तर मृत्युको आगमन कसरी हुन्छ, कसैलाई थाहा छैन । यो लेखिँदै गरेको निबन्ध र जीवनमा एउटा लोभलाग्दो समानता छ । यिनीहरु दुवैको अन्त्यको कुनै स्पष्ट टुंगो छैन ।
    च्यातिएका दुई निबन्धहरुमध्ये पहिलो चाहिँ अलिक बढी भावुक प्रकृतिको थियो । अतिशय भावुक कविजस्तै । दसौँ ठाउँहरुमा ठेस लाग्ने अनावश्यक भावुकताको सौन्दर्य त्यसको प्राण थियो । त्यो त्यही असफल प्रेमी थियो, जो अतिशय भावुकताकै कारण प्रेममा असफल हुन्छ । साँचो प्रेममा कोही पनि असफल हुँदैनन्, तर त्यो मेरो सामान्य समीक्षामा असफल ठहरियो । एक समय म त्यसको प्रेमी नबनिसकेको तर मन पराउने तहको साथी थिएँ, आज त्यसैलाई च्यातिदिएँ । मलार्ई लाग्यो, म त्यस्तो निबन्ध लेख्न जन्मिएको होइन ।
    दोस्रो च्यातिएको निबन्ध निकै महत्वकाङ्क्षी लाग्यो आपैmँँलाई । विश्व विजयको निम्ति देशबाहिर निस्कन खुट्टा उचालिरहेको कुनै मध्यकालीन सम्राट्जस्तै महत्वाकाङ्क्षी । महत्वाकाङ्क्षाहरुको छालले काट्दाकाट्दा भत्किएको किनार, मेरो विगत । म यिनीहरुको हिर्काइले एउटा युगभरि घायल भएको छु ।
    धेरैपछि आज पढ्दा लाग्यो, त्यो निबन्ध सिद्धान्तहरुको पहाडमुनि थिचिएको कुनै भरिया हो । त्यसले आप्mनो कमजोर काँधमा कुनै पहाड उचाल्ने धृष्टता गरिरहेको छ, कोरा सिद्धान्तहरुको । पढ्दापढ्दै मलार्ई अत्यास लाग्यो, बीसौँ शताब्दीको साहित्यिक तानाशाह भनेर चिनिने इलियटको बञ्जर भूमिमा हिँडिरहेकोभैmँँ लाग्यो, प्यास लाग्यो । अनि मैले त्यो निबन्ध पनि च्यातिदिएँ ।
    अब म बिलकुल सरल निबन्ध लेख्न चाहन्छु । प्रतीकात्मक रुपमा म यस लेखलाई ‘हिउँदको नदी’ भन्न रूचाउँछु । म अब हिउँदको नदीजस्तै सफा, पारदर्शी र शान्त निबन्ध लेख्न चाहन्छु । जीवनमा एउटा मात्र भए पनि च्यात्नु नपर्ने निबन्ध लेख्न चाहन्छु ।
    विश्वका ठूलाठूला सभ्यताहरु नदीका किनारहरुमा विकसित भएका छन् । मेरो आप्mनै सभ्यता पनि नदीको देन हो । म गहिरागहिरा खोंच बनाएर बग्ने कालीगण्डकीको किनारमा जन्मिएँ । यही पानी बग्न खोंच बनाउँदै गहिरिएपछि गुलजार भएको एउटा गाउँमा मैले जीवनको अर्थ खोज्ने अवसर पाएँ । बालककालमा त्यही नदीले वर्षौं लगाएर निर्माण गरेको अग्लो भीर हेरेर अनुशासन सिकेँ । किशोरवयमा त्यही डिलबाट घाम उदाउने क्षितिज हेर्दै रहरहरुको इन्द्रेणी सजाउन सिकेँ । रूमानी कल्पनाहरुको घना जंगलमा हराएर मजा लिन सिकेँ । कल्पनाको दुनियाँ कति सुन्दर हुन्छ, त्यो अनुभव गरेँ ।
    हो, म कालीगण्डकीको खोंचमाथि विकसित संस्कृतिको एउटा एकाइ हुँ । म त्यही डिलमा बसेर कालीगण्डकी बगेको हेर्दै कवि भएँ । कविताहरुमा त्यही नदीको प्रवाह र गतिशीलता राख्ने प्रयास गरेँ । मैले कविताको आत्मामा त्यही नदीको जस्तै पवित्र र कञ्चन पानी सिञ्चने प्रयास गरेँ । त्यही नदीलाई सम्बोधन गर्दै अनिश्चित भए पनि तिमीजस्तै बग्न चाहन्छु भनेँ । कालीगण्डकीमा मिसिने मोदी खोलाको गहुँगोरो पानी देखेपछि मानवताको गीत लेखेँ । वर्णभेद, जातिभेद र धर्मभेदले डसेको मानव सभ्यतालाई पानीजस्तै मिसिन किन नसकेको होला भनी प्रश्न गरेँ । विद्रोहका कवितात्मक तान बुन्न पनि मैले त्यही पानीको धागो प्रयोग गरेँ । जीवनको समग्रता आप्mनै हैसियतमा लेख्न पनि मैले त्यही पानीको मसी प्रयोग गरेँ । मैले मेरा कविताहरुलाई त्यही हिउँदको नदीजस्तै बनाउने कोसिस गरेँ । म कविताहरुमा पानीमय भएँ । नदीमय भएँ ।
    नदीको मेरूदण्ड देखिने कञ्चन पानी हेर्दै म एक दिन प्रेमी भएँ । कवि भएर प्रेमी भएँ । प्रेमी भएर कवि भएँ । त्यही नदी हेर्दै महसुस गरेँ — कविता एउटा प्रेममय यात्रा रहेछ । पानीले ओरालोलाई प्रेम गरेजस्तै कविले कला र विचारको अविषेक दिएर सत्य, आस्था, उज्यालो र आशालाई प्रेम गर्दोरहेछ । विवेक र असलपनलाई पूजा गर्दोरहेछ । नित्सेले दिउँसै लालटिन बालेर ईश्वर खोजझेँ विश्वासको टुकी बालेर मान्छे खोज्दै मान्छेलाई नै प्रेम गर्दोरहेछ ।
    हिउँदको नदी मेरो मन पर्ने गुरू हो, चित्रकार र संगीतकार पनि हो । म सधैँँसधैँँ निर्जीव संचेतनाले बाँच्ने यो गुरूबाट धेरै कुरा सिक्न प्रेरित हुन्छु । हर्मन हेस्सेको महान्् उपन्यास सिद्धार्थको पात्र वासुदेवभैmँँ नदीलाई सुन्न म अन्यन्त मन पराउँछु । गुरूदक्षिणाको अपेक्षाविना त्यसले मलार्ई धेरै कुराहरु सिकाएको छ । म सिक्ने कोसिस गर्ने एक सामान्य विद्यार्थीजस्तै हुँ । पानीका भावहरुमा, पानीका संवेदनाहरुमा, पानीमा स्वच्छताहरुमा म पानीको संस्कृति सिकिरहेको हुन्छु । मलार्ई पानीको भाषा पनि असाध्यै शिष्ट र प्रिय लाग्छ हिउँदमा । र त्यही शालीनतामा उसले रचेको हिउँदे संगीत मैले जीवनमा सुनेको सबैभन्दा आत्मीय संगीत हो । सबैभन्दा प्रिय संगीत हो ।
    मलार्ई नदीहरुको नलेखिएको संविधान मनपर्छ । नदीले स–साना खोलाहरुलाई पनि सागरसम्मको यात्रा गर्न सहयोग गर्छ । सागरमा विलिन हुनु प्रत्येक खोलाहरुको अभीष्ट हो । समुद्रमा पुगेर नै उनीहरुले आप्mनो मनोकाङ्क्षा र सपना पूरा भएको महसुस गर्छन् । मीठा सपना बोकी बग्ने तिनीहरुको सपनाको स्वर्ग पुग्ने रहर नदीहरुले नै पूरा गर्दछन् ।
    मलार्ई नदीहरुको लिपिबद्ध नभएको गीत मन पर्छ ।
    मलार्ई नदीहरुको कम्पोज नगरिएको संगीत र स्वर मन पर्छ ।
    म नदीको छेउमा उभिएर जीवन सोच्छु । नदी र जीवन मलार्ई धेरै अर्थमा उस्तैउस्तै लाग्छ । नदी गतिशील छ, प्रवाहमय छ, तरङ्गमय छ । पल–प्रतिपल किनार ताकेर उठिरहेका लहरहरुले नदीका सपना बोकी हिँड्छन् । क्षण–प्रतिक्षण मनमस्तिष्क ताकेर हिँडिरहेका आशाहरुले मानिसका सपना बोकी हिँड्छन् । आँखाहरुबाट उदाउने सपनाहरुको घाम जीवनसँग छ । मनको अनाम गहिराइबाट हरदम निस्किरहन खोज्ने रहरहरुको ज्वालामुखी यससँग छ । नदीसँगजस्तै स्वच्छताका गन्न नसकिने तरङ्गहरु जीवनसँग छन् । नदीसँग जस्तै अभेद्य रहस्यहरुको भूगोल छ । नदीले जस्तै प्रेम गरिरहेको अनन्त सम्भावनाको आकाश छ । नदीले जस्तै खोजिरहेको विराट गन्तव्य, नदीले जस्तै अभ्यास गरिरहेको समानताको अध्याय, नदीले जस्तै कहिल्यै नसुक्न भेट्टाएको आस्थाको हिमाल मानिसलाई पनि उपलब्ध छ । हो, मनको फराकिलो भूमिमा कोसौँ टाढासम्म देखिने दुःख र अभावका विकट हिमालहरु छन् । हिमस्खलन भैरहने, ज्यानै उडाउने हिमआँधी चल्ने, फ्रोस्टबाइट हुने, खुट्टा चिप्लिने, अक्सिजन सिलिन्डर छुट्ने आदि थुप्रै सम्भावना छन् तर जीवनको पर्वतारोहणमा सफल पर्वतारोहीले कहिल्यै हार मान्दैनन् । जो हार मान्छन्, तिनीहरु कसरी आरोही हुन्छन् ? जीवन पर्वतारोहण पनि हो, नदी पनि हो ।
    हिउँदको सफा नदीमा त्यस वरपरका धेरै वस्तुहरुको प्रतिविम्ब देखिन्छ । मान्छेको मनमा उसले सजाएका धेरै रहरहरुको प्रतिच्छायाँ भेटिन्छ । एउटै सर्त छ, नदी वा मन सफा हुनुपर्छ । धमिलो पानीमा वस्तुहरुको विम्ब देखिने सम्भावना अत्यन्त कम हुन्छ । देखियो भने पनि त्यो त्यति प्रस्ट हुँदैन । धमिलो मन÷हजारौँ कुटिलताहरु, अपवित्रताहरु मिसिएको मन पनि त्यस्तै हो । न त्यो आपैmँँ प्रस्ट हुन्छ न त्यसले मानिसका सपना बुझ्न सक्ने बनाउँछ । न त्यसले मानिसका रहर बुझ्न सक्ने बनाउँछ । विकसित मनोविज्ञानलाई पनि थाहा छ मानिसको मन जटिल कविता जस्तो बुझ्न गाह्रो छ । जति यो सफा हुँदै जान्छ, त्यति प्रस्ट र सजिलो हुँदै जान्छ । वर्षादले पखालेको सफा जंगल जस्तो, सफा आकाश जस्तो हुन्छ । मनलाई दुर्भावनाहरुले धमिलो र जटिल बनाउँछन् । प्रेमभावहरुले सफा र सहज बनाउँछन् । त्यसकारण मलार्ई हिउँदको नदी मन पर्छ । हिउँदको नदी सफा मनजस्तै हुन्छ ।
    हिउँदको नदीलाई आकाशको रङ प्राप्त छ । मनलाई सपनाहरुको ।
    हिउँदको नदीलाई धर्तीको आशीर्वाद प्राप्त छ । मनलाई आकाङ्क्षाहरुको ।
    हिउँदको नदीलाई समस्त प्रकृतिको उज्यालो प्राप्त छ । मनलाई आशाहरुको । रहरहरुको ।

    जति अग्लो बाँध बाँधे पनि नदी बग्छ बग्छ । आपूmलाई छेक्न ठडिएको बाँधबाट हाम्फाल्दै गर्दा नदीले बाँधलाई भनिरहेको हुन्छ, ‘मलार्ई धर्ती सिञ्चदै समुद्रसम्म पुग्नुछ । मेरो धर्ममा म प्रतिबद्ध हुँदा तिमीलाई दुःख लाग्छ भने मलार्ई माफ गर ।’
    जति अङ्कुश लगाउन खोजे पनि मानिसले मुक्ति खोज्छ खोज्छ । दिव्य सपनाहरुको खेती गर्न प्रतिबद्ध मानिसलाई अँध्यारो शासनले अठ्याइँरहन खोज्नु नदीलाई बाँध बाँधेर छेक्नुजस्तै हो । केही समय त्यो थामिए जस्तो लाग्छ, रोकिए जस्तो लाग्छ तर त्यसको गतिशीलता बाँधको अग्लो चुलीबाट झरनाभैmँँ खस्छ खस्छ ।
    मलार्ई हिउँदको नदी मन पर्छ ।

 

***

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस