यो समुन्द्रको देश एक टक उ बहीरहेछ
उ पानी को अथाह भण्डार
म एक थोपा आँशु लिएर
यसको मोल सोधी रहेछु !
समुन्द्र बोल्दै बोल्दैन!!!
मेरा नेपथ्यका सपनाको लिलामी नाचाहेर
म एक थोपा आँशु लिएर
यसको मोल सोधी रहेछु !
कृतघ्न किन्तु नसोचेर
मेरो देश तँलाई केहि दिन
यस अथाह भण्डारको एक छेउमा टक्क उभिएर
यसको मोल सोधी रहेछु !
हप्ता र महिनाको परिधि नाघेर मनका व्यथा लुकाउदै
सायद यी दुई थोपा आँशु का पर्दा भित्र
आफु भित्रको म लाई लुकाई
कतिवेला आफुलाई जीवनको को परम सुखी ठान्दै
कतिवेला परम दुखी मान्दै
म मेरा आँशुको मोल सोधी रहेछु |
समुन्द्र बोल्दै बोल्दैन
म एकोहोरो सोधी रहेछु !!!!
मेरो देश तलाई केही दिन
समुन्द्र वोल्नु पर्ने भएको छ |
समुन्द्र वोल्दै वोल्दैन !!
धत् ! म ववुरो
उ त समुन्द्र हो बगीरहन्छ
बगाईरहन्छ यस्ता कैयौं नेपथ्यका सपना !!!
किन रोक्दीन म मेरा आँशु
किन सोच्दिन बिगत,वर्तमान र भविष्य
फगत समुन्द्रको दोष देखि रहेछु !
म एक थोपा आँशु लिएर
यसको मोल सोधी रहेछु !!
मेरो देश त लाइ कही दिनु पर्ने भएको छ
समुन्द्र वोल्नु पर्ने भएको छ !!!
म चाहन्छु समुन्द्र बोल्दियोस्
मेरा नेपथ्यका सपनाको हत्या नहुदै
समुन्द्र बोल्दै बोल्दैन
म एकोहोरो सोधीरहेछु
फगत समुन्द्रको दोष देखि रहेछु !!!!
सिडनी , अस्ट्रेलिया