तुइन

लेखक : सुरेश प्राञ्जली
प्रकाशक : फाइन प्रिन्टस्
बितरक : फाइन प्रिन्टस्

पृष्ठ सङ्ख्याः २२७
मूल्यः २७५



पुस्तकबाटः

जाडो महिना । छिट्टै रात पर्यो । भाउजू भात पकाउँदै थिइन् । म अगेनो नजिकै बसेर पढ्दै थिएँ । बाहिर मान्छे गुनगुनाए । म निस्किन खोजें । तर, मेरो पाखुरामा समातेर कुनातिर जाने इसारा गर्दै भाउजू टुकी लिएर बाहिर निस्किइन् । मैले झ्यालका चरबाट बाहिर चियाएँ । निधारमा रातो रुमाल बाँधेका एकहुल मान्छे थिए आँगनमा । टुकीको उज्यालोमा अनुहार भने ठम्याइनँ ।


‘भूमिराज खोइ रु’ भाउजूलाई देखेपछि एउटाले सोध्यो । ‘तुमीहरू को हौ रु’ ‘त्यो त पछि भुनौंना, पैला भुन भूमि खोइ रु’ ‘केई काम छियो कि रु’ ‘काम नुभई पुनि कोइ आउँछ रु’ भाउजू एकछिन बोलिनन् । उनीहरू मध्येको कसैले भन्यो, ‘भीम पार्टी छाडीकन भागो । तेइकाबिअ भूमिकन लैजान आयाका हौं ।’ मैले सोचें, दाइ भाग्छु भनेका थिए, भागेछन् १ ठीकै त गरे १ सायद इन्डिया पसे होलान् १ ‘भूमि घरमा नाँइ, आज्याका घर गया छन् ।’ ‘कैले आउन्या हुन् रु’ ‘चारपान दिनपछि आओनान् ।’ ‘पक्कै हो रु’ ‘मु किन हस्काउना रु’ ‘त्यसो भया हामी केही दिनपछि आउन्या हौं ।।।।’


उनीहरू हिँडेपछि भाउजू भित्र पसिन् । ‘भाउजू मेरो तिनुसित जान्या मुन नाइ,’ मैले भनें । ‘तुमीकन जान्या मुन नुभया नुजाऊ त भैगो,’ भाउजूले भनिन् । ‘क्या गन्नु, मोकन लैजादान् बलगरीकन, स्कुलमा पुनि आयाका छिया,’ मैले भनें, ‘त्यही भइकन गाउँ छोडीकन बाइजान्या हउँ म ।’ भाउजूले अनुहार मलिन पार्दै भनिन्, ‘उसो भया कान्छाबासित सल्लाह गन्नु पडो हँड, घर छोडीकन जाँदा त सोध्नु पडो, क्या भुन्न्या हुन् फिरि ।’ आवाज ननिकाली ढोका ढप्काएर कान्छाबाको घरतिर उज्यालो नबालीकनै झ¥यौं । उनी पिँडीको छेउमा बसेर हुक्का गुडगुडाउँदै थिए । ‘किन आयौ यइबेला तेका देओरभाउजू रु’ हामीलाई देखेपछि उनले भने । हामी सरासर भित्र पस्यौं । कान्छाबा पनि हाम्रा पछिपछि भित्रिए । कान्छीआमैले जुठोभाँडो गर्दै रैछिन्, अगेनोनेर मान्द्रो बिच्छाइन् । म पलेंटी मारेर बसें । कान्छाबा मछेउ आएर बसे । भाउजू अल्लि उतापट्टिको पिर्का तानेर टुसुक्क बसिन् । केहीबेर सबैले मुखामुख ग¥यौं । भाउजू बोलिन्, ‘कान्छालाई माओवादी लिन आयाका छिया, यी त घर छोडेर भाग्नु पडो पो भुन्दाछन्, क्या ग¥न्या हो कान्छाबा रु’ ‘तेरो कुडो ठीकै हो,’ कान्छाबाले मतिर हेरे, ‘तर यस्तो बेला तेरो नागरिकता नाइँ, बाटोमा अप्ठ्यारो पडो भुन्या रु’ म केही बोलिनँ, भाउजू र कान्छी आमा पनि बोलेनन् । कान्छाबाले फेरि भने, ‘नागरिकता बनाउन त बेर लाग्छस गाविसको सिफारिस बनाउन पाया पुनि हुन्या छियो । तेई सिफारिस पुनि बनोन भुन्या स्कुलको प्रमाणपत्र भया पुनि साथ लगेस् । भोलि एकचोटि सचिवसित गएर बुझूँला, क्या भुन्दान् रु’ मैले मुन्टो हल्लाएँ । ‘अँ, तो कति वर्ष भइस् गरे रु’ ‘अस्ति असोज ३० गते १६ पुगे,’ भाउजूले भनिन् ।


भोलिपल्ट कान्छाबा गाविस सचिवलाई भेट्न गए । सिफारिस लेखेर ल्याए, एउटा समाचार पनि ल्याए । भने, ‘एक हजार खर्चपानी मिलाइदिन्या भया पै नागरिकता पुनि बनाइदिन्छउँ भन्छन् । तर, यो कुरो अरूकन भुन्नु हुँदैन गरे । कसैलाई पुनि नभुनेस् ।’ ‘कति दिन लाग्दो रयोछ कान्छाबा रु’ मैले सोधें । ‘सातादस दिनमा बन्छ गरे ।’ नागरिकता बन्ने खबरले म हौसिएँ । तर, पैसा भने थिएन सचिवले मागेजति । भाउजूले निन्याउँरिदै कान्छाबालाई भनिन्, ‘कान्छाबा भेंडो बेचिदिनु पडो ।’
१४ वटा भेंडामध्ये १२ वटा बेचिसकेका थियौं । कहिले चामल किन्दा, कहिले मलाई कापीकलम र लुगा किन्दा । टाट्नो कुरेर बसेका दुइटा मात्र बाँकी थिए । भाउजूले त्यही पनि बेच्न खोजिन् मेरै लागि । कान्छाबा नबोलीकन दुइटै भेंडा फुकाएर डोराउँदै डोमाको पसलतिर उक्लिए । म पछिपछि गएँ । डोमाको लोग्ने पाल्तेनले सस्तोमा पाए भेंडा किनिहाल्थ्यो, सुर्खेततिर लगेर महँगोमा बेच्न । कान्छाबाले भने, ‘ल यी दुई भेंडा राख्, २ हजार दे ।’ ‘२ हाजोर त मो दिँदैन है, बा, आठारो सय दिन्जा,’ पाल्तेनले भन्यो, ‘एउटा त लुतेलुते रैछा, घाटो पो लागिजान्छ ।’ ‘ल्या न ल्या २ हजार त ।’ ‘हुँदैना हाउ, बा । दुइटालाई आठारो सय ठिक्का हुन्जा,’ पाल्तेनले रुपियाँ दिँदै भन्यो, ‘मालको मोल ता देको छा हौ ज्यानले ।’ कान्छाबाले रुपियाँ समाते । हामी ओर्लियौं घरतिर । ‘२ हजार दे भुन्या र त मरिगयाँ मानेन भोटे,’ कान्छाबाले भाउजूलाई पैसा दिँदै भने, ‘उता सचिवसित माओवादीले चन्दा मागीकन हैरान ग¥या गरे । लुकीलुकी हिँड्या छन्, सदरमुकामतिरै बस्छन् गरे, गाउँमा बस्न सकिओन भुन्दा छिया ।’ ‘तुमी नै राख, बा, रुपियाँ, कति लाग्न्या हो, उब्रेको फर्काए,’ भाउजूले भनिन्, ‘अनि काँ भेट्न्या भुन्दाछिया त, बा रु’ ‘पर्सि १० बज्या खलङ्गा अड्डा पुग्न्या गरे,’ कान्छाबाले इस्टकोटको भित्रीखल्तीमा पैसा राख्दै भने ।


अर्को दिन कान्छाबा र म भाले नबास्तै उठेर खलङ्गा हान्नियौं । सचिवलाई भेटेर पैसा दियौं । मलाई एउटा फोटो खिच्ने ठाउँमा लगेर फोटो खिचाए । चारपाँच ठाउँमा नाम लेख्न लगाउँदै भने, ‘एक सातापछि आउनू ।’ हामी फर्कियौं ।

                                 ***

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस