मैले तिमिलाई तिमिबाटै चिने
नियतीले ठगे पनि
संघर्समा फुल्ने भिर फूल पाए ।
मन मस्तिस्कमा मिनर्भा झै राखे
पटक पटक पढे पछि तिमिलाई
जिन्दगीको वास्तबिक यथार्थता
चिरन्जिवी पाएँ ।
टहल्छेउ कहीले काही
शुभप्रभातमै तिमी
चहराउँछन् अतितका खाटाहरु
सम्बेदनात्मक ल्युनले लेपिएका कर्कस बातका चोटहरु ।
दुख्न नचाएको होईन मैले
जन्मदाताको तिखो बाणको घाउमा
नछामेको होईन धुलौटमा
फुलेका तिम्रा चाहनाका क, ख लाई
प्रत्येक तिम्रा भोगाईका
शब्द सब्दमा लुटपुटिएर
अभिसपत आहालमा
डुब्ने कोसिस नगरेको होईन
तिम्रो आहत अबरणणिय छ
जन्मदाताकै काखमा
शब्द पिपासु र हेयको बोराले थिचिएछौ
तर ! तिमिले प्रगतिको खुट्किलो चढ्नु थियो
चुचुरा सम्म पुग्नु थियो
टाकुराहरु चुम्नु थियो
जब तिमिलाई सम्झन्छु
आधुनिक्ताबाट
पछि धकेलेको भान हुन्छ
शारिरिक असक्तताको आडमा
चट्टानमा पछार्न खोजे झै लाग्छ
क,ख,गको तिम्रो पहिलो
उन्माद हासोमा डुब्दै
भैलो खेल्ने अनन्य प्रयास गरे
अबसरको कोणकोणमा तिमीलाई हेरे ।
म भित्र पनि ज्योत्सनाको आँचल फैलियो
जीवनको दुई पलमा
खुशीको रङगोली बन्न थाल्यो ।
साधनाको निरबन्ध नदि
सङकल्प साथ निरन्तर् बगिरहे छ
बिस्वाशको सगरमाथा अटल भईरहे छ ।
सवल मनलाई मात्रै हैन
दुर्बलताको बाझो कोखलाई गर्ब बोकाउनु छ
अन्य झमक जन्माउन
नवयुगको अनी बुद्धत्वोको सङखघोश गर्न ।
तिम्रो मार्मिक कार्यक्रिती कुन शब्दज्ञानले भरौ
झमकको स्तुती जनजन मिली गाआौ ।
सम्पुर्ण पक्षधर प्रति सन्तुलित सम्यक
उत्साह अतिसयले भरिपुर्ण
नारी सम्बेदनालाई
मेरो अन्तरकुन्तरबाट
आस्था र स्रद्दाले सलाम गर्दछु ।