मुख्य पृष्ठ » लघुकथा » इन्द्र प्रश्न

इन्द्र प्रश्न

bool(false)

स्वर्गका राजा इन्द्रलाई कान्तिपुरको यात्रा गर्न मन लागेछ  । उनी सरासर संबिधान सभा भवनमा गए । त्यहाँको दुर्दशा देखेर मनमनै भने " कस्तो बिजोक, न संबिधान छ, न सभा" ।
" ए,  को होस् तँ ?" गार्डले चोरलाई झैँ सोध्यो।
"म स्वर्गको राजा इन्द्र हुँ" उनले  भने ।
गार्डले सहकर्मीलाई आँखा सन्कायो । ।
"इन्द्र कि ट्वाकेन्द्र, दिउँसै दुई प्याग ला'ए  जस्तो छ" उसले प्याच्च भन्यो । इन्द्र मुसुक्क हाँसे । तुरुन्त प्रहरीको भ्यान आएर सोधपुछ का लागि भनेर  लग्यो ।
उता स्वर्गमा खैलाबैला मच्चियो । इन्द्रकी आमाको ओठ मुख सुक्यो । चित्र गुप्तले जाहेर गर्ने प्रतिवेदनमा 'श्रीपेचलाई चुनौती दिने नेता', 'राज परिवारको वंश सखाप', अनि 'उच्च प्रहरी अधिकृत', 'ठूला ब्यापारी', र 'न्यायाधिश' आदिको अल्पायुमै पृथ्वी लोकबाट बिदा हुनु परेको घटना सम्झेर उनको मनै फुलेर आयो । उनी तत्कालै मर्त्य लोकमा उत्रिन् र सबै पार्टीका टाउके नेताहरु सम्मिलित गोलमेच सभा बस्यो । इन्द्रकी आमाले भनिन्-"माननिय नेताज्यूहरु, इन्द्रलाई मुक्त गरि पाउँ ।कुनैपनि शर्त मञ्जुर छ । तातै खाउँ छिट्टै मरौं जसरी एउटा नेताले भन्यो-"त्यसो भए हामी सबैलाई स्वर्ग लिएर जानु पर्यो, त्यो पनि सँगै"। इन्द्रकी आमाले भनिन्-"ठीक छ, हामी लिएर जान्छौं तर मरे पछि मात्र ।"
अर्को नेताले भन्यो-" ओ हो कस्टो बाठो कुरा गरेर ल्याएको । पहिला पनि पारिजाट चोर्न आउँडा त्यसै भन्याको हैन, बेइमान"।


फेरी अर्को नेताले थप्यो-"अरे बाफरे बाफ फेरी धोका दिएर गयल भैँस पानीमे गर्ने विचार छ कि के हो? हाँ "।
अर्कोले नाक कोट्याउँदै भन्यो-" मो ता यासता कुरा ज्यान जाला  मान्दैना होइ गाँठे। लु भान त , तुईंले आजा सम्मो मुन्छे स्वोर्गा गाको  देख्या छा" ।
इन्द्रकी आमाले नेपाललाई स्वर्ग जस्तै बनाई दिने आश्वासन दिईन् तर नेताहरुले मानेनन् । अन्त्यमा इन्द्रले मुख खोले-"त्यसो भए नेपालका नेतालाई स्वर्गको
प्रधानमन्त्री  बनाउँछु"।
तरर ताली बज्यो । निदाएका पनि ब्युँझिए ।
इन्द्रले  यक्ष प्रश्न गरे-" तपाईंहरु मध्ये प्रधानमन्त्री को हुने ?"
सबैले एकै स्वरमा "म" भन्ने बित्तिकै दैत्य युद्ध चल्यो। इन्द्र र उनकी
आमा लुसुक्क निस्किए ।

हाल योकोहामा, जापान

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस