घोडा

bool(false)

वासिङ्गटन डि.सी. को डलस अन्तर्राष्ट्रिय विमान स्थलको आगमन कक्षमा आइपुगेपछि धर्मराजले श्रीमतीलाई भने –“बुझिस् बुढी ! अमेरिका आइपुगियो । यही हो अमेरिका !”
धर्मराजको कुरा सुनेर सुभद्रा एकछिन त ट्वाल्ल परिन् अनि झट्ट सम्झेजस्तो गरी भनिन् –कत्ति न पानी पँधेरो गरे जस्तो गरी भन्नु भा ’!’ धर्मराजले मस्किंदै भने– “म जे भए पनि देश खाएर शेष भा’को हुँ नि त ! अमेरिका नआए आगमन कक्षको सबै झण्झट सकेर उनीहरू विमानस्थल भवनको बाहिर सडकमा निस्किए । सडकको पेटीमा उनीहरू जस्तै तर विभिन्न मुलुकका मानिसहरू सुटकेस, ह्याण्डब्यागहरू घिसार्दै, गुडाउँदै र लतार्दै आफन्तका गाडी, ट्याक्सी आदिको प्रतीक्षामा उभिइरहेका थिए । एक्कासि आएको सिरेटोले कानलाई हिउँ झैं चिसो बनाएको अनुभव भयो दुवैलाई । यसो हेर्दा सडकमा पेटीमा टाढा टाढा जताततै भुइँमा हिउँ जमेको दृश्य देखे । सुभद्राले सुइय लामो सास फेरिन् ।

“जाडो भो ?” धर्मराजले सोधे ।

“निद्राले टाउको रिङाइरहेछ, जाडो त छँदैछ ।” सुभद्राले भनिन् ।

दुवैको आँखा छोराको खोजीमा थियो । दुई वर्ष यता उनीहरूले छोराको मुख देख्न पाएका
थिएनन् । “योग्य छोरा पाइएछ ।” धर्मराजको मनले भन्यो ।

“छोराको भाग्यले अमेरिका आउन पाइयो ।” सुभद्राको मनले भन्यो ।

“लौ कतिखेर आइपुग्नु भयो , बाटोमा क्यै तकलिफ त भएन ?” एक्कासि सामुन्ने उदाएको
छोरा अर्थात् प्रवीणले बुबा आमालाई ढोग ग¥यो । त्यसपछि भन्यो– “ट्राफिकले मा¥यो  बाटोमा अनि ढिलो भयो ।” जवाफमा उनीहरूले क्यै भनेनन् । वास्तवमा छोराले के भनेको त्यो उनीहरूले राम्रै भेउ नपाएर चुप लागेका थिए । प्रवीणले सुटकेश कारको डिक्कीमा राख्यो । अरू झोलाहरू पछाडिको सिटमा राख्यो अनि  बुबालाई भन्यो –“तपाईं अगाडि बस्नोस् !” धर्मराज अगाडि बसे । प्रवीणले सिटबेल्ट बाँधिदियो ।

“मलाई चैं त्यो के जातीले बाँध्न पर्दैन ?” सुभद्राले छोरालाई सोधिन् ।

“पर्दैन आमा ! अगाडि मात्रै हो !” प्रवीणले भन्यो ।

त्यसपछि प्रवीणले कार गुडायो र लोर्टन भर्जिनियाको गन्तव्यतिर लाग्यो । पहिलोपल्ट लामो उडानबाट आएका बूढाबूढी थकित थिए । घरमा पुग्ने बित्तिकै प्रवीणले  सोध्यो –“बा ! आमा ! क्यै खानुहुन्छ कि ?”

धर्मराजले भने – “भैगो बाबु, भोक छैन !” “पिलेनमा के के जाती ख्वाइरहँदो रहेछ,

प्रवीणले बा आमालाई भनेर खाली गरेर राखेको कोठामा लग्यो । खाट, मिलाएको तन्ना, मेच यौटा, टेबुल ! भुइँमा गलैंचा । भित्तामा बडेमानको पेण्टिङ !

“रेष्टरुम यहाँ छ ।” छोराले कोठासँगैको ढोका देखाउँदै भन्यो– “नुहाइ धुवाइ त एकै छिनमा पुनः छोरो कोठामा आएर एक बोतल पानी टेबुलमा राख्यो । आमा ओछ्यानमा पल्टिसकेकी थिइन् ।

धर्मराजले सोधे– “बुहारी नाति खै त !”

“बुहारी काममा गा’की छ । अब ३ घण्टामा आउँछे । नाति चैं छिमेकमा गा’छ ।” प्रवीणले
त्यसपछि प्रवीण कोठाबाट बाहिरियो । बिहान ढोका ढकढक गरेपछि दुवैको निद्रा खुल्यो । धर्मराजले ढोका खोले । ‘मेरो नाति’ भनेर धर्मराजले नातिलाई अँगालो हाले । नाति बूढाको छातीमा लपक्क टाँसियो यत्तिकैमा बुहारी भावना देखा परी । भावनाले ढोग गरी सासू ससुरालाई ।

“ल हजुर बुबालाई दुःख नदे ! उहाँहरू तयार भएर आउनुहुन्छ अनि सँगै ब्रेक फास्ट खाने

“म हजुरबा, हजुरआमासँगै आउँछु” नाति विपुलले भन्यो ।

“हैन हैन दुःख नदे !” भन्दै भावना गई । धर्मराज र सुभद्रा दुवैले नुवाइ धुवाइ सके ।

यतिञ्जेल नाति उनीहरूको कोठाबाट बाहिरिसकेको थियो । तल बैठक कोठामा भावना टि.भी. हेर्दै थिई । नाती विपुल चाहिं यौटा अरमट्ठिएको कालो ठिटोको ढाडमा चढेर ‘हट् घोडा हट् ’ भनिरहेको थियो ।

‘यो को हो ?’ धर्मराजलाई सोध्न मन लाग्यो ।

‘यो को हो ?’ सुभद्रालाई सोध्न मन लाग्यो ।

‘ल अब ब्रेकफास्ट खाने !’ भावनाले भनी ।

सबैजना त्यसपछि डाइनिङ टेबुल वरिपरि बसे । पाउरोटी, जाम, बटर, सिरियल, दूध, चिया, कफी विस्तारै सबैले चिया कफीसँगै पाउरोटी लगायतका इच्छा लागेका खानेकुरा खान थाले ।

“अनि छोरो ?..” सुभद्राले सोधिन् ।

“ल उहाँको त अफिसियल जब छ नि ! बिहान आठै बजे पुग्नुपर्छ । पाँच बजे छुटेर
आउनुहुन्छ । हप्तामा ३ दिन पार्ट टाइम पनि जानुहुन्छ । त्यत्तिबेला चैं राति १२ बज्छ ।”

“म चाहिं दिउँसो ३ बजेदेखि ११ बजे रातिसम्म काम गर्छु ।” भावना भनी – “यो मोरो घोडा छ, मलाई चाहिं यसैले ल्याउने पु¥याउने गर्छ । किनमेल गर्न पनि सघाउँछ ।”

ब्रेक फास्टपछि उनीहरू सबै बैठक कोठाको सोफामा बसे । त्यहाँ कुनै च्यानलमा अंग्रेजी
फिलिम लागिरहेको थियो । विपुलले रिमोट समातेर तुरुन्तै कार्टून लगायो र एक्लै रमाउन

“छोराको ‘विण्टर ब्रेक’ छ, साह्रै हैरान गर्छ । स्कूल गयो भने त झण्झट थिएन । अब
हजुरहरू हुनुहुन्छ, अलि ढुक्क भयो ।” बुहारीले भनी । यत्तिकैमा भावनाको सेलफोनको घण्टी बज्यो र उठाई, “ए तिमीहरू तयार भइसक्या ? हेर न हिजो किन्न भ्याइन, अब छिट्टै निस्केर जान्छु गिफ्ट किन्न अनि एक घण्टाभित्र आइपुग्छु है ! फोन टेबुलमा राखेर भावनाले भनी– “आज यौटा साथीको बर्थ डे लञ्चको प्रोग्राम थियो, बाहिर जानु छ । हजुरहरू बस्दै गर्नोस् नातिसँग, यो घोडाले मलाई पु¥याएर आउँछ अनि खाना

धर्मराज र सुभद्राले केवल मुण्टो हल्लाए । एकै छिनमा बुहारी घोडासँग निस्किई ।
घर अगाडि पार्किङ गरेको गाडीमा पुगेकी भावनालाई विपुलले ‘बाई मम्मी’ त भन्यो तर
धर्मराज र सुभद्राको मन त्यो हुइँकिएको कारको हावाको झोंक्काले भित्रैसम्म चिसो भयो ।
छोरा बुहारी, बूढा र बूढी र नाती पाँचैजना डाइनिङ टेबुलमा वरिपरि बसेका थिए । पहिलोपल्ट यो साथ जुरेको थियो । धर्मराज र सुभद्रा अमेरिका पुगेको झण्डै एक महिनापछि यो मौका धर्मराजले आज छोरासँग रेड वाइन पिए । छोराले मुटु बलियो पार्छ भनेपछि धर्मराजले हौँसिएर ‘लौ त’ भनेर गिलास उठाए । बूढीले निकै कर पछि गुलियो हुन्छ भनेर बुहारीले साह्रै गरेपछि आधा गिलास ह्वाइट वाइन् पिइन् । विपुलले चाहिं अंगुरको जुस पियो । खाँदा खाँदै धर्मराजले भने –‘अब नेपाल फर्कने विचार छैन, हैन त !”

“जान त मन छ नि तर के गर्ने ? यो घर, गाडी, सुविधा – यी सबले बाँधेको छ । यो छोराको पढाइ, यसले बाँधेको छ । सबथोक फुकाउँछु भन्दा भन्दै दिन बित्छ, उमेर बित्छ । सबैको यस्तै छ यहाँ !” प्रवीणले भन्यो ।

“अनि हामी बूढाबूढी चैं नेपाल कुरेर बस्ने ?” सुभद्राले भनिन् ।

“हैन, त्यसो होइन । अब हामी १÷२ वर्षमै अमेरिकाको नागरिक बन्छौं तपार्इंहरूलाई
सिधै ग्रिनकार्ड प्राप्त हुन्छ । त्यसपछि ६ महिना नेपाल बस्नुस्, ६ महिना अमेरिका । यता नियास्रो लागे उता, उता नियास्रो लागे यता । झन् रमाइलो !” भावनाले भनी ।

“हुन त हो, भन्न कति सजिलो छ हगि ?” धर्मराजले भने ।

“हैन त्यो मोरो घोडा अझै आएन । सँगै खान्थ्यो नि मोराले !” भावनाले भनी ।

यसको प्रत्युत्तरमा क्वै बोलेनन् ।

“भोक लाग्यो कि आमा !” प्रवीणले सोध्यो ।

“छैन ! यति विधि खाइयो ! खानै खान नपर्ने जस्तो !” सुभद्राले भनिन् ।

“खाउँ न अलिकति खाना । तयार गर ।” प्रवीणले भावनालाई भन्यो । भावनाले कता कता वेमनले खानाका परिकारहरू टेबुलमा सजाउन थाली । खानापछि उनीहरू केहीबेर बैठकमै गफमा लागे ।

प्रवीणले भन्यो –“अब भोलि हामी लूरे पहाड जाने । तपाईंहरूलाई नेपालको बाइरोडको

बाटोको झझल्को आउँछ । भोलि मेरो पूरै खाली छ । कतै कुनै काम छैन ।”

“म त भोलि बेबी सावरमा जानु छ । ३ जना जाने सल्लाह छ ।” भावनाले भनी ।

“अलि ढिलो गए हुन्छ भने सबै जना जाँदा राम्रो ...” यत्ति भन्यो प्रवीणले ।

आखिर भावना नजाने भई र धर्मराज, सुभद्रा, प्रवीण र विपुल लूरेतिर लागे ।

अग्लो पहाडको टाकुराबाट घरि यता घरि उता गुडिरहँदा जताततै दृश्यहरू रमाइलो देखिन्थ्यो । कति ठाउँमा गाडी रोकेर सुस्ताउने, दृश्यावलोकन गर्ने ठाउँहरू थिए त्यहाँ । त्यस्ता ठाउँमा रोक्दै, फोटो खिच्दै, गाडीमा राखेको कुलबक्सबाट चिसो पेय–कोक, फेण्टा, पानी, जुस पिउँदै घण्टौं उनीहरू स्काइ लाइन ड्राइभमा रमाइरहे ।

सुभद्राले प्वाक्क भनिन्–“बुहारी पनि भइदिएकी भए कति रमाइलो हुन्थ्यो ।”

एकछिन पछि विपुलले ओठ खोल्यो –“ममी त घोडा अंकलसँग जानु भो’ होला ।”

शान्त पोखरीमा ढुङ्गा हानेजस्तो भयो विपुलको यो वाक्य ! कोही कसैले प्रतिक्रियामा क्यै
बोलेनन् । तर त्यसको तरङ्ग भने सबैको मनमा पोखरीमा झैं फैलिंदै फैलिँदै गयो ।

‘स्काइ लाइन ड्राइभ’ त निकै लामो थियो । साँझ पर्ला जस्तो भएपछि प्रवीणले

भन्यो–अब फर्कौं होला । यो त अनन्तै छ, लामो ।”

“हुन्छ फर्कौं ।“ धर्मराजले भने ।

उनीहरूको यात्रा अब ओरालो लाग्यो । उनीहरू घर पुगेको २ घण्टा जति पछि घोडा आइपुग्यो । यसो एकैछिन सँगै बस्यो । प्रवीणले भन्यो–“यो केटो पञ्जावी हो । बाबु आमाले सानैमा छाडेछन् र यो कहिले कहाँ, कहिले कहाँ बस्दो रहेछ । एकदिन यौटा स्टोरमा फेला प¥यो । यसलाई यौटा कोठा चाहिएको रहेछ । हामीलाई पनि त्यतिबेला ३ बेड रुमको कोठा बढ्तै भइरहेको थियो । २÷४ पैसा जोगाउन यसलाई राख्यौं । अब त यो घरकै सदस्य झैं भइसक्यो । यो पनि हामीलाई छाड्न चाहन्न । हामीलाई पनि यो भएर सजिलै भएको छ ।”

“कफी चिया के बनाउँ ?” घोडाले भन्यो ।

“कफी बनाऊ न सबैलाई ।” प्रवीणले भन्यो ।

कफी बनाउँदा बनाउँदै उसको सेल फोनको घण्टी बज्यो ।

“हजुर म आइहालें !” उसले यति भनेर फोन राख्यो र हतार हतार धर्मराज, सुभद्रा र
प्रवीणलाई कफी कपमा राखेर दियो अनि भन्यो–“म्याडमलाई लिएर आउँछु ।”

‘म पनि जान्छु !’ विपुलले भन्यो ।

“ल हिँड !” उसले भन्यो र घोडा र विपुल भावनालाई लिन हिँडे ।

“किन किन यो घोडा मलाई मनै परेन । के तिमीहरूलाई यसको घर भाडा नभए घरै नचल्ने हो “त्यसो होइन आमा ! यसले सजिलै भा’ छ । छोरालाई स्कुलबाट ल्याइदिन्छ । बुहारीलाई काममा जाँदा आउँदा परेको बेलामा ल्याउने लैजाने गर्दछ । महिनाको पाँचसय डलर पनि दिन्छ । भाँडा माझ्न लुगा धुन सहयोग गर्छ । फेरि विपुललाई साथी पनि भएको छ ।”

“तै पनि ...” आमाले अलिकति मुख बिगारेर भनिन् । स–परिवारै गएको हप्ता यौटा पार्टीमा गएका थिए । कसैले खासखुस भनेको थियो– “प्रवीण त नामर्दै हो ! स्वास्नीले घरमा घोडा पालेकी छ । कस्तो यो सुनेर धर्मराजलाई भाउन्न होला झैं भएको थियो । सुभद्रा पनि त्यसै त्यसै त्यसैले सुभद्राले घोडा मन नपरेको कुरा छोरालाई सुनाएकी थिइन् । तर छोराले यसलाई हल्कासँग र सहज रुपले लिएपछि भन्ने सुन्ने कुनै कुरा बाँकी रहेन । बुहारी भावना बाह्र बजेसम्म ओछ्यानमै, त्यसपछि छिटो छिटो नुहाइ धुवाइ अनि खानापछि घोडालाई लिएर काममा । घोडाचाहिं बिहानै काममा निस्केपछि विपुललाई लिएर दिउँसो आइपुग्थ्यो र भावनालाई लैजाने र खाना खाने समय ठिक्क पारेर आइपुग्थ्यो । धर्मराज र सुभद्रा त्यसपछि झण्डै मध्यरातसम्म कहिले टि.भी. हेर्दै त कहिले यसो निस्केर बाहिर परसम्म पुग्थे । नजिकको पार्कमा पुगेर अमेरिकाको स्वच्छ सफा नीलो आकाश हेर्दै घरको विरक्तलाग्दो वातावरणप्रति विचार विमर्श गर्थे । धर्मराजले भने– “बूढी, जाउँ नेपाल ! मलाई त यहाँ पटक्कै बस्न मन लागेन ।”

“बस्न त मलाई पनि मन छैन तर आइहालियो, अरु २÷३ महिना बसौं न ! ६ महिनाको भिसामा ३ महिना त बित्यो नि ! अब फेरि कहिले आइने हो !” सुभद्राले भनिन् ।

“भिसा सिसा गोली मार बुढी ! यहाँ न हाम्रा कोही आफन्त छन्, न कतै जाने ठाउँ छ । न
साथीभाइ छन्, न छोरा बुहारीलाई फुर्सद छ, म त छोरालाई भन्छु छिट्टै टिकट मिला भनेर

“लौ बूढा जे भन्छौं त्यही मान्छु जिन्दगीभर मानेरै आएँ !” सुभद्राले भनिन् । यसैगरी विरसिला निरसिला दिनहरू बित्न थाले ।

“साँच्चै फर्कने र बुबा ! अब एक महिनापछि दुई हप्ताको छुट्टी लिएर न्यूयोर्क, बोस्टन,
नायग्रा फल्स जाने प्लान बनाउँदै थिएँ ।” प्रवीणले बाबुको नेपाल फर्कने कुरा

“यो अमेरिका जता गए पनि उस्तै हो बाबु ! मान्छे उस्तै हुन् । घरहरू कहीं अग्ला कहीं होचा होलान् । मेरो मन पटक्कै रमेन । तेरी आमाको मन पनि रमेन । हामीलाई सक्दो छिटो फर्कने टिकट मिलाइ देऊ ।” धर्मराजले भने । प्रवीणले जवाफमा क्यै भनेन र भूइँतिर नजर पु¥यायो । केही दौडधूप र परिश्रमपछि टिकट छिटो उड्ने गरी मिल्यो । फिर्ती टिकट ६ महिनापछिको मितिमा थियो केही रकम थपेपछि तीन महिना अघि सारियो ।

“अब त हामी आज राति जाने हो ।” धर्मराजले नाति विपुललाई भने ।

“किन जाने हजुरबा ! यहाँ बस्नुस् न ! मलाई कस्तो रमाइलो हुन्छ । यो घोडासँग मात्रै

सधंै रमाइलो हुन्न !” विपूलले भन्यो ।

“फेरि आउँला नि नाति !” धर्मराजले भने ।

“खै, कहिले कहिले !” सुभद्राले जवाफ दिइन् यसपालि ।

राती प्रवीण एयरपोर्ट पु¥याउन आएको थियो ।

छुट्टिने बेलामा बुबा मुमालाई ढोग्दै भन्यो –“अलि बस्नु भएको हुन्थ्यो, मान्नुभएन

“ल, देखभेट भइहाल्यो । ३ महिना बसिहालियो ...” बूढाले यत्ति भने ।

प्रवीणलाई कता कता निसासिएको झैं अनुभव भयो ।केही बेरमा छोरा फर्कियो र उनीहरू सुरक्षा जाँचतिर लागे । प्लेनमा बसिसकेपछि धर्मराजले भने – “हैन बुढी, अमेरिकामा तैंले बिर्सि नसक्नु के देखिस् घोडा ! मैले बिर्सि नसक्नु घोडा देखें .... बुझ्यौ बूढा एकदिन त नाति होइन बुहारी नै हट घोडा हट भन्दै घोडाको बुईमा देखें ... सुभद्राले भनिन् ।

यो भनाइ पछि एक्कासि बूढी उदास भइन् । धर्मराजको आँखाको आकाशमा पनि उदासीकै बादल मडारियो । प्लेन यतिन्जेल धमिलो बादललाई चिर्दै अगाडि उड्दै थियो – आकाशमा आफ्नो गन्तव्यतिर ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस