मुख्य पृष्ठ » कविता » जन्म इच्छा

जन्म इच्छा

bool(false)

यसरी मनपराऊँ म आफूलाई, पागल बनूँ आफ्नै लागि
मृग नयनी देखूँ घरी कटाक्ष देखूँ आँखा
रूपवान भेट्टाऊँ आफैमा भेटूँ रूपवती पनि

आफ्नै शरीरको सुगन्धमा लट्ठिऊँ, चुमूँ आवेशमा आफ्नै गर्धन
चुसूँ अधरबाट घरी स्त्रीलिङ्गी घरी पुलिङ्गी रस
खेलाऊँ आफ्नै स्तन, लिङ्ग, नितम्ब
चाटूँ आफ्नै योनी र हर एक कामुक अंगहरू, बिस्तारै
मभित्रको नारीलाई निकालूँ बाहिर...

कामसूत्रका अनेक आसन अपनाएर, भोगूँ आफैलाई
मच्चिऊँ आफूमाथि चढेर आफै
स्खलित बनूँ दुवै रूपमा
स्वागत गरूँ आफ्नो विर्यलाई आफ्नै पाठेघरमा
मिलाइदिऊँ आफ्नो डिम्बसँग, आफ्नै क्रोमोजोमहरू
गर्भवती बनूँ स्वयं, बोकेर गर्भमा आफैलाई फेरि
र हर्माफ्रोडाईट प्राणिहरूझैँ
निस्किऊँ आफ्नै गर्भबाट आफू

बैजु वावरा बनूँ, बनूँ आफैले बनाएको संगीत स्वयं
म चाहन्छु,
यसरी ‘म’ बाटै एउटा... जन्म होस् मेरो!

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस