रजस्वला

bool(false)

मिति २०४३ साल असोज ८ गते ३ जना स्त्रीहरुको जन्म भएछ।

न्याट्ली मार्टीनेज अमेरीकी केटी, नेहा कपुर भारतीय प्रोफेसरकि छोरी र बझाङ मंगलसेनकि दील बहादुर चुनाराकि छोरी कान्छी चुनारा। एकैपटक भएको जन्म देश फरक फरक भए पनि लीङ्गको आधारमा समानता उनीहरुमा धेरै कुराहरुमा थीयो। उमेर सङ संगै उनीहरुमा हावापानी र रहनसहनले केही भीन्नता पक्कै थीयो। न्याटली मार्टीनेज युनीभर्शीटीको परीक्षा हल बाट ५ मीनट को ब्रेक लीएर निस्की। सीरीयल हेर्दै खाना बनाउन लागेकी आमालाइ नेहाले बोलाउदै आफ्नो कुरा सुनाइ। पाखोमा बाख्रा चराउन गएकी कान्छी भीत्री मुटु कमाउदै दौडदै बाख्रा धपाउन थाली।

उनिहरु एकैपटक रजस्वला भएका रहेछ्न।

सेनेटरी प्याड को प्रयोग पछी न्याट्ली परीक्षा दिन गै। नेहा थरी थरीका परीकार खादै र मीठा मीठा कुरा गर्दै आमा सङ्गै सीरीयल हेर्न थाली। अनि कान्छी पुरुष र घामको अनुहार हेर्नु हुन्न भन्दै टाढा को झुपडीमा गएर बसी।

र हिजो थाहा पाइयो
न्याट्लीको दोश्रो बीवाह भएछ
नेहा ले अर्को सन्तान पाई रे
र कान्छी पाठेघर को क्यान्सर भएर मरि छ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस