लेखक : जिके पोखरेल
प्रकाशक : अक्षर~शाला
बितरक : कथा
मूल्य: ३५० | पृष्ठ: २५६
"भैंस"
प्रकाशपुर गाउँको तल्लो छेउमा एउटा चिया पसल छ । जसलाई काम सकेर फर्केका र काम नपाएर रल्लिएका मानिसले गफिने र थकाइ मार्ने ठाउँ बनाएका छन् । छाप्रैअगाडि ठूलो शिशौको रूख छ । रूखको छाया पर्ने गरी छेवैमा सटाएर दुईवटा बेन्च राखिएका छन् ।
त्यही बेन्चमा बसेर चुरोटको सर्को उडाउँदै थिएँ म ।
अण्डा बेचिसकेर रित्तो टोकरी हातमा हल्लाउँदै आएको छोटेलालले भन्यो, “अरे ओ मास्टर बाबु । तोहर त चकाचक छै । स्कुलके जागिर, घरेमे किराना पसल । बजारोमे घर बन्यालेने चि ।” (अरे हो मास्टर बाबु । तपाईंको त चकाचक छ । स्कुलको जागिर, घरमै किराना पसल । बजारमै घर बनाउनुभएको छ ।)
छोटेलालचाहिँ साइकलमा टोकरी कसेर अण्डा बेच्न घरघर डुल्थ्यो । उसकी श्रीमती मतिनी पसलमा बस्थी । ऊ पसलकी साहुनी ठान्थी आफूलाई । उस्तै परे छोटेलालसँगै चिया चुरोटको पैसा माग्न बेर लाउँदिनथी । चिया खाएर गफिनेका कुरा सुन्दासुन्दा ऊ आफू बाठी भइसकेको ठान्थी ।
मतिनीले सबैलाई उछिनेर भनी, “आपनौके मारतौ कोसी ।” (हामीलाई सिध्याउँछ कोसीले ।)
“कथि कहै छै यी अल्छिनी मौगी ?” (हैन के भन्छे यो अलच्छिना आइमाई ?) मैले मतिनीलाई झपारे“ ।
“कोसीके बान्हसे पाइन नाघ्हैले लागलै देखैबला कहैछै । वृषलालके घरबाली झुम्का जाइछेलै त सुनलकै । बाइरह बहैले लागलछै कहैछै,” (कोसीको बाँधबाट पानी नाघ्न थालिसक्यो अरे । देख्नेले नै भनेका हुन् । वृषलालकी बूढीले झुम्का जाँदा सुनेकी रे । छालको भुल्को नाघ्न थाल्यो भन्छन् ।) एकाएक निराश भयो सोमसेरोन । ऊ चिया खान आएको प्रकाशपुरको बुज्रुकमध्ये एक मानिन्थ्यो ।
“हमरौके ओहेन कथियोने बुझहै चियै,” (हामी त त्यस्तो केही पनि बुझ्दैनौ“ ।) सोमसेरेनले चिया सुरूप्प पार्दै उदासीनता प्रकट ग¥यो ।
“कोसीके पाइन त झन् नैबुझहैछै,” (कोसीको पानीले झन् बुझ्दैन ।) मतिनीले मलाई व्यङ्ग्य गर्ने निहुँमा आफै“लाई हाँसोको पात्र बनाई ।
मलाई विश्वास लागेन । छोटेलालतिर औ“ला तेस्र्याउँदै भने“, “यी सब कथि कहैछै ? छोटेलाल तोहे बुझने चिही कि अन्ठेकाने ह मे ह मिलाइचि,” (हैन यिनीहरू के भन्छन् ? छोटेलाल तिमीले बुझेको हो कि त्यै रेमा अरे मात्रै हो ?)
“आपनेसे त कते देखबै । साइरके घर झुम्का जाइछेलै त सुनलियै कहै छै वृषलालके घरबाली । झुम्कादिसनाके आद्मी सब देखैले गेलछेलै,” (आफै“ले देखेको त कहाँ हुन्थ्यो ? सालीको घर झुम्का जाँदा सुनेको भन्छे वृषलालकी बूढी । झुम्कातिरका मान्छे हेर्न गएका थिए अरे ।) छोटेलालले हो नै भन्नेमा आफ्नो मत जाहेर ग¥यो ।
दूरमा छ क्षितिज । पश्चिमपट्टिको पनि पल्लै छेउमा । घुर्मैलो छ । डुब्न लागेको छ– दिनभरि दुनियाँ तताएर चिसो हुन लागेको डरपोक घाम ।
त्यही क्षितिजको पल्लो छेउतिर नजरको तीर सोझ्याउँदै छोटेलालले भन्यो, “हाइवेके किनारमे पाइन उटुमटुटुम भोइरगेलै कहैछै । कोसी ब्यारेजके ढोका नैखोलतै त आइके काइल....,” (हाइवे छेउमा त पानी डम्म भरिन लाग्यो । कोसी ब्यारेजको ढोका नखोल्ने हो भने आजको भोलि...।)
“हम आइये राइतके ज्याके ब्यारेजके ढोका खोल्यादेबै,” (म आज राति नै गएर ब्यारेजको ढोका खोलिदिन्छु ।) सोमसोरेन मतिर फर्कियो । राताराता आँखा पार्दै ।
“आइके खोइलके कथि करबि ? सरकारके बिरुद्धमे काम करैबला आतड्ढकारीकैहके थुनतौ । काइलसे बाँध जेहनङखे तैहनङ । कतहेक पाइन रोकबि या कतहेक घटेबहि तेकर त सरकारी नीति हैलेपरतै । सोझसाझ जनताके राजनीति निहुँ बन्याके ओइहनङ मारैले पाबै छै कि कनङ,” (आज खोलेर के गर्छौ ? सरकारविरुद्ध काम गर्ने आतड्ढकारी भनेर थुन्छ । भोलिदेखि बाँध जस्ताको तस्तै । कतिसम्म पानी रोक्ने र कति घटाउने भन्ने त सरकारी नीति हुनुप¥यो । सोझासिधा जनतालाई राजनीतिक झगडाको निहुँ बनाएर त्यसै मार्न पाइन्छ कि क्या हो ?) छोटेलालले बुज्रुकझै“ आफ्नो विचार राख्यो ।
मतिनीले भनी, “आइके राइत कथि हेतै, हेतै । काइल राइतके सपनामे कत ने कत बरीडबल झाटबिहाइर आबैछेलै, हम गुहाइरगुहाइर चिच्याबै छेलियै । लेकिन हमरा कोइने सुनलकै । उइठके देखलियै त देहमे पसिनेपसिना,” (आज राति नै के हुन्छ, हुन्छ भैरहेछ । हिजो राति सपनामा कहाँ हो कहाँ ठूलो आँधी आइरहेथ्यो, म गुहारगुहार चिच्याइरहेको थिएँ । तर, कसैले मेरो कुरा सुनेन । उठेर हेर्दा शरीरमा पसिनैपसिना ।)
“कोन बात करैछै यी मतिनी ? सपनो विपना या विपनो सपना । जागलमे आपनौके सपना त देखैचि । और कथि करैले सकबिहि ?” (के कुरा गर्छे यो मतिनी ? सपना पनि विपना, विपना पनि सपना । बिउँझेकोे वेला पनि हामीले देख्ने सपना हो । अरू नै गर्न सक्छ र ?) सोमसोरेनले युगौ“देखि भोगेर आएको गरीबी उग्रायो ।
८८८
हरिया डल्ले राँगामा चढेर पूर्वपट्टिको खालबाट फुत्त डिलमा निस्कियो । गाई, गोरु, राँगा र भएँस अघि लाएर गोठतिर लाग्यो ।
लट्टा परेको कपाल । कालो चिल्लो अनुहार । गोला ठूला आँखा । ईष्र्यालु छोटेलालले भन्यो, “मुह देखके त यी हरिया डबल आद्मी हेतै जेखा छै,” (चेहरा देख्दा त यो हरिया ठूलो मान्छे होलाजस्तो छ ।)
“हमहु बच्चामे परि साहुके भैंस चराइछेलियै । आइके मास्टरी करैचियै । आद्मीके भाग कहिया कथि भ्याजाइछै ककरो कथियो पता नै ?” (म पनि बच्चामा पारि साहुको भएँस चराउँथे“ । आज मास्टरी गर्छु । मान्छेको भाग्य कहिले के भइहाल्छ कसलाई के थाहा ?) हरियाको सुनौलो भविष्य होस् भन्ने सोचेर मैले भने“े, “हम घरेमे परहाइ चियै । दिनमे भै“स चराइचियै । राइतमे हमरसङगे परहैछै । हमर भैयासे बेसी प्यार करैचियै,” (म घरमै पढाउँछु । दिउँसोमा भएँस चराउँछ । राति मेरो साथ पढ्छ । मेरो भाइलाई भन्दा पनि धेरै माया गर्छु ।)
“मास्टर बाबुके दिल बरीडबल छै । मास्टर बाबुके भैया । दारूपानी ख्याके चोकबजारमे झगरा करैत ठीक छै,” (मास्टर बाबुको मन ठूलो छ । बिचरा । मास्टर बाबुको भाइलाई दारूपानी खाएर चोकबजारमा झगडा गर्नुमै ठीक्क छ ।) मतिनीले भनी ।
“पैहने पथलैयाके जङ्गलमे गारी लुटैले पुगलछेलै । मोरतै त मोरोस् जितै त जिओस् । जियोके कथि करने छै । साला, हरामी आद्मी....,” (अस्ति पथलैयाको जङ्गलमा गाडी लुट्न पनि पुगेको थियो रे । मरे मरोस्, बाँचे बाँचोस् । बाँचेर पनि के नै गरेको छ र ? साला हरामी आद्मी... ।) छोटेलालले भन्यो ।
हरिया छेउमै आइपुग्यो । मतिनीले भनी, “अरे ओ हरिया कथि छौ मास्टरबाबुके भै“सके हालखबर ?” (अरे हो हरिया के छ त मास्टरबाबुको भै“सीको खबर ?)
“यी भै“स त हमर चियै .... । मास्टरबाबु हमरा देने छै,” (यो भैँस त मेरो हो... । मस्टरबाबुले मलाई दिएको ।) उसले भै“सीमाथि अधिकार जमाइसक्यो र मतिर पुलुक्क हे¥यो ।
“ले, ले यी भै“स तोरे चियौ....,” (ल, ल यो भएँस तेरै हो ...।) मैले समर्थन गरे“ ।
हरियाले भै“सीको नाकीको घुमेको रसी मिलाउँदै भन्यो, “खालके घाँस ख्याके भुटुवा भै“सीकै कीरा लागलजेखा छै ? समयमे दबाइपाइन नैखियेबहि त घाटा लागतौ,” (खालको घाँस खाएर होला डल्ले राँगालाई नाम्ले परेजस्तो छ ? बेलैमा दबाइपानी खुवाएन भने घाटा लाउला ।)
“आइके चियै से ? दुई महिना भ्यागेलै,” (आज हो र ? दो महिना भइसक्यो ।) कालो अनुहारमा पहे“ला दाँत देखायो । ङिच्च हाँस्यो र भन्यो, “एकटा सिग्रेट पिया न, चुरोट ओर्याके दिनभौइर नैखाइले पाबल चियै,” (एउटा सिग्रेट खुवाउनु न, चुर सिद्धिएर दिनभरि खानै पाइएन ।)
खल्तीबाट शिखर चुरोटको बट्टा झिकेर दुईवटा चुरोट उसको हातमा राखिदिएँ । हाफपैन्टको खल्तीबाट हरियो रङको लाइटर झिक्यो र चुरोट सल्काउँदै भन्यो, “भौजीके नुन पठ्यादेहे । नुन नैछै । नुने ने खाइले पाबै छै त गाई, भै“स कनङखे गतिलो हेतियै ?,” (भाउजूलाई नुन पठाइदिनू । नुन छैन । नुन नै खान नपाएपछि गाई भै“सी के गतिलो हुन्थ्यो ?)
“हेतै, हेतै । भै“स ल्याके जो । हम नुन, कुट्टी, चुरन सब पठ्यादेबौ,” (हुन्छ, हुन्छ । भै“सी लिएर जा । म नुन, कुँडो र तँलाई चुर सब पठाइदिन्छु ।) हरियालाई गोठतिर पठाएँ । म पनि घरतिर लागे“ ।
घरमा पुगे“ । नुन र कुँडोको पोका बनाएँ । घर मालिक्नी रतियालाई गोठतिर पठाएँ । साथमा एक पोका चुर र चुर पेपर पनि... ।
दिउँसो सोमसेरोन, छोटेलाल, मतिनीसँग सिसौको फेदमा भएका कुरा नाच्न थाले दिमागमा । ...के कोसीको छालले बाँध नाघ्न थालेकै हो ? लाखौ“ नेपाली र भारतीय नागरिकहरूले अब आफ्नो रासोबासो छोडेर शिबिरमा बस्नैपर्ने भो ? मनमा नानाथरी कुरा नाच्न थाले ।
छोटेलालले भनेझै“ राति नै गएर ब्यारेजको ढोका खोलेर लाखौ“ गरीबहरूको रक्षा गर्न मन लाग्यो । गाउँमा मास्टरी गर्दा कमाएको इज्जत । सरकारी नूनको ऋण । त्यसो गर्न पनि सकिनँ... ।
रतिया कुँडो पु¥याएर आई । खाना पकाउन थाली । मैले पसलमा बसेर चुरोट सल्काएँ । चुरोटका हरेक सर्का घुम्रिएर आकाशतिर गए । मेरो, रतियाको, हरियाको सपना उडेर आकाशतिर गएझै“ ।
पसलमा को–को आए र के–के लिएर गए थाहा भएन । तातो हावा बगेर पूर्वतर्फ लाग्यो । एकपल्ट प्रकाशपुरवासीलाई गर्मी बनाएर । साँझ पर्यो । पसलमा बत्ती बाले“ ।
रासनको बोरा, मट्टीतेलको ड्रम, खानेतेलको कार्टुन सबै खैरा र फुस्रा देखिन्थे । बोतल पनि रङ उडेर त्यसैत्यसै पुरानिएझै“ देखिए । मनमा के के कुरा खेले ? कानमा कस्ता र कसका कुरा आए ? केही पनि भेउ पाइनँ ।
साँझको सात बज्यो । रेडियोमा समाचार बजाएँ । विज्ञापन सक्यो । समाचार फलाक्न थाल्यो, “व्यापारिक विश्रामपछि समाचारको शृत्रलालाई पुनः जोडौ“ । कोसी नदीको बाँध भत्किन लागेकोले पूर्वपट्टिको बाँधबाट पानी नाघेर कटान गर्न थालेको छ । भारत सरकारले पुननिर्माण गर्नुपर्ने बाँध नेपाल सरकार र नेपाली जनताको असहयोगका कारण पुनर्निर्माणमा कठिनाइ उत्पन्न भएको जनाइएको छ । वर्षाको समयमा एक लाख क्युसेक पानी बग्ने कोसीमा यसपालि पानीको मात्रा बढेर एक लाख असी हजार क्युसेक पुगेको छ ।”
झ्याप्प बिजुली गयो । क्यान्डिल झिकेर सल्काएँ । र, क्यान्डिल सँगसँगै शिखर चुरोटको खिल्ली पनि ।
“एकटा मैनवती दहै महाशय,” (एउटा क्यान्डिल दिनु न हजुर ।) रतियाको आवाजले झसङ्ग भएँ ।
क्यान्डिल समाउँदै भनी, “क्याटा सिग्रेट लेबि, रोग पकरतौ तथाह पाइब जेबि ? दुख पैरतेमे येनङ चुरोट खाइचि ? दुख ककराने परैछै आइ ? भैया वनङ भेलै त कथि भेलै हम चियै हरिया छै ? घर, खेत छै । दुकान छै । तोरा कथि नैपुगलौ ?” (कति सिग्रेट खानुहुन्छ, रोगले पव्रmेपछि थाहा पाउनुहुन्छ ? पीर प¥यो भन्दैमा यसरी चुरोट खानुहुन्छ ? पीर कसलाई पर्दैन र ? भाइ त्यस्तो भएर के भो त म छु, हरिया छ ? घरखेत छ । पसल छ । तपाईंलाई के पुगेन ?)
“आब पुगलै कैहके कहैले यी आदमीके जाइत नैजानैछै । कतहेक भेलापर भी,” (अब भो पुग्यो भनेर भन्न जान्दैन यो मान्छेको जातले । कति भएर पनि ।) मैले मनमनै भने“ ।
खाना खाएर सुत्यौ“ । राति अबेरसम्म पनि तल गोठमा हरियाले बत्ती बालेकै थियो । घरीघरी ख्वाङख्वाङ खोक्थ्यो र गाउँ नै थर्किने गरी हाई... हाई... आवाज निकाल्थ्यो । राति सुत्ने वेलामा बत्ती बोकेर एकपल्ट सबै गाई, भै“सी, राँगा, गोरु हेरेर मात्र सुत्थ्यो ।
आज पनि हरिया यी सबै काम गरिरहेको थियो । बाहिर आँगनमा निस्किएँ । आँगनको डिलको तुलसीको मठसँगै ठड्याएको काठको मुढामा बसेर चुरोट सल्काएँ । वरिपरि सबै घरमा हेरे“ । जसको छाप्रोमा पनि बत्ती बलेकै देखिन्थ्यो ।
कोसी नदीले सबैको निन्द्रा खाएझै“ देखिन्थ्यो । अगेनाको डिलमा बसेर चिया र चुरोट खाँदै होलान् । हरेक घरमा रोइरहेका होलान् । वर्ष दिन खान भनेर लगाएको बाली हो । कोसीको मुखमा प¥यो भने हाम्रा बालबालिका भोकभोकै मर्छन् भन्ने पीर छ सबैलाई । अँधेरी रात, जुनकिरीझै“ पिलपिल बलेका हरेक घरको मधुर प्रकाश हेर्दै म आकाश नियालिरहेको थिएँ ।
घरवरिपरि खेतकुलो सबैतिरबाट भ्यागुत्ताको ट्वारट्वार आवाज आइरहेको थियो । अरू कुनै आवाज कानमा छिर्ने मौकै पाएको थिएन ।
मनमनै सोचे“, “राति सर्पले डस्यो भने हारगुहार गर्न पनि नपाउने गरी यी भ्यागुत्ताहरू कराउन सक्दारहेछन् । मान्छेलाई पर्ने आपत्तीसँग यिनलाई कुनै मतलब छैन । यी बिचराहरूलाई कोसीको बाढीले बगाउला भन्ने सुर्ता पनि छैन ।”
भ्यागुत्ताको ट्वारट्वार आवाज चिर्दै नजिकैको घरमा एउटा कुकुरको आवाज आयो । भुकेको हो कि..., कसैले चुटेको हो कि, कि आफै“ रोएको हो बुझ्नै नसकिने गरी कुकुरको आवाज आइरहेको थियो ।
त्यही आवाजलाई लक्ष्य गर्दै रतिया उठेर आँगनमा आएर भनी, “अल्छाहा कुता ....?” (अलच्छिना कुकुर... ?)
“कथिले आइ ?” (किन र ?)
“कुता कानैछै त बिपत्ती आबैछै कहैछै,” (कुकुर रोयो भने बिपत्ती आइलाग्छ भन्छन् ।)
“कुताके कोन दोष ... ?” (कुकुरको के दोष... ?)
“तबो त ... ?” (रै पनि... ?)
“क्यानगेलियै, बिचारा ओइ कुताके कोसी नदीमे पाइन जमलछैसे कि थाह ? येहेन बिपत्तीमे ब्यारेजके कर्मचारीके आत्मा कानक चाहि । देश कानक चाहि । नेपाल या भारतके नेताके विचार कानक चाहि लेकिन ओकरौके आत्मा नैकानलै त कुताके कान्लासे कथि भ्याजेतै ? ओइ कुता जतहेक चेतना नैछै जेखा छै । ?” (खै ! बिचरा त्यो कुकुरलाई कोसीमा पानी जमेको छ भन्ने के थाहा ? यस्तो बिपत्तीमा ब्यारेजका कर्मचारीको मन रुनुपर्ने हो । देश रुनुपर्ने हो । नेपाल र भारतका नेताहरूको विचार रुनुपर्ने हो तर तिनीहरूको मन नरोएपछि कुकुर रोएर के हुन्छ र ? ती कुकुरमा जति पनि चेतना छैनजस्तो छ ।) म आफ्नै सुरमा बर्बराइरहेको थिएँ ।
कुन्नि के–के फतफताउँदै रतिया घरभित्र पसी । म पनि उसको पछिपछि गएँ ।
“केहेन गरम भेलै ?” (कस्तो गर्मी भएको ?) घरभित्र पस्दै रतियाले भनी ।
“आइके हावा नैचलल छै । आब राइतभोइर त पाइन परतै साइत,” (आज हावा चलेको छैन । अब भररात पानी पर्ने त होला नि ।)
पश्चिमपट्टिबाट चिसो हावा छिरेर केही छिन कोठालाई शीतल बनायो । चिसो हावासँगै आकाशमा गड्याङगुडुङको चर्को आवाज आउन थाल्यो । रतियाले ओछ्यान मिलाएर झुल झिक्दै भनी, “रामलखनके बेटा कालाज्वरसे त मोरलै ने,” (रामलखनको बेटा त कालाज्वरले बितेछ नि ।)
म केही बोल्न सकिरहेको थिइनँ । रतियाले फेरि भनी, “मछौटी किनैके बुद्धि नैछै । सपै पैसा दारु ख्याके ओराइछै साइत । ताब त बच्चा नैमोइरके के मोरतै । फैन सुँगुर या हाँसिन ओकरे घरमे पाल्नेछै । सुँगुरके खोर केहेन घिना छि....,” (झुल किन्न बुद्धि छैन । पैसा जति दारु खाएर सिध्यायो होला । अनि बच्चा नमरेर के मरोस् । फेरि सुँगुर र हाँस पनि उसकै घरमा पालेको छ । सुँगुरको खोर पनि कस्तो फोहोर छ्या... ।)
लाग्यो– रामलखनको बेटाको के कुरा गर्नु ? सारा तराई बिमारी छ । कोसीसँगको सङ्घर्षमा हरेक साल जितिरहेका छन् तर कहिले एकपल्ट हार्ने हुन् र हारेपछि सदा सदाका लागि सुकुम्बासी बनेर कुन बाटोको किनारमा बस्ने हुन् कसैले भन्न सक्दैन ।
रात छिप्पिसकेको थियो । पूर्वपट्टिको खेतको धानबारीमा जमेको पानीमा पानी थप्दै ठूलठूला थोपा खस्न थाले । एकै छिनमा मुसलधारे पानी पर्न थाल्यो ।
अब हरेक घरको हरेक मानिस कैदीजस्तो बस्नुप¥यो । बाहिर आँगनमा निस्किन सक्ने अवस्था थिएन, पेटीमा उभिएर बले“सीको धारामा हात थापे“ । ट्युबबेल खिच्दा निस्किएको पानीझै“ भुल्का–भुल्का बनेर बले“सी झरिरहेको थियो । घरपछाडिको पैनीमा कराइरहेका भ्यागुत्ताको आवाज पनि क्षीण भएको थियो । दर्के पानीको आवाज चर्किरहेको थियो । जे भए पनि अब त सुत्नैप¥यो भनेर ओछ्यानमा गएर पल्टिएँ ।
राति कतिखेर निदाएँ निदाएँ थाहै भएन ।
बिहान उठ्दा पूर्वको क्षीतिज उघ्रिसकेको थियो । घाम लाग्ने अवस्था देखिएको थिएन । महासमुद्रझै“ जता हेरे पनि पानी नै पानी देखिन्थ्यो ।
कम्मरसम्मको पानीमा घरी हिँड्दै, घरी तैरिँदै र पौडिँदै छोटेलाल पैनीको डिलपट्टिको बाटो पहिल्याउँदै आयो ।
“नहरके मुहसे उपर फुइट गेलछै कहैछै, ए मास्टरबाबु आब धनमालके लोभ नैकर, जान बचाइलेपरतै । नहरके माहारदिसना पाइन नैछै त । ताब स्कुलके ठाममे पाइन नैछै । गामके सैब ओतै जम्मा भेलछै । रतियाके ल्याके जल्दी जल्दी या । जान बचतै त दोसर चिज पछारी बचाइले परतै । पैहने त .... । यै हरिया कोने गेलै .... ? आब त तर दिसना जाइले नैसकबिहि । येहेन उपर ठाममे त डार डार तक चैल येलछै त ओत त घरसर सैब डुइब गेलहेतै साइत,” (नहरको मुहानभन्दा माथि फुटिसकेको छ भन्छन्– ए मास्टरबाबु अब धनमालको लोभ नगर, ज्यान बचाउनुपर्छ । नहरको डिलपट्टिचाहिँ पानी छैन रे । अनि स्कुल भएको डाँडामा पानी छैन । गाउँका सबै त्यही“ जम्मा भइसकेका छन् । रतियालाई लिएर छिटो छिटो आऊ । ज्यान बाँचे बाँकी कुरा पछि जोगाउनुपर्छ । पहिले त... । ए हरिया कता गयो... ? तल खालमा त अब जान सकिँदैन । यस्तो अग्लो डाँडामा त कम्मर–कम्मर आइसकेपछि त्यहाँ त घर–सर सबै डुबिसके होला ।) छोटेलालले भन्यो ।
यतिबेरसम्ममा रतिया भित्रबाट आइसकेकी थिई । आँगनको डिलमा उभिएर हेर्दे भनी, “उपरका जमिनमे घर परलछै । ओहेन बौहतेक पाइन येलै ताबो हमरा कथियोने मालुम भेलै,” (अग्लो जागामा घर परेछ । त्यत्रो धेरै पानी आउँदा मलाई त केही थाहा भएन ।)
अनि पूर्वपट्टिको होलीतिर हेरी ।
अब कुनै धनमालको बचावटतिर लाग्ने समय रहेन । मान्छेको ज्यान नै प्यारो लाग्न थाल्यो । छोटेलालले जति सक्दो चाँडो स्कुल भएको डाँडातिर भाग्नुपर्ने उपाय सुझायो र रतियाको हातमा समातेर पानीभित्र पस्यो ।
म उनीहरूको पछिपछि लागे“ ।
कतै घुँडा–घुँडा, कतै कम्मर–कम्मर पानीमा हिँडाउँदै छोटेलालले दश–पन्ध्र मिनेटमा पैनीको डिलमा पु¥यायो ।
गाउँमा बीस–बाईसजना अझै हराइसकेका छन् भन्ने हल्ला चल्न थाल्यो, “आपनौके गाम मात्रे नै, पूरुवमे झुम्कातक पाइन छै कहैछै । बान्ह त फुइटेगेलै साइत नेत येहेन बरका पाइन कतसे येलै ?” (हाम्रो गाऊँ मात्र होइन, पूर्वमा झुम्कासम्म पानी छ भन्छन्, बाँध त फुटि नै सक्यो होला नत्र यति ठूलो पानी कहाँबाट आयो ?)
सबैले सोधे, “हरिया कत गेलै ?” (हरिया कता गयो ?)
“जो निचामे कतौ छै कि ?” (जाऊँ तल कतै छ कि ?) छोटेलाल र सोमसोरेन तात्तिइहाले । दश–पन्ध्रजना भएर पैनीको डिलैडिल झ¥यौ“ ।
जति पूर्व गयो उति गहिरो पानीको सतह फेला पर्न थाल्यो । प्रायः सबै मानिस राति नै भागिसकेका रहेछन् । हामी पुगेको ठाउँबाट सय मिटर जति टाढा हरिया घरको छानोमा बसेर काली भै“सीको नाकीको रसी तानिरहेको देखियो ।
भै“सी पनि मान्छेको सहारा पाएर भट्याक भट्याक गरी–गरी भए पनि हरियाको छेउ र घरको छानानजिक जाँदै थियो । हामीले उसलाई हेरिरहनुभन्दा अर्को विकल्प थिएन । पानी बढिरहेको थियो । हरिया रातभरिको चिसोले कक्रिएर आफैं पौडेर आउन सक्ने अवस्थामा नभएझै“ बुझिन्थ्यो ।
घरको छाना पनि पानी पानीमा डुबेपछि हरिया पौडिँदै हातमा भै“सीको रसी लिएर आँपको रूखमा चढ्यो र बाँधिदियो । घण्टौ“देखि पानीमा तैरिएको भै“सीले पनि खुट्टा चलाउनै नसक्ने भएपछि जिउ छाडिदियो । हामीले देख्दादेख्दै हरियाकै अगाडि भै“सीको रसी चुँडियो र पानीमा पल्टिँदै बग्न थाल्यो चिण्डो बगेजस्तो ।
यति वेलासम्ममा हरियाले हामीलाई ख्याल गरेको रहेनछ । हामीलाई देखेपछि त्यहाँभन्दा अगाडि नबढ्नु भनेर हातले इशारा ग¥यो र आँपको माथिल्लो हाँगामा स¥यो । टुलुटुलु हेर्दाहेर्दै हरियालाई बगाएको दृष्य के हेर्नु भनेर म बिस्तारै पछाडि फर्किएँ ।
म फर्किएपछि सबै मेरो पछि–पछि लागे ।
हामीले फर्केर हेर्यौं । हरिया हात हल्लाइरहेको थियो ।
नहरको डिलमा आइपुगेपछि थाहा भयो– बीस–बाईसजना मान्छे अझै हराइरहेका छन् । कहाँ गए थाहा छैन । खोज्न जान पनि अब त असम्भवजत्तिकै भइसक्यो । पानी अझै बढिरहेको छ । त्योभन्दा बढी सन्त्रास मेरो मानसमा बढिरहेको छ– मध्याह्नको तापक्रमजस्तो ।
निकै बेर नहरको डिलमा बसेर बितायौ“ ।
एकपल्ट हरियालाई हेर्न मन लाग्यो । हामी फेरि पूर्वको खालपट्टि लाग्यौ“ ।
यतिखेर पानी छातीसम्म आइसकेको थियो । केही परसम्म मात्रै पुग्यौ“ । हेर्दाहेर्दै हरिया बसेको आँपको रूखको पनि जरा गलेर बिस्तारै–बिस्तारै ढल्न थाल्यो र पानीको सतहसँगै मिलेर तेर्सो भयो ।
हाँगाबाट पानीतिर झ्वाम्मै हाम फालेर हरिया हामी भएतिर पौडिन थाल्यो । केही छिन त आउँदै थियो ।
सायद एक छिनपछि उसका हातगोडा गले । ऊ अगाडिभन्दा पछाडि धकेलिँदै गएझै“ लाग्न थाल्यो । पानीको गतिले तलैतलै तान्न थाल्यो ।
मानिसको बाँच्ने आशा । त्यसलाई पनि धन्यवाद दिनुपर्छ । आशा बढी र शक्ति क्षीण हुनाले उसका पाउ चले पनि नचलेझै“ गर्न लागे ।
हामीबीचको दूरी क्रमशः क्रमशः बढ्दै गयो । मैले आँखा चिम्ले“ । कानमा अस्पष्ट आवाज आएजस्तो लाग्यो– बचाऊ ! बचाऊ !
तर, त्यो अस्मेल भेलमा कसले कसलाई बचाउने ? पानीमा डुबेका जति यसरी नै गुहार मागेर बिदा हुँदै थिए । अब आफ्नो पालो पनि यसैगरी आउने होला भनेर बाँचेकाहरू पनि ज्यूँदै मरेझैँ भएका थिए ।
झमक्कै रात परेपछि हामी नहरको डिलमा आइपुग्यौ“ । बाँच्यौ“ भन्नु पनि कसरी ? यही हरियाको कथा सुनाउनु भनेर भेलले छोडेको रहेछ । आज पनि किन मैले हरियालाई भैंसी तेरै हो भने“ भनेर ग्लानि हुन्छ ।