सबैलाई थाहा छ, रामलाल साँझ बिहान मुख जोर्न संघर्षरत मात्र एक मजदुर हो । भन्सार छलेर सामान ओसार्छ
त्यसकारण तस्कर र देशको लिखित कानुन अनुसार अपराधी पनि ।
आज पिताम्बर साहुको थान कपडा ओसार्दै गर्दा भन्सार अधिकृत नेतृत्वको टोलीले रंगेहात समातेको छ ।
अधिकृत प्रजापति शर्मा गर्जिनु स्वाभाविकै हो । " यी तस्करहरुलेनै हो देशको यो गति बनाएका । यस्ता
तस्करहरुलाई त जन्मकैद गर्नुपर्छ ! भ्रष्ट हरु ! "
पसिना पसिना अनुहार रुमालले पुछ्दै उसले रामलालतिर प्रश्नको ठेली नै तेर्स्यायो !
नाम के हो ?
'रामलाल हजुर' !
'गोदाम काँ छ' ?
'साहुको हो हजुर'!
'के के ओसार्छौ' ?
'नुन देखि सुन सम्म साहुले जे काम दिन्छ हजुर'!
त्यतिकैमा अधिकृतको फोनको घन्टी बज्छ ! घरबाट श्रीमती रैछिन !
'समाउनुभो त' ?
'अँ समाते' !
'मैले भन्द्याछु, यो जाबो २१ ईन्ची टि.भी. को सानो पर्दा हेर्दै आँखाको रोशनी जानेभैसक्यो ! अब त ४२ ईन्चीनै
चाइन्छ'!
'भन्याबेला काँबाट आउछ ४२ ईन्ची टि.भी.'?
'मैले किनेर ल्याउनुस भन्याछुतपाईलाई ? जाबो सुब्बिनिको घरमा ४२ ईन्ची टि.भी. आकै २ महिना भैसक्यो !
आफ्नो भने .....'
यतिकैमा फोन काटियो ।
अर्को प्रश्न, रामलाल लाई,
टि.भी. ओसार्छौ ?
ऐलेसम्म छैन हजुर !
"सालेलाई तस्करी मुद्दामा खोरमा हाल", अधिकृत पागलझैं गर्जियो !