विरुपित

bool(false)

झोल पदार्थ कडा थियो ।
साईंलीको भट्टीको रक्सी कडा नै हुन्छ ।
”साईंलीको रक्सीले फ्ल्याट् पार्यो ।” — अन्तिम घुट्को घुट्क्याउँदै राना करायो । उसको स्वर लरबर थियो । अब राना उठ्यो । बिष्टे र तिर्थे त उसलाई त्यहिँ छोडेर हिँडिसकेका थिए । ऊ मात्र घर जान बाँकी थियो । एक पटक साईंलीलाई पाँच सयको नोटले मुसारेर त्यो नोट उसैलाई दिँदै राना पनि भट्टीबाट निस्क्यो । ढल्पलिँदै ढल्पलिँदै राना शहिदचोक पुग्यो — चौबाटो । दिउँसोको समय भएको हुँदा चौबाटोमा धेरै मानिस ओहोरदोहोर गरिराखेका थिए । उसलाई अलि लाज लागेजस्तो भयो । त्यसैले सकेसम्म नढल्पलिन सक्दो आफूलाई ठिङ्ग उभ्याउन खोज्यो । अनि फेरि एक छिनपछि आफ्नो घर भएको दिशा — उत्तर दिशातिर हिँड्न थाल्यो ऊ । करीब पन्ध्र मिनेट जति पछि ऊ आफ्नै घरको ढोका अगाडि पुग्यो । पुगेपछि त्यहाँ पनि ऊ एकछिन ठिङ्ग उभियो । नलड्खडाउन सक्दो कोशिस गर्यो र ढोका ढकढकायो ।

उसको फुच्चे छोरो विमलले ढोका खोल्यो । विमल आफ्नो अगाडि बावु देखेर अलि डरायो । राना ढलपलिँदै घरभित्र छिर्यो र अ‍छ्यान्मा थचक्क बस्यो । अनि छोरो
तिर मदले मस्त दृष्टि फ्याँक्दै जङ्गयो — “खोई ? तेरी आमा खोई ?”

“आमा ?।।।” — विमलले डराउँदै भन्यो — “आमा त मन्दिर जानु भएको छ । उहाँले तपाईको स्वास्थ्यको निम्ति ब्रत राख्नु भएको छ आज ?”

***

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस