मुख्य पृष्ठ » कथा » फकीर हिँडेको बाटो

फकीर हिँडेको बाटो

रमेश सायन
नाम : रमेश सायन
  रमेश सायनका रचनाहरू

‘जिन्दगीसँग कुनै गुनासो छैन ।’ यतिका वर्षसम्म जिन्दगीले मेरो बिरुद्ध कुनै उजुर गरेन । ‘सलाम जिन्दगी ! बिना उजुर, मसँग मिलेर, मैले जे गरे पनि सहे र, बाँचेकोमा ।’ सधैको साँझ रक्सी पिउनु अघि मुसाखानले जिन्दगी प्रति बिषेश आभार ब्यक्त गर्छ । रक्सी पिउँदा पिउँदै उसको साससँग ठोकिएको बतास लरखराउँदै अगाडि बढ्छ । मानौं उसको साससँग ठोकिदा बतास पनि एक पल्ट बेसमारी मात्छ । हरेक साँझ बेसुर भाकामा रक्सी पिउँछ । — मुसाखान ।

‘सायन मेरो जीन्दगी ठिक बालुवाको घर जस्तो छ । हैन, हैन ठेगाना विहीन बतासको गतिमा उडिरहेको बगरको कास फूल जस्तो ।’ ऊ एकोहोरो आफ्नो जिन्दगी परिभाषित गर्न खोज्छ । कतै अटाउँदै परिभाषामा जिन्दगी ।  एक ‘लार्ज पेग’ लोकल रक्सी निले पछि फेरी भन्यो ‘मिल्ने भए मेरो गिदी मोजामा हालेर भकुन्डो खेल्ने थिए ।’ आफ्नै गिदीको भकुन्डो खेल्ने π बेबकुफ मुसाखान ।

म पनि एक सुरको मान्छे, जागिर छाडेर मुसाखानको पछि लागेर हिंडेको हप्तौँ भयो । यो मुसा जिन्दगीको फकिर हो । यसको जात, थर, धर्म कसैलाई भन्दैन । झोलामा बेद, कुरान लगायत अरु धेरै किताब छन् । प्रस्ट नेपाली बोल्छ । बिहान मन्दिर जान्छ र मध्यान्न मस्जिद पुग्छ । हिजो, उ र म सँगै लुम्बिनी घुमेका थियौँ । विश्वशान्ति स्तुपाको अगाडि तीन घण्टा ध्यान ग¥यो । फर्कदा भैरवामा बेस्मारी रक्सी पियो । अस्ति काठमाडौंमै हुँदा घण्टाघरको जामे मस्जिद छेउबाट उसले हिन्दीमा उल्था गरिएको कुरान किन्यो । किन्दा किन्दै कुरान माथि अर्को किताब राख्यो । पसलेले गालि गर्दै कुरान पढ्ने तरिका बतायो ‘यो किताब माथी अरु किताब नराख्नु । बिहान उठेर नुहाए पछि मात्र पढ्नु । भुईंमा राखेर नपढ्नु ।’ जाने बेलामा सोध्यो के तिमी इस्लाम हैनौँ ?

‘हैन ।’ ठाडो उत्तर दियो ।

पसलेले केही नभनि पैसा लियो र मुसाको अनुहारमा पुलुक्क हेर्यो । मुसाले पनि पसलेको आँखासँग सिधा आँखा जुधाएर उर्दूमै कुरानको एक सुर “अल्–फातिहा” फट्फटायो ।

“अल्हमदुलिल्लाहि रब्बिल आलमीन ,अर्रहमानिर्रहीम

मालिकि यौमिद्यिन,इप्याकनअ्बुदु व इप्याकनस्तईन

इह्दिनस्सिरातलमुस्तकीम”

लगतै सामवेदको एक ऋचा पनि

“इच्छन्दि देवःसुन्वन्तं न स्वप्नाय स्पृहयन्ति । यन्ति प्रमादमतन्द्राः ।”

र, त्याहाँबाट टाप कस्यो । धेरै वर्ष पहिले मुसाखान एक दिन ज्योतिषीकहाँ गएको रहेछ । ज्योतिषीले तेरो राज योग परेको छ । देशको ठूलो मन्छे हुन्छस् भनेछ । मुसाले एक सय दान ग¥यो र धेरै दिनसम्म आफू राजा भएको सपना देख्यो । उसको आङमा फुर्ति, उसबेला बतासको बेगमा पसेको थियो । अहिले मुसाले त्यो ज्योतिषलाई भेटे दुइ लात्ति हानेर एक सयको बदला पाँच सय मागौँला झै गरेको छ ।

‘म राजा हैन एक भूगोल बिहिन फकिर हुँ ।’ ऊ सानसँग भन्छ । फकिरले उहिल्यै बिसायो ज्योतिषले हेरेको चिनासंगै आफ्नो जात, धर्म, नाम, ठेगाना । र, बन्यो ऊ मुसाखान फकिर । धेरै वर्ष भयो आफ्नो जिन्दगीलाइ पछाडि फर्केर नहेरेको ।‘जिन्दगीको पछाडि फर्केर के काम ? मृत्यु पछाडि हैन अगाडि हुन्छ । हामी सबै मृत्युको म्याराथुन धाबक हौँ । दौड जित्न पछाडि हैन अगाडि दौडनु पर्छ ।’ गफै गफमा दौडियो मुसाखान । अचेल हरेक दिन निदाउनु अघि जिन्दगीको डाटा डिलिट गरिदिन्छ ।
भोलि पल्ट, आजको मात्र जिन्दगी बाँच्छ । आफु कसरी फकिर भयो ? स्वयम विर्सिन्छ —ऊ —आफ्नो जिन्दगीको रमकहानी ।

‘तिम्रा बाबु, आमा छैनन् ?’

‘होलान ।’

‘होलान ?’

‘म घर नगएको धेरै भयो । पहिले थिए । अहिले थाहा छैन ।’

‘कति भो घर नगएको ?’

‘छ वर्ष । हैन हैन सायद सात पनि भएको हुनु पर्छ । हिसाब छैन ।’

यो फकिरको अनुहारको भाव फेरबदल हुँदैन । चाहे त्यो अमिलो या पिरो किन नखाहोस् । जिन्दगीमा कुनै कुराले प्रभाव नै पार्दैन । आमा–बाबुको कुरा या अन्जान व्यक्तिको । केहीले छुन सक्दैन । हावा चलोस कि घाम लागोस, उसलाई मतलब छैन । जे भएपनि प्रकृतिको नियम हो । ऊ हिंड्छ प्रकृतीको गतिमा । ऊ, आम जीवनको प्रक्रियामा असामान्य बाँचेको छ । यस्तो जिन्दगी कसैले बाँच्न सक्दैन । मुसा समाजको असामाजिक प्राणी हो । यो फकिर जंगल, ओडार या पुलमुनी, घर वा होटलमा जहाँ पनि बास बस्छ । खान कहिले मागेर कहिले काम गरेर खान्छ । कहिले हिमाल पुग्छ । कहिले तराइ आसपास घुम्छ । मैले भेट्नु अघि ऊ केरला भारत डुलेर आएको रहेछ । उसलाई बाच्नु छैन । मर्नु छ । तर, हतारमा हैन । सबै देखेर, भोगेर । आयु पुर्याएर मर्नु छ । आजको साँझ फकिरले के गर्ने हो । हिजो अस्ति जस्तै रक्सी पिउँछ या लियो टोल्स्टोयको वार एण्ड पिस पढ्छ । देवकोटाको शाकुन्तला पढ्छ वा माधब घिमिरेको गौरी पढेर रुन्छ या हाँस्छ । माओको बायोग्राफि पढ्छ । कार्लमाक्र्सको पूँजी पढेर भोक्कै निदाउँछ । ऊ जे पनि गर्न सक्छ । उसको पछि लागेर हिंडनुको मज्जा यहि हो ।

‘म खर्च गर्छु, आज बुटवल तिरै होटलमा बसौँ ।’ ऊ हुदैन भन्दैन ।

हामी यतिखेर भैरवाबाट हिंडदै बुटवल आइपुगेका छौ । घाम तिनाउ तरि सकेको छ । फकिर तिनाउ किनारमा बसेर मस्त गाँजा पिइरहेको छ । यो झिझो फकिरसँग दिन बिताउन मलाई रहर भन्दा लोभ हो । ऊ कसरी फिरन्ते भयो । कसरी मुसाखान बन्यो । थाहा पाउने रहर छ । ऊ बाँच्ने शैलीको प्रभाब मेरो मगजले उचालि रहेको छ । तर ऊ हत्तपत्त आफ्नो जिन्दगी वाचन गर्ला जस्तो छैन । आफुले तान्दै गरेको चुरोटको ठुटो लम्काउँदै भन्यो ‘सायन गाँजा तान्छौ ?’‘तान्दिन । मेरो फेक्सोमा असर छ धुँवाको । सहदैन छातिले ।’ ऊ बिना भाव हाँस्यो मात्र । हिउँदको तिनाउ बग्न मात्र बगेको छ । पारी मैना बगरमा अटो ग्यारेजको घाइघँुइ आवाज कानमा आएर
उतै फर्किरहेका छन् । रिक्सा, गाडि र पैदल यात्रीको भिडमा तिनाउ पूर्ववत परिचित छ । तर यो फिरन्ते मुसाखानको अनुहारसँग तिनाउको बलुवा झस्केर, उसको एकसुरा अनुहारको भाव हेरिरहेको छ । तिनाउँ मलाई कानमा खुसुक्क भन्छ ‘यो फकिरको पछि नलाग सायन तेरो जिन्दगी मैले बगाउने भेल जस्तौ नबना । तँ घर जाँ । यसको कथा मेरो किनारमा छाडि राख । सके म सुनौँला यसको कथा नसके मै बगाई लैजाउँला ।’‘ए तिनउ ! यो फकिरलाई बुझ्न सबैकाम छाडेर दौडिएको छु । मेरो आधा गिदी यसको टाउको देखेर हल्लि सकेको छ । यसको कथा सुनेर, की जीवन जिउँनसिक्छु कि कला सहितको मृत्यु मर्न ।’मुसाले तिनाउ र मेरो बात सुने छ क्यार ! मतिर पुलुक्क हेर्यो । उसको आँखामा गाँजाको असर देखिन थालिसकेको छ । एउट लामो सर्का गाँजाको धुँवा तिनाउ तरेर मैनाबगर तिर लाग्यो ।

‘सायन आज कुनै बेश्यासँग जाने ?’ म हाँसे मात्र । यो मान्छे कति बेप्रशंग छ । ‘बिना मुड कस्तो योजना ?’ ‘योजनाले जिन्दगी चल्दैन ब्यापार चल्छ । जिन्दगी ब्यापार हैन ?’ ‘जाउँला तर तिम्रो बारे मलाइ भन ।’ शर्त राखें । मलाई थाहा छ ऊ मेरो शर्तसँग गल्दैन । ‘म कथा बेगरको पात्र हूँ । रहरले यसै गरि घुम्छु । जसरी तिमीले आज भोलि देखि रहेकाछौ । तिमीले देखेको मान्छे भन्दा अर्का मान्छे मसँग छैन । म तिनाउँको यीनै बालुवा हुँ । दुनियाले देख्ने गरि बिस्कुन भएको छु । म आँगन हूँ । म भित्र मजेरी छैन ।’–उ बोल्यो । स्पष्टिकरण दिएको शैलीमा ।

‘बालुवा भित्र पनि त केहि छ ।’ ‘के हुन्छ बालुबा भित्र ? त्यो देखिने बालुबा मात्र हुँ । त्योभित्र पनि यदि केहि छ भने त्यो हैन म ।’

‘तिमीले प्रेम गरेनौ ?’

‘प्रेम गरें स्कुल पढ्दा । कलेज पढ्दा । म घर छाडेर हिंड्नु अघिसम्म प्रेम गर्थे ।’

‘तिमीले असफल प्रेम भोगेका छौ ?’

‘छैन एकदम सफल प्रेम । पे्रम असफल हुँदैन । प्रेम आफैमा सफल हो ।’

‘अहिले पनि प्रेम गर्छौ ?’

‘अहिले म इश्वरीय प्रेम गर्छु । अर्थात म आफूलाइ मात्र पे्रम गर्छु ।’

‘तिमी ईश्वार मान्छौ ?’

‘मान्छु । म भित्रको इश्वार मान्छु । मेरो इश्वर मै हूँ । मेरो अर्काे इश्वर छैन ।’

‘तिमी आस्तिक ?’

‘हैन म नास्तिक हूँ । म धर्म मान्दिन ईश्वर मान्छु । धर्मले जिन्दगीमा धेरै कुरा बर्जित गर्छ । इश्वरले जिन्दगीमा धेरै कुरा फुक्का गर्छ । धर्म बन्दन हो । इश्वर स्तन्त्रता हो । इश्वर बतासमा उड्छ । धर्म जमिनमा हिंड्छ । इश्वर नदिमा बग्छ, धर्म पोखरीमा जम्छ । इश्वार आफै भित्र हुन्छ, धर्म आस्थामा हुन्छ । इश्वर चेतना हो । इश्वर इन्द्रिय हो । धर्म खिया लागेको मगजको उपज हो ।’ यो फकिरले मेरो मगज डामि दियो । म टोलाउन थाले ।

‘धर्म र इश्वार’– म यो फकिरको कुरा आधा बुज्छु आधा बुज्दिन । यो आम मान्छे भन्दा खुसी छ । बिहान देखि बेलुका सम्म एकै भाबको अनुहारमा डुलि हिंड्छ । ‘ए ! मुसा इश्वर मान्ने मान्छे तिमी जस्तै सपना बेगरका हुने भए दुनिया उकालो हैन ओरालो बग्ने थियो । मान्छेको गति त दिनानु दिन उकालो बगिरहेको छ ।’

‘सायन तँ घरि घरि सत्य बोल्छस् ।’

अव ऊ मलाइ तँ भन्न थालि सकेको छ ।

‘सायन, धर्म भनेको बिभाजनको खण्डहर श्रृंखला हो । धर्मले

समाजलाई खण्डहर बनाउँछ र आ–आफ्नो समूहमा बिभाजन गराउँछ ।’ब्रमाण्डमा यसता धेरै समूहहरु छन् जसले अनेक धर्मको नेतृत्व गर्छ । आफ्नो समाजको मात्र हित चाहन्छ । बिकास र आदिपत्य चाहन्छ । जव मान्छे धर्ममा आस्तिक हुन्छ तव द्धन्द्धको शुरुवात हुन्छ । द्धन्द्धले एक अर्कामा शक्ति ट्रान्सफरको काम गर्छ । भौतिक बिकासको श्रृंखला द्रुत गतिमा अगाडि बड्छ । हजोरौँ वर्ष अघि देखि धर्मले द्धन्द्धको सुरुवात ग¥यो र द्धन्द्धले शक्ति ट्रान्सफरको काम ग¥यो । आज समाज यो गतिमा दौडि रहेको छ । तर, इश्वर धर्म भन्दा माथि छ । आफ्नो इश्वर पत्ता लगाउने प्राणी ब्रमाण्डमा धेरै कम छन् । म जस्तै दुनियाले आपूm भित्र इश्वर महसुस गर्ने भए उहिल्यै यो पृथ्वीको गति उल्टो घुम्ने थियो । ऊ इश्वर मान्छ । धर्म मान्दैन तर द्धन्द्धबाट बिकसित शक्ति ट्रान्सफरको उपज भौतिक विकासलाई स्वीकार्छ द्धन्द्ध जस्तो लाग्छ । इश्वरीय द्धन्द्ध । यो कस्तो मान्छे । यो फकिर आफैमा द्धन्द्ध हो कि इश्वरको बाघचाल π म उसको कुरा सुन्न मात्र सक्छु । बोल्न सक्दिन । उसले फेरि चुरोटमा गाँजा भ¥यो र पुलको आडैमा उभिएर लामो लामो सर्का तान्न थाल्यो । उ आफैमा यस पल्ट धुँव बतासको बाटो भएर मेरो मगज माथि माथि उडिरहेको छ । उसले फेरि पनि एक्कासी बेश्यासँग रात बिताउने प्रस्ताब सम्झायो । यस पल्ट मैले डाठै अस्वीकार गरें । ‘तिमी जाउँ म जान्न ।’ रिसाएको भावमा भनें । मेरो अस्वीकृतीको असर उसको अनुहारमा कतै देखिएन । उ रिक्सा चड्यो र गयो । उसको कथा पनि उहीसँग पछि लाग्यो । अब बाँकी मसँग उसको कथा समात्न नसकेको तिनाउँ किनारा र उसैको असरले हल्लिरहेको मेरो मगज मात्र छ ।

                                                           ***

पाठकको प्रतिक्रिया
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस