सम्पर्क

लेखकहरूलाई नयाँ रचनाहरूको सृजना गर्ने प्रेरणा मिलोस् भन्ने उद्धेश्यले, प्रकाशन पंक्तीमा नयाँ रचनाहरूलाई उच्च श्रेणीमा राखिनेछ । साताको साहित्यलाई कुनै प्रकाशित रचना समसामयिक लागेमा उक्त रचनालाई पनि साभार गरेर प्रकाशन गरिनेछ । साताको साहित्य को एक मात्र उद्धेश्य भनेको बिश्वभरी रहेका नेपालीहरू माझ नेपाली साहित्यलाई पुर्याउनु हो । रचना छनौटको सम्पूर्ण आधार रचनाको स्तरियतामा मात्र केन्द्रित रहनेछ । रचना छापिएको तीन महिना सम्ममा, लेखकले साताको साहित्यलाई इमेल मार्फत आफ्नो मोबाइल नम्बर पठाउनु पर्ने छ । तद्पश्चात साताको साहित्यको नेपाल प्रतिनिधि मार्फत लेखकको मोबाइलमा पारिश्रमिक स्वरुप नेपाली रु पाँचसय रिचार्ज गरिनेछ । यदि लेखकले उक्त अबधिभित्र साताको साहित्यलाई सम्पर्क नगरेमा उक्त रकम लेखककै नाउँबाट “साहित्यकार संरक्षण कोष”मा स्वतः जम्मा हुनेछ ।
। हरेक बर्षको अगष्ट महिनामा साताको साहित्य डटकम को बार्षिकोत्सवको अवसर पारेर, बर्ष भरी छापिएका रचनाहरू मध्येबाट पाठकहरूको प्रतिक्रिया का आधारमा छानिएको रचनालाई “साताको साहित्य पुरस्कार” प्रदान गरिनेछ । पुरस्कृत लेखकलाई नगद रु बीसहजार सहित सम्मान प्रत्र प्रदान गरिने छ । प्रकाशित, अप्रकाशित वा कतैबाट साभार गरिएका रचनाहरू यदि साताको साहित्यमा छापिएका छन् भने, उक्त रचनाहरू स्वतः पारिश्रमिक र साताको साहित्य पुरस्कार का लागि योग्य मानिनेछन् । गृहपृष्ठमा नछापिने तर अर्काइभको माध्यमबाट वेभसाइटमा प्रकाशित हुने रचनाहरू जस्तै: वार्तालाप र पुस्तक समिक्षालाई पारिश्रमिक प्रदान गरिने छैन, अर्थात साताको साहित्यको गृहपृष्ठमा रहने रचानालेमात्र पारिश्रमिक पाउनेछन् ।
यहाँहरूको सल्लाह र सुझाव का लागि हामी निकै आभारी छौँ ।

साताको साहित्यमा रचना सम्प्रेषण गर्दा एउटा तस्विर र रचनाकारको साहित्यिक परिचय सहित यस ठेगानामा  इमेल गर्नु होला ।

इमेल : satakosahitya@gmail.com

 

(श्रद्धेय पाठकहरूः कुनै कारणवश यहाँहरूले आफ्ना लेखहरूको पारिश्रमिक आफ्नो मोबाइलमा रिचार्ज स्वरुप पाउनु भएको छैन भने ‘साताको साहित्य’का कार्यकारी सम्पादक सुमन घिमिरे लाई ९८५१००८३९९ मा सम्पर्क गर्नुहोला अथवा यस नम्बरमा तपाईं आफ्नो नाम, रचनाको शिर्षक र मोबाइल नम्बर टेक्स्ट पनि गर्न सक्नुहुन्छ । साताको साहित्य डट कम यहाँहरूको सद्भाव र उपस्थितिले निकै आभारी छ ।)

 

Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस