"मलाइ थाहा छ नीरुता तिमी मेरो प्रतिक्षामा आशातित मन लिएर पर्खि रहेकी छौ । म फेरी पनि दोहोराएर माफी चाहन्छु ताकि अब आइन्दा मैले तिम्रो प्रतिक्षाको समयलाई निराशामा परिणत हुन दिने छैन ।"
निस्तब्ध कालो रातको अध्यारो कोठामा आफु सुत्ने पलंग छोडेर भुइमा घोप्टो परि एकनासले सुक्सुकाइ रहेकी नीरुता लाइ देखर मेरो मुख बाट एक्कासी यिनै बाक्यहरु प्रष्फुटित भएर निस्किए । ढोका छेउकै बत्तिको स्विच अन गरेर कोठा उज्यालो पारेँ, कोठा शुन्यतामा मेरी नीरुताको पीडायुक्त रोदनलाई मौन समर्थन गरिरहेको थियो । भुइमा थ्याच्च बसेर माया भरिएको भाव दर्साउदै मैले नीरुताको कपाल सुम्सुमाएँ टाउको उठाएर मेरो छातीमा टासे र संग संगै रोए, भक्कानो फुट्ने गरेर । लथालिङ्ग भएका कपडा हरुले मेरो गरिबीलाइ खिसीटिउरी गरि रहेका थिए भने मेरो लापरबहिताको परकाष्टले गर्दा अगेनाको चिसो खरानीले समेत मलाइ सरापी रहेको थियो । चुलो छेउमा बेढंगले पल्टिएका सिल्भरका भाँडाहरुले मेरो अबस्थाको मजाक उडाइरहेका थिए ।
“मैले तिम्रो इच्छा र चाहना लाइ निमोठेर जिवन र जिन्दगी लाई भताभुङ्ग पारि दिएँ । तिमीले कल्पिँदै कोरेका रंगिन सपनाहरुका एक(एक अक्षरहरु निकाल्दै फ्याक्दै गरेर कोरा कागज जस्तै बेरंगिन बनाइदिए । मलाइ माफ गरिदेउ नीरुता, मैले चाहेर पनि तिम्रो ख्याल गर्न सकिन” ।
“भोको पेटले र नाङ्गो आङले माफी दिँदैमा तपाइँको आत्माले सन्तुष्टी प्राप्त गर्छ भने मेरो भोको पेटभरि थेग्रिएर रहेका अनगिन्ति माफी शब्दहरूले म तपाइँलाई माफी दिन्छु किरण, तर मलाइ थाहा छ यो खोक्रो आदर्श शब्दले तपाइँको आत्माले शितलता महसुस गर्ने छैन” ।
रुँदारुँदै सुकिसकेको गलाबाट निस्किएका मधुर वाक्यले मेरो मुटुलाई नराम्ररि घोच्यो । कता कता त्यो घोचाइले रगतको भेल नै बगिरहेको महसुस गरे अनि उठेर पलंगमा घोप्टो परेर पल्टिए आफ्नै आँशुसंग आफ्नो जिबनको बिगत र बर्तमानसंग भलाकुसारी गर्दै ।
“किरण म जान्दछु तपाइँ देश र जनता भन्दै हरेक घरभित्रका दुखहरु नियाल्दै हिड्नुहुन्छ तर त्यसो गर्दा आफुसंग भएको यो सानो घरको कोठा भित्र हुलिएकि यो नीरुता लाई बिर्सिएर गरेको राजनीतिले के तपाइँको सपनालाई सार्थकता तुल्याउला र ? किरण मैले बुझिन कि मलाइ बुझाउन सक्नु भएन (मान्छेका चाहना र आबस्यकताको खोजीमा हिड्ने एउटा क्रान्तिकारीले आफ्नो आँखा अगाडिको मान्छेको चाहना र आवश्यकता नदेख्नु वा देखेर पनि हेलचेक्राइ गर्नु साच्चिकै क्रान्तिकारी व्यक्तिको धर्म भित्रको कुरा हो” ?
मैले सुनी रहे उनको रुवाइ संगै निस्किएका बाक्यहरुका तिखा बाणयुक्त शब्द हरुलाई । जुन शब्दहरुले मेरो बास्ताबिक्तालाई तिखो प्रहार गरिरहेका थिए । उठेर उनलाई आफ्नै कोखिलामा राखे अनि सके सम्मका मायालु स्पर्शहरुले सुम्सुमाइ रहेँ । उनि भने आफ्नै निरन्तरतामा रोइ रहिन ।
“कि त मेरो हातलाई थामी दिनुस होइन भने मेरो लाश राप्तीको बगरमा देख्नु हुने छ” !
उन्माद बैसले भरियाको बेला आज भन्दा तिन बर्ष अगाडि उनले लेखेका भावाबेस युक्त अतितका प्रेम पत्रहरु सम्झीए । कोखिलाभरि विश्व बिद्यालयका पुस्तक सिबाय सुत्ने यहि पलंग र साथीले छोडेका सिल्भरका भाँडा बाहेक केहि नभएको यहि बाहालको कोठामा मैले नीरुता लाई हुलेको थिएँ । बिद्यार्थी राजनीतिले उन्मुक्त भएको बेला परिस्थितिले हामि दुबैलाई यहि शहरको गल्लीमा चिना परिचय गराएको थियो । भर्खर एस एल सी पास गरेर विश्व बिद्यालय धाउँदै गर्दा हामी एक आपसमा परिचित भएका थियौ । संगठन बिस्तार गर्ने भूत सवारभएको अबस्थामा एक जना सदस्य बनाउन सके भने पनि बहादुरी ठानिने त्यसबेलाको समयमा मैले उनलाई राजनीतिक रुपबाट नजिक बनाएको थिए । त्यहि निकटताको फाइदालाई उपयोग गर्दै जानी वा नजानी काचो उमेरमै हामी एक आपसमा सदाका लागि बाधिएका थियौ । यिनै नीरुतालाइ मैले त्यसबेला सपनाहरूका कन्तुरहरु खोलेर उनको कोखिलाभरि पकछ्याल्ल पारि दिएको थिए । एकजोर सुत्ने र ओढ्ने ओछ्यानमा बाडिएका ती मेरा सपनाहरु आज प्रयन्त सम्म पनि यिनै ओछ्यानहरुमा कहिल्लै नफुक्ने गरेर गुजुल्टिएर थन्किएका छन् । अतित बित्दै गए बर्तमानहरु संग ठोक्किदै तर कहिल्लै पनि भविष्यको गन्तब्य फेला पर्न सकेन । भबिष्य बर्तमानको आन्दोलन र क्रान्तिमा छ भनेर मैले पढेका सिद्दान्तहरु मुखाग्र पारेर यहि सहरका मेरा जस्तै अनगिन्ति झुपडीहरुका भ्वाङ्ग परेका प्वालहरुमा चिहाए । हरेक आन्दोलन र क्रान्तिमा फहराउने राता राता झण्डाहरुका परिधि हरुमा नियाले आह १ भविष्यको गन्तब्य कहिल्लै भेटिएन । परिबर्तन समाएर ल्याउने चिज होइन यो त बर्तमानको बास्तबिकतामा टेकेर पहराहरु छिचोल्दै गोरेटोहरु खन्दै निकै लामो समय सम्म गरिएको यात्राले प्राप्त हुने चिज हो । हो मैले यहि पढे अनि यहि जाने त्यसैले त म निरन्तर हिडी रहेको छु परिबर्तनको खोजीमा ।
“किन बोल्नु हुन्न किरण ? के हाम्रो जिन्दगिको गति यसै गरेर अनवरत चलि रहने हो ”?
मेरो एकाग्रतालाई देखेर उनले आँशु पुछ्दै सोधिन् म झसङ्ग भए !
“खै के बोलुँ ? नीरुता ! मेरो बोलाइमा तिम्रो खालि पेट भरिदिने फोस्रो शब्द सिबाय अरु केहि नभए पछि” !
उनि घोप्टिएर फेरि रुन थालिन् मैले तिन बर्ष देखि देखिरहने कोठाका भित्ताहरु नियालेँ । तिन बर्ष अगाडि देखि दाउराका स(साना छेस्काहरु जलाएर चुलो सल्काउने उही पुरानो टिनको भुसे चुलोलाइ नियालेँ भित्ताहरु उस्तै थिए भने टिनको चुलो थोत्रिएर प्वालै प्वाल परेर बेअर्थमा उत्तानो परेर पल्टी रहेको थियो !
