माया

bool(false)

पुक्क परेका गाला, चिम्सा आँखा, थेप्चो नाक तर फराकिलो निधारकी माया आफ्नो घाँघरको फेर निहुरिएर नियाल्दै भन्छे । यस्तै तीन वर्षकी होलीन् म अनुमान लाउँछु ।  भर्खरै मैले ल्याईदिएकी घाँघरमा माया पुतली जस्तै देखिएकी छे । खितिति हाँस्दै एकहुल केटाकेटी आउँछन् र जान्छन् उसरी नै हाँस्दै, मायालाई म उनिहरु गएको हेर्छु एकपटक अनि फरक्क फर्कन्छु । अगाडी एउटा घर छ । घर के जस्ताको टहरा मात्रै छ । त्यसको ठिक मास्तिर साईनबोर्ड झुण्डिएको छ । लेखिएको छ, ‘पर्वत बाल आश्रम’ र त्यसको ठिक मुनि म देख्छु सविना म्याडम ।

खरानी रङ्गको साडी र कालो ब्लाउज लगाएकी एकदम हँसिली सविना म्याडम  
मलाई आफूतिर आउन ईशारा गर्छिन् । म सरासर उनि भएतिर पुग्छु । सबनम दुईवटा मेच लिएर आईपुग्छे । उ मेच राख्छे र मुसुक्क मुस्कुराएर कुद्छे ।
—यो सबनम । पन्ध्र वर्षकी भई । नौ कक्षामा पढ्दै छे । मेरो दाँया हात भनेपनि हुन्छ अहिले त । एउटी दिदी छिन् खाना बनाउने ।  कपडा धुन चाँहि बाहिरबाट आउँछन्  दुईजना हप्तामा दुईपटक ।

सबनम चिया लिएर आईपुग्छे ।  हामी चियाको कप उचाल्छौं । सबनम पुनः हल्का साँवला रङ्गकी सबनमको थर चाँहि चौधरी हो । आमा टि।बि। लागेर मरेपछि बाउले अर्को बिहे गरेछन् । त्यतिखेर जम्मा ७ वर्षकी थिई सबनम । कान्छीआमाको अचाक्ली र बाउको कुटाई खपिनसक्नुभएपछि कताकताबाट ‘पर्वत बाल आश्रम’ अहिले उ घर सम्झिन पनि चाहन्न । घरपरिवारको कुरा कसैले झिके भने एकदम निली हुन्छे मानौं उ अझै सन्त्रासमा छे । त्यसैले अचेल सबनमसंग घरको कुरा गर्दैनन् । त्यसैले उ खुसी छे ।  अहिले उ सविना म्याडम र आश्रमका अरु केटाकेटीसंग खुब झ्याम्मिएकी छे । मुस्कुराउन सक्ने भएकी छे ।

सबनम जस्ता केटीहरु हाम्रो देशमा कति होलान् रु उफ् १ बेहिसाब छन् । म एकदम —अँ त  मायाको कुरा के हो रु तपाँईको पोजेटिभ मेल पाएर नै म यहाँ आएकी —ए माया १ माया थापा मगर । यहाँ ल्याईएकी जम्मा जम्मी ४ महिना भयो । खासमा माया यहाँ आउँदा एकदमै विक्षिप्त जस्तै अवस्थामा थिईन् । कसैसंग नबोल्ने । डराउने पनि । अहिले निकै कम भएको छ । गएको आषाढमा पहिरोले बाबु, आमा
संगै दिदीलाई पनि थिचेपछि उनि नितान्त एक्लीएकी हुन् । उनि चै छिमेकमा खेल्न गएकीले जोगिएकी रहेछिन् । आज पनि परिवारको त्यो विभत्स मृत्युबारे उनलाई केहि थाहा छैन । कसैले उनलाई भनिदिएको रहेछ आमा कतै जानुभएको छ भनेर । उसले पत्याएको छ र आमा आउँछिन् भन्ने आशामा छिन् । बरा १ आमाको नियास्रो अझै देख्छु मायाको आँखामा । अरु त लगभग लगभग धुमिल भैसके उनको स्मृतिबाट । तर आमा त निद्रामा पनि बर्बराईरन्छिन् । अति माया लाग्छ मायाको । तपाईले  एडप्ट गर्छु भन्ने आशय व्यक्त गर्नुभएपछि खुब सोच्यौं हामीले  र अन्ततः तपाँईबाट आमाको अभाव, प्रेम प्राप्त गरिन् भने मायाको जीवन सहज हुनेछ भन्ने विश्वास लिएर त्यो मेल गरेका थियौं ।
—हो । अब हेर्नुस न म पनि त एक्ली छु । नितान्त एक्ली । विवाह भएको दशौं वर्ष वितिसक्दा पनि हाम्रो सन्तान भएन । हामीले डक्टरको सहायता पनि लियौं । तर सम्भावना एकदम न्युन भएको बताए । वास्तवमा बच्चा नहुनुको प्रमुख कारण आफ्नो प्रजनन क्षमतमा खराबी रहेको सत्यलाई आत्मसाथ गर्न नसक्ने मेरो लोग्ने भनाउँदोको नजरमा मुख्य दोषी म थिएँ । उसले भ्रम र अंहम एकै पटक टेकेर मलाई जथाभावी भन्न थालेपछि मलाई सहृय भएन । आफ्नो कमजोरी म माथि थोपर्ने उसको बद्नियताप्रति म मा एककिसिमको रोष थियो जुन मैले डिभोर्स गरेर प्रकट गरेँ । अहिले हामी अलग छौं । स्वतन्त्र छौं । तर म अर्को विवाह गर्ने सुरमा छुईन । अहिले विस्तारै मलाई लोग्नेमान्छे देखेर रिस उठ्न थालेको छ । यसो भनौं न, घिन लागेको छ । उनिहरुको पुरुष अहंमले नारीको मन कति रेटेको छ त्यो कहिल्यै चिह्याउने प्रयास समेत गर्दैनन् । सबै त नभनम् तर अधिकांश पुरुष यस पवृत्तिबाट अछुत छैनन् । उनिहरु एककिसिमको भ्रम पालेर बसेका पाईन्छन् । उनिहरू हामी महिला पुरुष विना बाँच्न सक्दैनौ । एक न एक दिन पुरुषको अधिनमा आफूलाई समर्पित गर्छन् भन्ने सोच्छन् । म त्यो भ्रम च्यात्न चाहन्छु । भत्काउन चाहन्छु । यद्यपी म भित्र वात्सल्यता भरपूर मात्रामा छ । जुन म पोख्न चाहन्छु कुनै बालकमा ।  त्यसैले मैले मायाको बारेमा पत्रीका पढेपछि तपाईँलाई मेल गरेकी थिएँ । म मायालाई चाहिने भन्दा बढी स्नेह प्रदान यतिखेर सविना म्याडम प्रफुल्लित मुद्रामा देखिन्छिन् । उनि मेरो कथाले छोईन् वा मायाप्रतिको मेरो प्रेमको कथाले । जे होस् उनि खुब खुसी देखिन्छिन् । —म मायालाई छोरीको रुपमा आत्मसाथ गर्न उद्यत छु । यसको लागि यहाँले उनको
परिवारको कोही सदस्य भए जानकारी सहित प्रस्ताव लगिदिनु भई मेरो आशय बुझाईदिन भए म तपाईँ र यस आश्रमप्रति आभारी हुने थिएँ ।—हुन्छ । मैले तपाँईको बारेमा हल्काफुल्का त जानकारी पाएकी छु । आज भेटेर गफ गरिसकेपछि तपाँईको शालिनताबाट अझ प्रभावित भएँ । धन्यवाद, म
तपाँईलाई पुन मेल गर्नेछु । मायाको आफ्नै भन्ने त सबै पहिरोमै परिहाले । मामाघरपटिका हजुरआमा छिन् । म यसको बारेमा कुरा चलाएर खबर गर्नेछु । सविना म्याडमको सकारात्मक जवाफले म उत्साहित हुन्छु ।  

—ओके म मेरो वकिलसंग कुरा गरेर सम्पुर्ण कागजात तयार पार्नेछु । यो भ्याकेशन लगत्तै मेरो स्कुल खुल्ने हुदाँ जतिसक्दो छिटो यो काम गर्न पाए म ढुक्क हुनेथिएँ । अँ साच्चै, आश्रमका केटाकेटीका लागि केहि कपडाहरु ल्याएकी छु । मायको लागि अघि झिकेर लगाईदिएँ । अरु एकजना दिदीलाई दिएकी छु । सायद् भित्र राख्नुभएको होला । हस् त अहिले म फर्कन्छु । म विदा हुन्छु । सुलभ मोटरै मेरो प्रतिक्षा गरिरहेको रहेछ । सुलभ मेरो बाल्यकाल देखिको साथी । मेरो सुख दुःखमा हरहमेशा साथ रहने अनन्य मित्र । हामी त्याहाँबाट हुईकिन्छौं काठमाण्डौको लागि । बाटोभरि सुलभ र म मौन छौं ।  

वास्तवमा सुलभलाई मेरो आश्रम आउने कुरा मन परिरहेको छैन र पनि मेरो अनुरोधलाई नाँई भन्न नसकेर यतिखेर म संग छ । उसको गुनासो छ यसपटक म संग —तिमी बच्चा चाहन्छौ भने अर्को विहे गर । यसरी एक्लै जिवन जिउने तिम्रो यो  ढिपी मलाई पटक्कै मन परेको छैन रु के तिमी तिमीलाई पनि कसैले हदभन्दा सुलभले हल्का आक्रोश पोखेको थियो । —सुलभ, जिवन जिउने आ आफ्नै कला हुन्छ । कसैलाई के मनपर्ला कसैलाई के । मलाई १० वर्ष त्यो जिवन जिउन मन लाग्यो जिएँ , अब यसरी जिउन मन लाग्यो । मैले यो वितेको दश वर्ष स्वास्नी कम र दास बढ्ता भएर बिताएँ । अब म स्वतन्त्र भएर जीवन जिउन चाहन्छु । म आफै मालिक भएर जीवन जिउन लालायित छु । प्लिज यसमा मलाई कुनै किसिमको फोर्स नगर । फेरि विबाह भनेको प्रेमलाई यो सामाजिक स्वाकारोक्ति दिलाउने एउटा आधिकारिक प्रकृया मात्र त हो । अब मलाई कसैसंग प्रेम नै छैन भने मैले त्यो झन्झट किन व्योहोरिरहनु ? बस् अब म कुनै बच्चा एडप्ट गर्न चाहन्छु । बरु मलाई सहयोग गर । मैले हाँस्दै प्रतिवाद र अनुरोध एकैपटक गरेकी थिएँ ।
—तर आफ्नो रगतले जतिकै अपनत्व र सुरक्षा दिन्छ र अर्काकोले ? सुलभ अझै —उफ् ! तिमी पनि । के सबै छोराछोरीले आमाबाबुको जिम्मा लिएका छन् ? के तिनीहरुले उमेर पुगेका अशक्त आमाबाबुको सेवा गरेकै छन् ? शत्प्रतिशत देखेका छौ ? सब स्वार्थमा लिप्त हुदैं गएका छन् । आफ्नै सन्तानले वृद्धाआश्रम पुर्याएका छन् अभिभावकलाई । यो मान्छेको स्वाभाव र उसको परिवेशमा भर परिने कुरा हो । असल सिकाई र परिवेशले के आफ्नो के पराया त्यसमा भेद राख्दैन । म त्यो परिवेश दिन त्यतिखेर सुलभले आँखा तरेको थियो तर आज छैन । उ सिधा बाटो हेरेर मोटर हाँक्दै छ । उसलाई आज कुनै दिक्दारी छैन । आखिर उ मेरो साथी हो । हामी करिब चार घण्टाको यात्रापश्चात आईपुगेका छौं काठमाण्डौ । मलाई घर पु¥याएर सुलभ आफ्नो घर जान्छ ।  मेरोमा चिया पिएर जाने प्रस्तावलाई केही दिनको लागि थातीं राखेर उ गएको छ । हामी केही दिनमा पुनः कुश्मा जानेछौं । यो हप्ताभरिमा सबै कागजातहरु मिलाउनु सुलभ ठिक समयामा आईपुगेको छ । सविना म्याडमको मेल प्राप्त गरेपछि मैले सुलभलाई खबर गरेकी थिएँ ।  हामी कुश्माको लागि निस्कन्छौं । आश्रममा सबै गाढा निलो रङगको भेष्ट र निलै जिन्समा आज सुलभ प्रफुल्लित देखिएको छ । मेरो प्रश्न भुईँमा खस्न नपाउँदै उ प्रतिउत्तर दिन्छ —हो खुसी छु । तिमी पनि खुसी छौ । तिम्रो वर्षौदेखिको आमा बन्ने सपना जो पूरा हुदैंछ आज । भन्नुपर्दा आज हामी विशेष कामको लागि यात्रा तय गर्दैछौं । —थ्याङ्स यु सो मच् । वास्तवमै आज म असाध्यै खुसी छु । आजबाट म आमा बन्दैछु । रगतको सम्बन्ध भन्दा पनि गहिरो र गाढा आत्मियताको सम्बन्ध हुन्छ भन्ने विश्वास छ । म चाहन्थें त आफ्नै रगतको सम्बन्ध स्थापित गर्न सक्थेँ । तर त्यसको लागि कुनै पुरुषको वीर्य धारण गर्नु परिहाल्छ । जुन पुरुषलाई म माया नै गर्दिन उसको वीर्य प्राप्तीमा मलाई ग्लानी हुनेछ । जसलाई माया गरेँ उ बाट यो सम्भव छैन । माया जस्ता हजारौं बालबालिकाहरुमा हामी आफ्नो सन्तान किन खोज्दैनौं ? किन रगतकै सम्बन्ध प्यारो ? म भावविभोर हुन्छु साथै आक्रोशित पनि । —हो, यहाँ मायाहरु अलपत्र छन् । तिनिहरुको भविष्य अन्योलमा छ । हामीहरुले यस्ता एक एक मायाहरु स्वीकार्यौं भने न मायाहरुले मातृत्व अभावमा आफूलाई गलाईरहनु पथ्र्यो न हामीहरु सन्तान अभावमा पिल्सिरहनुपथ्र्यो । त्यसैले हामीले सुलभ पनि भावविभोर मुद्रामा देखिन्छन् । सुलभ आज मन मष्तिस्कले एकदम खारिएको अनुभव गर्र्दैछु । केहि दिन देखि लगातार उसले म संग मायाको बारेमा चासो देखाईरहेको छ । माया, सविना म्याडम, सबनम, आश्रमका अरु केटाकेटी र एकजना बुढी आईमाई सबै हामीलाई पर्खिरहेका रहेछन् । हामीलाई देखेर सबै खुसी हुन्छन् । उज्याला त्यो बुढी आईमाई मायाको हजुआमा रहेछिन् । सविना म्याडमले परिचय गराउँछिन् । म नमस्ते गर्छु । —यसको बाबु, आमा, दिदी सबैलाई पहिरोले लग्यो । यहि एउटी टुहुरी बाँचेकी छे । म उमेरकी हुदोँ हुँ त आफै राख्थें । पढाउँथें । सक्दिन अब त हजुरआमा बलिन्द्र आँशु बगाउँछिन् । म सबै कागजातहरु निकालेर धमाधम दस्तखत गर्छु । सविना म्याडम आश्रमको छाप निकालेर ठोक्छिन् । हजुरआमा थरथराउँदो हातले औठा लाउँछिन् । सुलभ मोटरबाट बडेमाको केक झिकेर ल्याउँछ । माया केक काट्छिन् । मलाई एक टुक्रा खुवाउँछिन् । म पनि त्यसैगरि एक टुक्रा केक मायाको मुखमा हालिदिन्छु । उ
खुब खुसी हुन्छे । हामी सबै मिलेर मायाको जन्म दिनको उत्सव मनाउँछौं । हो आज माया मेरी छोरीको रुपमा जन्मिएकी छे । उ विस्तारै मलाई बडो स्नेहपूर्वक बोलाउँछे ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस