“सुनिस्यो न हजुर ले हजुर को क्रेडिट कार्ड को बिल चेक गरिस्यो ।” “मेरो बाट त ३५ पाउण्ड को फ्रड गरेछ ।” “फ्रान्स बाट पो सपिङ छ, आईफल टावर हेर्नेे कत्रो रहर पैसा नपुगेर पुरा हुन सकेको छैन ।” श्रीमती ले भनेपछि मैले पनि सरर्र बिल चेक गरें सबै ठिकै थियो ।
“तिम्रो बिल ल्याउ त” मैले मागें । बुबा आमालाई लण्डन घुमाउँदा को अघिल्लो महिना को खर्च नगद अभाव ले गर्दा सबै क्रेडिट कार्ड बाट गरिएको थियो । एकपटक घुमाउन बोलाउँदा मुठ्ठी कस्न मन भएन जम्माजम्मी दुबै कार्ड बाट ७००० पाउण्ड खर्च भएछ । मैले जोडेर सुनाएँ ।
“मैले काम गर्ने भएपनि अलि चाँडै तिरेर सकिन्थ्यो यो तिरेर सक्न त वर्षै लाग्ने भो” उनले चिन्तित हुँदै सुनाईन् । “तेसमाथि नेपाल हरेक महिना खर्च पठाउनु त छँदैछ ।”
“छोरो अर्को वर्ष फूल टाईम स्कूल गएपछि त तिमी पनि “काम गर्छ्यौ तेसपछि त सजिलो हुन्छ उनलाई सम्झाएँ ।”
बुबाहरु फर्केको एक महिना जति भएको थियो काम मा जान तयार हुँदै थिएँ बुबा को फोन आयो । “ईमेल चेक गर्यौ नगरेको भए गर ।” “म काम मा जान लागेको अबेर भयो भरे गर्छु नि” भनेर फोन राखें ।
बेलुका काम बाट आए पछि श्रीमती लाई ईमेल पढेर सुनाउँदै थिएँ । ईमेल एस्तो थियो ।
“बाबु फोन मा भन्न सक्तिन भनेर ईमेल मा लेखेको हुँ ।”लण्डन आएपछि मात्र तिमीहरु को दु:ख प्रत्यक्ष अनुभव गर्न पायौं । अब देखि एता खर्च पठाउनु पर्दैन । जेनतेन पुर्याउँला । कसरी खर्च जोगाउन सक्छौं, उपाए निकाल्दै छौं । तिमी २घण्टा बस चढेर काम मा जान्छौ म आधा घण्टा साईकल चलाएर जाउँला, तेसैले मैले मोटरसाईकल बेचेर साईकल किने । आमा ले पनि घर कै छत मा भए पनि गमला मा तरकारी लगाउँदैछिन्, अस्तिको हप्ता त तरकारी किन्नै परेन । पानी किन्न छाडेर आकाश को परेको पानी संकलन गर्न थालेका छौं । चिया मा चिनी एक चम्चा कम हाल्दा पनि उस्तै हुँदो रहेछ …..
अरु थुप्रै एस्तै कुरा थिए । मेरो गलाबाट आवाज बाहिर सम्म आउन निकै मुस्किल मान्दै गए ।