“नीरुता प्रेम पत्रमा तिमीले के लेखेकी थियौ ? तिमीलाई याद छ? ”
मैले बिगत फर्काएर बर्तमानको यो परिदृश्य लाई बिर्साउने झिनो प्रयास गरे ।
“हो थाहा छ किन भुल्न सक्छु र ति मेरा मनबाट उब्जिएका भावनाहरुलाई । ति हाम्रा जिवनका बास्तबिक यथार्थहरु थिए । ति लेखिएका भावनाहरु सपनाहरु मात्र थिएनन् यथार्थमा परिणत गर्न सकिने बास्तबिकता पनि थिए तर तपाइँले त्यसलाई आफ्नो राजनीतिको सिद्दान्त जस्तै घोकिरहने दर्सन ठानी दिनु भयो । कहिल्लै पनि आबश्यकता र चाहनाहरुलाई ब्यबहारमा परिणत गर्ने तर्फ़ लाग्नु भएन भने कसरि पुरा हुन्छन् ति हाम्रा सपनाहरु ? ”
यसो भन्दै गर्दा उनि रिसले आगो भएकी थिइन् । साम्य पार्ने उदेश्यले सुम्सुमाउदै भने (
“हेर सपना तिमी मैले गरिरहेको काम बाट अनभिज्ञ हिजो पनि थिइनौ, मलाइ लाग्छ आज पनि छैनौ । तिम्रो आबश्यकताहरु पुरा होउन् भनेर तिमीलाई तिम्रो आमाले दिएको स्विटर बुन्ने मेशिन पनि चलाउदै गर्दा त्यत्तिकै छोड्यौ । कमसेकम त्यसलाई निरन्तरता दिएको भए पनि आज हामीले यो अबस्था भोग्न र देख्न पर्दैन थियो । गल्ति हामी बाट नै भएको छ भने रिसाएर समाधान निस्कन्छ र १ ू
केहि तिक्तता पोखेँ जुन तिक्तता मेरो मनको कुनामा बर्षौ देखि बाँध बनेर तेर्सि रहेको थियो !
“वाह १ किरण कति मिठो भाषामा हाम्रा ति अतित हरुलाई पस्कि दिनु भयो है ! जुन अतितमा मेरा खुसीहरू निमोठीए तिनै अतित हरुलाई पस्किएर तपाइले मेरो मजाक गरिरहेको जस्तो लाग्दैन हगि ? मैले चाहेर पनि बिर्सन नसकेको मेरो जिबनको पर्दामा झुल्किएको त्यो खुसीको अतित आज प्रयन्त सम्म पनि मेरो यो मानस पटलमा फनफन्ती घुमिरहन्छ ! ”
“किन र ? के हामीले गर्दा गर्दैको काम छाड्नु हाम्रो गल्ति थिएन त ?”
एउटी नारीले प्राप्त गर्ने खुसीको त्यो क्षण लाई आगो ओकल्न रुचाउने मेरा यी शब्दहरुले जिस्काए जस्तो भएछ सायद उनि झन् जोड जोडले रुन थालिन !
“तपाइँ जानी बुझी कन किन बुझ पुचाउनु हुन्छ किरण मैले बुझ्नै सक्दैन तपाइलाइ ! कृपया म बाट टाढा कतै अन्त गइ दिनुस” ।
बिगतका पाना पल्टाए आफ्ना अन्तर्मनका पुस्तक हरुबाट । पुस्तकको मध्य भागमा कतै रातो चिन्ह लागेको थियो । त्यहीनेर घोरिएर अतीतलाई दोहोराए । मानसपटल भरि त्यो अतित एकनासले घुमिरह्यो । त्यो कहाली लाग्दो दिन जुन दिनमा हामीले माइतीबाट गरि खान भनेर आमाले दिएको स्विटर बुन्ने मेशिनलाई दिन रात गरेर चलाउथ्यौ । जसको आम्दानीले हाम्रो आङ ढाकि दिन्थ्यो । मुखमा मिठो मिठो खानेकुरा हरु पुराई दिन्थ्यो । त्यो दुखदायी काम भए पनि त्यसको आम्दानीले हामीले फेरी नया नया सपनाहरु देखेका थियौ देखिएका सपनाहरु मध्य मिठो सपना थियो कि अब केहि दिनमा हाम्रो कोखमा हाम्रो सानो तर चन्चले हाम्रो उत्तराधिकारी बनेर कोहि आउने छ । जसको लागि हामीले उसका आवश्यकताहरु तयारि गर्दै जानु पर्ने छ ।
सोचिएको र कल्पिएको हाम्रो त्यो सपनाले एक दिन साकार रुप लिएर आयो । काँचो उमेरमा हामि धेरै जिस्कियौ, धेरै छिल्लियौ । हात साटा साट गरेर उ बस्ने उसको न्यानो घर छामी रह्यौ हरेक फुर्सदका समयहरुमा । हामी कल्पिन्थ्यौ र कोर्थ्यौ उसका हरेक अंगहरु । यसो गर्दा नीरुता लजाएर रातोपिरो हुन्थिन् भने म खुसीले रोमाञ्चित बनि दिन्थे समयमा आएको त्यो खुसीको क्षण लामो समय टिक्न सकेन िदुइ महिना नपुग्दै हाम्रो खुसि हाम्रो रोमान्चिकता हावाको बेलुन फुटे जस्तै भएर फुट्यो फेरि कहिल्लै नभरिने गरेर । एकबिहानै हाम्रो सपना चकनाचुर भएछ हामीलाई थाहा नै भएन । नजिकै बस्ने आमालाई सबै बेली बिस्तार लगायौ । रिसले भुत्भुतिँदै गाली गर्दै हाम्री आमाले हामीलाई धारे हात लगाउनु भयो । हामी ट्वाँ परेर हेरी मात्रै रह्यौ ँ ।
“समाल्न नसक्नेले किन बनाउनु ? केटाकेटी आए गुलेली खेलाए मटयांग्राको नास !”
हो यस्तै यस्तै के के भन्दै जानु भएको थियो हाम्री आमा त्यतिबेला हाम्री सामु बाट । यता हामि भने कालो निलो भएर बसी मात्र रह्यौ ।
पछि मात्र थाहा पायौ कामको चापले हाम्रो अबोधतालाई सदाका लागि हाम्रो कोख बाट निमोठी दिएको रहेछ । अनि हामीले त्यो काम नचाहेर पनि छोड्न बाध्य भयौ । त्यस पछिका दिनहरु फेरी उही अपुगता उही निरीहतामा गुज्रदै गए ।
म सम्झन्छु ति समय हाम्रा कति कहाली लाग्दा थिए । एक छाक जोर्न नसक्दा माइती आमाले डालो भरि अन्न लुकाएर हाम्रो भान्सामा राखी दिनु हुन्थ्यो केहि नबोलिकन । हाम्रा अतितका हामीले बुनेका सपनाहरु त्यहि डालोभरि भरिएका अन्न हरुका दानामा बसेर नियाली रहन्थ्यौ । तिनै अन्नका दानाहरुलाई सुपोभरि फिजाएर भबिस्य खोजि रहन्थ्यौँ । त्यसबेला देखि खोजिएका सपनाका यथार्थताहरु आज प्रयन्त सम्म पनि मैले नत मेरा दर्शनका ठेली हरुमा भेट्न सके नत राता झण्डा हरुका परिधिहरुमा ! सिद्दान्ततस् मैले बोकेका सिद्दान्तका ठेलीहरु गलत छैनन् तर ति ठेली हरुका एक(एक पन्नाहरुमा कुदिएका अक्षरहरुको भकारी भित्र मेरी नीरुताका तत्कालका आवश्यकताहरु न भेट्टीएका मात्र हुन् । हुनत मेरी नीरुताको जस्तै मेरो भोको पेटका आवश्यकताहरु पनि कहा भेटिएका हुन् र तर पनि मैले त्यसो भन्न मिल्दैनथ्यो र सक्दैन थिएँ पनि । मैले बुझेको छु मेरी नीरुता जस्ता करोडौ मानिसहरु यो अबस्था हरुबाट गुज्रिनु परेको छ अनि थाहा छ यी सबैको समाधान यहि मैले बोक्ने गरेको राता किताब हरुका ठेली भित्र छन । जसलाई टिपेर हामीले यहि बर्गहरुको उत्थानको लागि निकै लामो लडाई लडेर सिद्दान्तलाई ब्यबहारमा उतार्न सक्नु परेको छ । यसो गर्दै जादा समयका ठुला(ठुला अनि लामा( लामा महासागरहरु पार गर्नु पर्नेछ ।
“चुलो जलाउनु पर्दैन ? कि सोच्दैमा चिसो चुलो आफै तातेर जाउलो मुखमा आइपुग्छ ?”
नीरुताको रिस अझै थामिएको थिएन खुट्टा बजार्दै बाहिर लागिन िबाहिर लाग्दै गर्दा मैले उनको शरीरको पछाडि बाट मैले अहिले सम्म बोकेको सिद्दान्तको चश्मा लगाएर हेरी रहे एकनासले । मेरो सिद्दान्त मेरो सिद्दान्तको ठेलीमा कैद भएर बसेको थियो भने मेरी निरुताका खुट्टामा प्रष्टै देखिने फुटेका पैतालाले मै तर्फ़ फर्किदै मेरो कायरताका खिल्ली उडाइ रहेका थिए । समयमा एक छाक खान नपाएर सुक्दै गएको शरीरले मेरो अबस्थाको चित्रण गर्दै मैले बाडेको सपनाको बास्तबिक ऐना बनेर मेरै मुखाकृत झल्काई रहेको थियो । यो अबस्थाले मलाइ कता कता गिजल्यो, कता कता चिथार्यो तर सहि दिएँ । कायरताको यो अबस्था मैले जानी बुझी ल्याएको पनि थिइन । मैले चाहेर पनि यो अबस्था बाट पार पाउन सक्दिनथेँ किनकि यो त मैले पढेको सिद्दान्तका ठेलीहरु जानी बुझी कन धज्जी उडाउनेहरुले थोपरेको अबस्था मात्र थियो ।
चिसो सीरेठोको झोक्का झ्यालमा झुन्ड़ाईएको पुरानो थोत्रो पर्दा उडाउदै कोठा भित्र एकनासले छिरी रह्यो । चिसो सिरेटो मेरो नाङ्गो छाती छेडेर मुटु हल्लाई रहेको थियो । कता कता नजानिदो पारामा म दुखिरहेको थिए एकनासले कहिल्लै साम्य नहुने गरेर ।
”सिद्दान्तलाई व्यबहारबाट अलग्याएर राजनीतिको डंका पिट्नेहरुलाई के थाहा चुलोमा दाउरा जलाउदैमा जाउलो पाक्दैन भनेर ?”
फेरी खुट्टा बजार्दै भित्र पसिन । अगाडिबाट मैले देखि रहेको थिए एकसरो पुरानो र पातलो मेक्सि कमजोरीले दुब्लाएको शरीरमा झल्ली रहेको थियो । न त निदारमा नत नाक कानमा सौभाग्यका कुनै श्रिङ्गारिक बस्तुहरु देखिन्थे । थियो त मेरी नीरुताको त्यहि बाध्यता र बिबसतामा ठिङ्ग उभिएको मानब आकृति मात्र ।
भोको पेटले केहि माग्दै थियो हामि दुबैको शरीरले तर चिसो चुलो चिसै थियो । न्यानो माग्दै थियो हामि दुबैको शरीरले तर बाताबरण चिसो र स्तब्ध थियो । भोलीको आशातित मन लिएर हामि दुवै पल्टियौँ । एक आपसमा केहि नबोलीकन । दराजमा सजिएका सिद्दान्तका ठेलीहरु हाँसीरहेका थिए हामीले उपयोग गर्न नसकेको अनभिज्ञतामा झ्याप्प बत्ति निभाएर हामी सुत्यौँ दुइ तिर मुख फर्काएर । मेरो मुखाकृत सिद्दान्तका ठेलीह” सजाइएका दराजतर्फ़ फर्किएको थियो भने मेरी नीरुताको मुखाकृत कहिल्लै न तात्तिने चिसो चुलो तर्फ़ फर्किएको थियो । हामी दुबैका आँखाहरुले हाम्रा आ(आफ्नै सिद्दान्त र ब्यबहारहरु एक टकले नियाली रहेका थिए, निरन्तर निरन्तर........!
दोहा, कतार !