मुख्य पृष्ठ » लघुकथा » ढुङ्गाको देवता

ढुङ्गाको देवता

bool(false)

 

लेउ लागेको हेर्दै घीनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो। अनि अलिकति अबिर, अलिकति फूल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रङ्गिबिरङ्गी ध्वजाहरू बाँधेर बिरामी छोराको निम्ति भाकल गर्‍यो – हे प्रभु मेरो छोरोलाई निको बनाउ, सके कालो बोको नसके लोकल कुखुरो चढाउँला।

 
अर्कोदिन छोराको नाडी झनै पातला हुँदै गए, मुखमा हालेको पानी सररर बाहिर झर्‍यो जसरी उसले त्यो ढुङ्गामा गाईको दूध चढाउँदा दूध बाहिर झरेको थियो।
बच्चालाई कठैवरा, विचरा भन्न उसको घरमा आफन्तहरूको भीड लाग्यो, त्यहाँ भन्दा ठूलो भीड ढुङ्गाको वरिपरी लाग्यो – पूजा गर्न, ढोग्न, फूलप्रसाद चढाउन, आर्शिवाद लिन।


त्यही रात आकाशबाट उदीयमान एउटा तारा झर्‍यो, सृष्टिको रोलक्रम अनुरुप उसको पालो मिचियो। बलिन्द्र धारा आँसु बहाउँदै मनासघाटमा छोरालाई कणकण बनाएर ऊ रुँदै फर्कियो, उसको जीवनमा सुनामी आयो।


उसलाई दोस्रोपटक सनक चढ्यो अनि त्यो पुजित ढङ्गा अर्थात् देवताको मूर्ति पखाल्यो अनि पहिलेजस्तै लेउ लागेको कालो ढुङ्गो बनायो।
भोलिपल्ट त्यो ढुङ्गामा गोठालो बसेर विरहको मुरली बजाएको सुन्यो, पर्सिपल्ट साँइलो ज्यामीले त्यो ढुङ्गालाई घनले फोडेर, टुक्राटुक्रा पारेर हाटमा लगेर बीस रुपियाँमा बेच्यो र केटाकेटीलाई जाउलो खुवाउन चामल लिएर फर्क्यो।


उसलाई आफ्नो दोस्रो सनकप्रति गर्व लाग्यो – मैले गर्दा आज कसैको पेटमा अन्न त पर्‍यो।

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस