(यो एउटा लामो कथाको सिलसिला हो । अन्त्य निक्कै छोटो भएको छ )
अमेरिको बोस्टन राज्यमा
पैतिस तला माथि छु !
अचम्म त यो छ
काहाँ काहाँ बाट बतास दौडँदै आउँछ
पहिलो भेटमै चिनिदिन्छ
यो एक —माटोले लखेटीरहेको शरणार्थी हो ।
काहाँ काहाँ बाट आइपुग्छ भूइँ कुहिरो
छुने बित्तिकै चिनिदिन्छ
यो एक —घामले लखेटिरहेको शरणार्थी हो ।
ढुकढुकिन्छ देश मुटुको भित्री कुनामा
तर भेटिदैन आँखामा कतै सिमाना
पट्यार लाग्दा लामा हिउँदका रातहरुमा
हृदयको तगारो नागेर हजार पल्ट पुग्छु भुटान
टिप्छु बारीका डिलका ( फूल
सिउरिन्छु ( शिरमा
गाउँछु –डुर्क टासेन्डेन केइपी ग्यालखाप ना।।
बोल्छु – जोङ्खा
उज्यालो नहुँदै लखेटिन्छु
घामले नभेट्दै तरी सक्छु मेची
यसरी म नेपाल राज्यमा आइपुग्छु !
नेपाल राज्यका थुप्रै रङहरु मध्य रातो रङ मेरो रगतको हो
थुप्रै बास्ना मध्ये अलिक अमिलो बास्ना मेरो पसिनाको हो
बाटोमा अलपत्त्र उभिएको
रहर
सपना
जागर
मेरो हो
यहाँको
थुप्रै खेतबारीमा रोपिएर भोकै बसेको मै हुँ
थुप्रै खोलामा पानी बगेर तिर्खा बाँचेको मै हुँ
थुप्रै बाटो लखेटिँदै लखेटिँदै
यसरी आइपुगेको छु फेरि एउटा बादशाहको राज्यमा
यो मेसिनहरुको राज्य हो
यहाँ मुटुमा यन्त्र ढुकढुकिन्छ
अग्ला घरहरुबाट निक्कै होचो देखिन्छ प्रेम
लामा सडकबाट निक्कै छोटो बाटो हिँड्छ मन
ठूला मेसिनहरुबाट पेलिन्छ दैनिक समय
र यन्त्रिक भैइदिन्छ
मुटुमा प्लास्टिकको हृदय जोडिने
यो बादशाहको देशमा अब बाँचिरहन सक्दिनँ
तिम्रो अदालतको कठगरामा उभिएर
आफै घोषण गरिदिन्छु आफ्नै मृत्युको
मेरो आत्मा पुगोस् ह्वाइटहाउस
सिंहदरबार
पुगोस् टासीछोइ डोजोङ
तिमीहरुलाई कहिल्यै शान्ति नमिलोस्
भुटानको राष्ट्रीय गान !
भुटानको राष्ट्रीय भाषा !
(एक भुटानी शरणार्थी साथीले अमेरीकामा आत्महत्य गरे पछि उनको सम्झनामा लेखिएको ।)