होला, म भन्दिन होला
आकाशभन्दा फराकिलो माया गर्छु भनेर
सागर भन्दा गहिरा छन् तिम्रा आँखा भनेर
तिम्रो ओठमा मेरो मुस्कान फुल्छ
तिम्रो आँशुमा मेरो दिन ढल्छ भनेर
म तिमीलाई प्रेम गर्छु, तर भन्दिन
आखिर नभन्नु भनेको नहुनु कहाँ होर ?
कसैले नभनेपनि पुतली बन्छ झुसिलकिरा
कसैले नदेखेपनि पूर्वमा झुल्किन्छ घाम
कसैले नबाँधेपनि घडी, चल्न छोड्दैन समय
मुठ्ठीमा नभए पनि मुटु, महसुस हुन्छ धड्कन
आखिर, भुल्न सक्नेले पो भन्नुपर्छ सम्झन्छु
म हरपल सम्झिरहन्छु तिमीलाई तर भन्दिन
आखिर नभन्नु भनेको नसम्झनु कहाँ हो र?
आखिर नभन्नु भनेको नहुनु कहाँ हो र ?