मुख्य पृष्ठ » कविता » ङाला डम्फु (मेरो डम्फु)

ङाला डम्फु (मेरो डम्फु)

bool(false)

अस्तिको ल्होछारमा
मेरो हातमा
पुर्ख्यौली डम्फु थमाउँदै आप्थेबाले भन्नुभो
थेबा, यो डम्फु अब तिम्रो भो


हो, आप्थेबा
अब यो डम्फु
मेरो जिम्मा भो
अर्को थेबालाई नसुम्पेसम्म
मर्न दिने छैन म
यो
डम्फुले बोकेको काइतेन (इतिहास)

उम्लिरहेको छ अझै    
यावेङखोलामा बगेको उर्गेनको रगत
दुखिरहेछ अझै
भिमफेदिको उकालोमा
चारपाङ्ग्रे बोक्दा खसेको  
मेरा भरिया आख्खेका काँधहरू
चर्याइरहेको छ अझै  
श्री ३ र ५ का खोपीहरूमा कुमारित्व लुटिँदा च्यातिएका  
फुर्साङहरूका आला घाउहररू

मेरा आख्खेका खोसिएका रहरहरू
लुटिएका खुशीहरु   
चुँढिएका बैँसहरु
अपहरित राज्यहरु
असरल्ल छरिएका रगतका फाल्साहरु
सकुशल फिर्क्याउनु छ मलाई
मेरो डम्फुको घेरामा ठोकिएको
बत्तीस किलाहरु
त्यसमाथी नाच्ने फुर्फुरी चरी
मलाई मेरो गुमेको इतिहाँस सम्झाई राख्नेछ

म लडिरहने छु
पुर्खाले साँचेको सपनाहरु बिउँताउन  
गाउनु छ मलाई ताम्बाको काइरन
सुनाउनु छ मलाई डम्फुले बोकेको रक्तिम कथा
बन्नु छ मलाई डम्फुरे
बिउँझाउनु छ गाउँ—बेँसी
गाउनुछ अन्तिम
छोर्वाला काई (जागरणको गीत) !


२०७०-१०-२५ (याम्बु)

शब्दार्थ : तामाङ-नेपाली

आप्थेबा : जेठा बा
काइतेन : इतिहास
आख्खे : पुर्खा र जुजुबाजे
ताम्बा : तामाङ समुदायमा गीतकै माध्यमबाट इतिहास, ऐतिहासिक कथा
एवम् रितिरिवाज भन्ने व्यक्ति र इतिहासकार  
काइरन : कथन र वाचन  
यावेङखोला : तमाङ इतिहास अनुसार तमाङ जातिका राजा उर्गेनलाई
षड्यन्त्रमुलक ढंगले फसाएर बध गरेर फालेको खोला जुन नुवाकोट जिल्लामा
पर्दछ । र यो खोलाको पानी आजसम्म पनि तमाङहरुले पिउँदैनन् ।


मैले यस ग्रुपमा अमर सरलाई पनि जोडेको छु । यहाँहरूले उहाँलाइै नै सम्पर्क गरेर सहयोग गर्न पनि सक्नुहुन्छ ।
पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस