मुख्य पृष्ठ » कविता » देश, मधेस र पहाड

देश, मधेस र पहाड

bool(false)

भुईचालो नआई
बाढी पहिरो पनि नआई
अथवा
भुईचालो, बाढी र पहिरो आएर एक्कैचोटी
बगायो भने मेरो देशको पहाडलाई
सँगै बग्नेछ
मेरो छेउको सानो बिरालो
एैंसेलुको झ्याङ
र पहाडसँगै टाँसिएको नीलो आकाश बग्नेछ ।

खोल्सादेखि खोल्सासम्म
खुट्टा फारेर उभिएको इन्द्रेणी
चर्दै गरेका भेडाको बथान बग्नेछ
र झर्नेछ अलिक तल
पहाडा टेकेर मात्तिएको हिमाल ।

आमाको सुकाइराखेको रातो पछ्रयौरी
कपालमा गाँसेको
कपालजस्तै धागोको गुच्छा बग्नेछ
डण्डिबीयो खेल्ने चौर
तिर्खा मेट्ने पँधेरो
र सुसस्ताउने चौतारो बग्नेछ ।

यति बगिसकेपछि
अरु के नै रहन्छ र
पहाडसँगै पहाड बग्नेछ
र छोपिनेछ मधेस
छोपिनुभन्दा पहिल्यै
सराप्नेछन् तथानाम
मधेसहरुले मेरो पहाडलाई
त्यही श्रापले
कहिल्यै उभिन सक्नेछैन पहाड
छुट्नेछ उचाईसँगको मितेरी ।

श्राप पच्दैन पहाडलाई
नबगोस् पहाड मधेसतीर
आजै निम्तो भो
उक्लियोस् मधेस पहाडतीर ।

 -धनकुटा

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस