मुख्य पृष्ठ » कविता » नयाँ वर्ष सँग अपिल !!!

नयाँ वर्ष सँग अपिल !!!

bool(false)

अंध्यारो छ जीवन कतै, निराशा छ कतै,
एस पाला त किरण छर्दै, आउन नयाँ वर्ष !
विरह को भाखा कतै ,रुवाबासी कतै,
एस पाला त मीठो गीत, गाउन नयाँ वर्ष !!

हराए को छोरो सम्झी, रुंदै बसेका लाई
एस पाला त छोरो, बनी आउन नयाँ वर्ष !
बेचिए का कैंयौ चेली, मुक्ति खोज्दै होलान् !!
तिनै माथि न्याय बनी, आउन नयाँ वर्ष

अशान्ति ले भांडो भैलो, पार्‍यो हाम्रो देश लाई
एस पाला त बुध्द, बनी आउन नयाँ वर्ष !
टुक्रा टुक्रा पार्न खोजे, हाम्रो देश लाई
पृथ्वी नारन बनी फेरी, आउन नयाँ वर्ष !!

उध्रिए को घर को छानो, कहिले छाउने हो
संविधान को नयाँ छानो छाउन नयाँ वर्ष !
आज भोलि मानव पनि, दानव हुन थाले
एक चोटी राम बनी, आउन नयाँ वर्ष !!

टेक्सस, अमेरिका

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस