मुख्य पृष्ठ » कविता » आमा, मलाई मृत्‍यु मन्जुर छ !

आमा, मलाई मृत्‍यु मन्जुर छ !

bool(false)

धर्ती का ई गर्भहरू मा लुकेर
तिम्रो घर को जग भत्काउने धमिरा हुँ म
तिम्रो खर को झुप्रो मा आगो झोसेर
तिम्रो भाग को गास खोसेर,
धङ-धङ गन्ध आउने बारुदी हबन गर्दै
तिम्रो चिरहरण को खुशी मा ताण्डब गर्ने दानब हुँ म !


आमा,मैले के सम्म गरिन ???
तिम्रो दस नङग्रे पसिना को साटो
बलि को खुन मागेको छु,
तिम्रो च्यातिएको फारिया लाई भागबन्डा गरेर
जोखाना हेराउने झाक्री बनेको छु
सुन,आमा
भाई जन्मिएर छैटी सम्म नमनाउँदै
उसलाई मैले दुस्मन माने
बैनी को तोते बोलि नसुन्दै
उनलाई मैले अबरोध ठाने
अनि निमोठी दिए सबैलाई
तिम्रो लाख बिन्ति ले नि नगल्ने अपराधी हुँ म !


माफ गर आमा
दाईलाई आगन मा ढाल्ने पनि मै हुँ
काका लाई जंगल मा फाल्ने पनि मै हुँ
क्रान्ति का राग अलाप्दै दाल्ने पनि मै हुँ
आमा,मैले खोक्रो आदर्श को नाम मा
तिम्रो सिउँदो लाई उजाड पारेको छु
नया युग को शंखघोस गर्दै
कहिले जातीयता को र धर्म को नाम मा
कहिले संघियता को नाम मा
तिम्रो अखण्ड छाती लाई
टुक्रा-टुक्रा पारेर च्याखे थापेको छु
आमा,म हिटलर जस्तै हत्यारा हुँ
तिम्रा एक -एक सपना टुक्र्याउने बदनाम सन्तान हुँ !


अझै पनि
मेरा सारा करतुत लाई ढाकेर माफ दिने अरे तिम्ले
फेरी पनि खोखिला बाट गास दिने अरे तिम्ले
तर,मलाई माफ गर मेरी आमा
तिम्रो जस्तो बिसाल छाती कहाँ पाउनु मैले ?
तिम्रो जस्तो करुणा र तपस्या कहाँ बाट ल्याउनु मैले ?
तेसैले आज स्वीकार छु म
यो देशको हत्यारा हुँ म
यो कुलको कलङक हुँ म
आमा,मलाई फाँसी मन्जुर छ
मलाई मृत्यु मन्जुर छ ! !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस