मुख्य पृष्ठ » कथा » मःमः बहादुर

मःमः बहादुर

bool(false)

अब मनोजलाई नयाँ स्कूल हाल्नुपर्छ। केटो ठूलो भयो। अब हिंड्न सक्छ। बाले आमासँग सल्लाह गर्नुभएको मैंलेपनि सुनेको थिएँ। त्यसको दुई महिनापछि म बाका हात समाउँदै सम्वाभित नयाँ स्कूलको प्रवेश परिक्षा दिन गएको थिएँ। ईन्ट्रान्स पास भएपछि, म टाई लगाउने स्कूल जाने भएँ। काठमाडौंको जहिल्यै एस. एल. सी. बोर्डमा आउने, प्रख्यात स्कूलको शाखा सिद्धार्थ !

तत्तपश्चात मेरा निम्ति एकपछि अर्का नयाँ सामान घर भित्रिंदै गए। नयाँ व्याग, बुक्स, कपी, टिफिन बक्स, जोमेट्री बक्स, के के के के....... मेरा निम्ति नयाँ ड्रेस पनि सिलाईए । घिऊ रङ्गको सर्ट, खरानी रङ्गको पाईन्ट र रातो टाई, अझ, टलक्क टल्कने नयाँ एकजोर काला, छालाका एक , दुई दिन गर्दा—गर्दै स्कूल जाने समय आयो। म नयाँ लुगामा ठाँटिएर, पिठ्यौंमा नयाँ व्याग भिरी, नयाँ स्कूल जान थालें। मेरो घाँटीमा रातो कपडाको टुक्रो पनि वेरिन लाग्यो। त्यसैको नाम टाई रहेछ। टाई घाँटीमा गाँठो पर्थ्यो र छातीमा तुन्द्रुङ्ग झुन्डिन्थ्यो, जसको गोलो बुट्टामा खोपिएको थियो ः सिद्धार्थ वनस्थली ईन्सटीच्युट, एस. बी. आई. !
किरण श्रेष्ठ, मसँगै नयाँ स्कूल जाने पुरानो साथी। किरण क्रेन जस्तै थियो। जेपनि उचाल्न सक्ने, सार्है बलियो। उसको मोटो, कसिलो र खँदिलो ज्यान देखेर, पुक्क फुलेका गाला र पाखुरालाई मध्यनजर गरेर हामीले नाम राखी दियौं ः ‘बंगुर !

यता म भने साह्रै दुब्लो — पातलो। मेरा र साईन्स ल्यावको स्केलेटनका करङ्ग सेम टु सेम थिए। टिसर्ट र पाईन्ट भिरेपछि म ठ्याक्क धान व्याडको बुख्याचा हुन्थें। झन सर्टका दुईवटा मात्र टाँक लगाएर दौडँदा म प्यारासुट जस्तो देखिन्थें, र त नाम पाएको थिएँ ः ‘फिरफिरे’। उता महेन्द्रमाला कक्षा १ मापनि, मलाई गिज्याउन मिल्ने, मेरो नामसँग मिल्दो पाठ थियो। त्यसैले त साथीहरुले मलाई चिढ्याउन, रिस उठाउन काम लग्ने भएरनै पाठ पुरै कन्ठ गरेका थिए । नयाँ ड्रेस, व्याग र किताबका तडकभडक धेरै टिकेनन्। एक९दुई महिनामैं नयाँ व्यागका फस्नरले अङ्गालोमा बस्न भुलिसकेका थिए। किताबहरु वाहिर चिहाउँथे, त्यसैले आँ गरेको व्यागको मुख टाल्न दुबै ओठमा हुपले हुक गरिदिनु परेको थियो। त्यो टाढाको स्कूलबाट घर आईपुग्दा म थकित हुन्थें। मुख वाईरहेको व्याग मसँग घिस्रँदै, लत्रँदै घर आउँथ्यो। टुप्पोबाट छालाका जुत्ताका पाप्रा उक्किन थाले। काला टल्कने जुत्ताले रङ्ग फेरे र सेता भए। विहान शानले घाँटीमा झुन्डिएर घरबाट निस्किएको टाई, घर फर्किदा भने घाँटीमा झुन्डिन मान्दैन थियो। घर आईपुग्दा टाई कहिले कम्मरमा कसिन्थ्यो, त कहिले निधारमा गाँठो पर्थ्यो। तर, वानी पर्दै गएपछि, एक वर्षले ठूलो भएपछि भने मनोज बन्जारा, क्लास थ्री, रोल नम्वर एट, सिद्धार्थ वनस्थली ईन्सटीच्युटका दिनहरु रमाईला हुँदै गए।

हाम्रो स्कूल जाने बाटोमा राता ईटाको गाह्रो भएको, रातै टाईलले छाएको, सानो काठको बार्दली वाहिर निस्किएको एउटा समान्य घर थियो। कक्षा चार र पाँचका केटाहरु फर्किफर्की, घुम्तीको त्यस घरको बार्दलीतिर हेर्थे। मैंले धेरैपछि थाहा पाएको थिएँ, त्यस सामान्य घरको विषेशता। त्यो त हाम्रै कक्षाको वीच लहरको तेस्रो वेन्चको छेऊमा वस्ने एक दोहोरो ज्यानकी गोरी, अग्ली, राता गाले केटी रहिछ ः ‘पार्वती’। साह्रा टोल र स्कूल त पार्वतीको फ्यान। तीनै फ्यानमध्ये कसैले नाम राखिदिएको थियो ः ‘पारु’।

पारु चार — पाँच कक्षाका केटाहरुको दिलकी धड्कन थिई। मनकी रानी थिई। ठूलो क्लासका केटाहरु तेरी भाउजू हो पारु भन्दै झगडा गर्थे। स्कूल भरीको मोटो र ज्याङ्गो थियो, पाँच कक्षाको निर्मल। त्यही निर्मलले एक दिन मेरो घाँटी निचोरी—निचोरी आफूलाई दाइ बकाउन लगाएको थियो। अनि भनेको थियो, “पारु तेरी भाउजू हो, आँखा नलगाएस्”!

तर त्यसपछि नै पारुभने मेरो मुटुमा छिर्न थालेकी थिई। म एैना हेर्दापनि उसलाई आफ्नो वगलमा राख्न लागेको थिएँ। अनि सुरु गरेको थिएँ, पारुलाई आफूसँग दाँज्न। स्कूलमा भने पारुका बिषयमा अनेक हल्ला चल्न थाले। पारु हिजो कुमारसँग थिई। पारु सुरजकी गर्लफ्रेन्ड हो। पारु यो हो, पारु त्यो हो।।। पारु यसकी हो, पारु त्यसकी हो।।। त्यसपछि त पारु मेरो मनको गुँडबाट उडेर गई । पारु भमरा भई। मभने दौडँदै गीत गाउँने, दौडाह गाएक भएँ। स्कूल आउँदा—जाँदा पारुको घर अगाडि पुगेपछि दौडँदै गीत गाउँन थालें, “हाम्लाई पनि मायाले हेर पार्वती लै लै” !

सिद्धार्थ वनस्थली ईन्सटीच्युट, मल्पी, काभ्रे, हाम्रो घरभन्दा दुई डाँडा पारी थियो। स्कूल आउँने—जाने वाटोमा पर्थ्यो, डब्बा र मिनिबसले भरिएको बसपार्क, पसलै—पसलले भरिएको, पनौती मामाघर जाँदा—आउँदा मलाई बस चढ्ने अवसर मिल्थ्यो। तीनै बस बसपार्कमा बुढो गोरुझैं सुतेका हुन्थे, चुपचाप। एउटाभने हाम्रो घर जाने बाटो तिर मुख फर्काएर जाउँ कि नजाउँ गर्थ्यो, “बनेपा—काठमान्डौ, बनेपा—काठमान्डौ, ढ्याङ्ग ढ्याङ्ग ढ्याङ्ग ! खलासीका प्रशस्त मुक्का पूठामा बज्रिएपछि भने हुइकिन्थ्यो। खलासीका आँखा छ्लन पाईयो भने म र किरण चाहीं फुत्त, बस
स्कूल जाने—आउँने क्रममा एक दिन मेरा आँखा हरियो पर्दावाल होटेलको दोश्रो ढोकामा परे।

ठूल्ठूला डेक्चिहरु एक माथि अर्को खप्टिएका थिए, ग्याम बलका ढुङ्गाझैं। सबैभन्दा मुनि थियो, ट्रयाक्टर कराए जस्तो आवाज निकाल्ने, अजङ्गको स्टोभ। साहुनीले ढकनी खोल्दा, त्यहाँ केही बेर कुहिरो आयो। अनि मेरा नजर ठोकिए, सिलावरको प्वालै—प्वाल भएको चाल्नु जस्तो रिकापी र त्यसमा उभिएका सेता मोटाएका पुस्टकारी जस्ता डल्लाहरुमा। मैंले पत्ता लाएँ, ती सेता डल्ला भित्र भैंसीको मासु हुन्छ। धेरैपछि हरियो पर्दाले छोपिएको ढोका माथि मैंले एउटा साईनवोर्ड पनि
देखें, जसमा ठूला अक्षरमा लेखिएको थियो ‘फेमश मः मः शप’!

मःमः पसलको वारेमा किरणलाई सुनाउँदा उसले भन्यो, “हामी त कत्ति खान्छौं मःमः, ममीले यहाँबाट किनेर लैजानुहुन्छ। कहिलेकाहीँ त घरमा पनि बनाउँछौं, योमरी बनाउने भाँडोमा ” ।

“किन नखानु त, तँ मुला नेवारको छोरो। जे खाएपनि हुन्छ है तैंले तरु यसमा त भैंसीको मासु हुन्छ गोरु ! मेरा भने यस्तै प्रश्न र खुल्दुली ।

“हैन, हैन, भैंसीको हैन, राँगाको”, किरणले सच्यायो।

“कुरा एउटै हो”, मैंले असहमति जनाएँ ।

विस्तारै किरण त आफैं मःमः किन्ने भयो। मलाई भने मःमः नचल्ने। पसल भित्र छिर्ने त कुरै भएन। त्यसैले स्कूलबाट घर फर्कंदा, म केहिबेर मःमः पसल अगाडि उभिन थालें। किरण हरियो पर्दा

उघार्दै भित्र छिर्न थाल्यो। वाहिर निस्कँदा उसका हातमा मःमः का झोला झुन्डिए। घर जाने बाटोको मयलको बुटा मुनी हामी रोकिन्थ्यौं। त्यहीं प्लास्टिकका झोलाबाट मःमः किरणको पेटमा सर्थे। किरण मस्मस् डकार्थ्यो। म चाहीँ उसले मःमः खान गरेको आग्रह नकार्थें। स्कूल र बाटामा मस्मस् का धेरै कुरा भए। म कतिन्जेल किरणले मःमः खाँदा कुरेर बस्न सक्थें र कतिन्जेल मःमः को बखान र खाने आग्रह नकार्न सक्थें र एउटा सामान्य दिनको सामान्य आग्रह मैंले स्विकारें। अचारमा लत्पतिएको, मासु भरिएको एउटा सानो रोटीको पोको मेरो दाईने हातका तीन औंलामा च्यापिए, माथि उचालिए अनि मुखमा छिरे। मैंले जीवनमा पहिलो पटक मःमः खाएँ।

ल खत्तम ! म झल्यास्स व्युझिएझैं भएँ। सम्झिएँ घरमा पहिलो पटका कुखुरा काट्दाको समय। खसी बाहेक अरु केहीकोपनि मासु खान वर्जित हाम्रो घरमा राती कुखुरा काटिएको थियो। मुलघरमा कुखुरा भित्राउन बन्देज भएकाले, कुखुरो गोठमा पाकेको थियो। कुखुराका भुत्ला मलखातमा खाल्डो खानेर गाढिएका थिए। अनि, चुपचाप हामीले गोठमैं कुखुराको मासु खाएका थियौं। खाई त हालें। पेटका आन्द्रा फोटोका नागझैं बाटरिएको भान भयो। मुखमा अमिलो पानी रसायो। फेरि पेट निचोरियो। तुरुन्तै वर्षौंलाझैं गड्याङ् गुडुङ्ग गर्न थाल्यो। शान्त त मनपनि भएन। छिनमा बाको दिमागमा छिर्न थाल्यो त छिनमा आमा कहाँ पुग्न लाग्यो र सुरु गर्यो गाली गर्न। “सुँगुर, जे भेट्यो त्यही खानुपर्छरु पख्! म सुनपानी छर्की दिन्छु”, आमा कड्किनु भयो। बाका आवाजले परैबाट झाप्पड हाने, “गोरु! जा नुहाएर आईज। अब देखि यस्तो नघिचेस्”, म छिनमैं मान्छेबाट सुँगुर भएँ, तुरुन्तै सिंग पलाए र गोरु बनें। बाटोभरी आफैंलाई गाली गर्न थालें। म कस्तो हन्तकाली ! बा—आमाले खान दिएकै त थिए। मेरो क्लासका कुमार र रविनपनि त बाहुन हुन्, तीनलाई खान परेन। म चाहीं खुब मःमः चाहिने। खुब भैंसीको मासु खान पर्ने। अब गएन जात ! थुक्क ! म त कुजात भएँ। जातै नभएको वेजात भएँ। मेरो वेजात ज्यानमा पार्वतीको घर अगाडि पुग्दा पनि जोश फिरेन, गीत फुरेन। निमोठिएर एक मुठ्ठी भएको पेट लिएर, घाईते वहरझैं विपरित दिशा तर्फ मुन्टो मर्काएर अगाडि लस्किएँ।

घर पुग्नुअघि, नजिकैको धारा तर्फ लागें। टुट्टीमा ओठ जोडें। पानीले मुख भरियो र मुख भित्र छचल्कियो। मैंले प्याच थुकें। दुई घुड्की पानी पिएँ। दाँतमा अड्किएका मासुका केस्रा पखालिए। म बल्ल केही वौरिएँ। घाईते स्यालझैं घर छिरें र चुपचाप बाँकी दिन बिताएँ। भुटभुटिंदै ओछ्यानमा पल्टिएको म, कुन बेला निदाएछु पत्तै भएन। अचम्म१ विहान उठ्दा त म दुरुस्तै थिएँ, हिजोको जस्तै। मदनकृष्ण — हरिवंशको श्राध्द प्रहशनमा हरिवंशको पेटमा भैंसी कराएको थियो। तर, मेरो पेटबाट नराँगाको आवाज आयो, न पाडाले “व्वाई” गर्यो। नजात आयो, न......!
विस्तारै म त मःमः को फ्यान। किरण र म मयलको बोटमुनी जान छोड्यौं। म किरणलाई मःमः पसल अगाडि नकुर्नें भएँ। बरु पसल भित्रै जान थालें। तर मलाई मःमः खाँदा अरुले देख्लान्की डर हुन्थ्यो। त्यसैले किरण मलाई ईस्कटिङ्ग गर्थ्यो। किरण भित्र छिर्थ्यो, मलाई चिन्ने गाउँ—टोलका मानिस छन् कि छैनन् हेर्थ्यो। छैनन् भन्ने ईशारा पाएपछि म त उपियाँझैं, फुत्त ‘फेमश मःमः शप’भित्र।

अब त म दिनहुँ जसो मःमः पसलको कुनामा बस्न थालें। मेरा अगाडि स्टिलको प्लेटमा कहिले पाँच त कहिले दशवटा मासुका पोका आउन थाले। मेरो दाहिने हातका तीन औंलामा चम्चा अट्ठिन्थ्यो र आफ्नो धारले ती पोका रेट्न लाग्थ्यो। मैदाको पोको भित्रको मासु अचारले भिज्थे अनि एक—एक गरि मुखमा जान्थे। म त मःमः खान एक्सपर्ट भएँ। मःमः वहादुर बनें। बफ मःमः वहादुर।

हामीले सामाजिक शिक्षा पढ्दा, नेपाल चार जात छत्तिस वर्णको फूलवारी हो भन्ने पढेका थियौं। सरले दोहोराउँदै भन्नु भएको थियो, हामी सबैभन्दा पहिले ‘मान्छेको जात’। ‘मान्छेको जात ! सरका यी दुई शब्दले मलाई मुक्ति दिए। मैलें थाहा पाएँ, मनिसको कुनै झुन्डलाई कसैले यो खा, त्यो नखा भन्दैन। सबै आफ्नो रुचीको कुरा हो। मान्छेको मान्छे हुनु वाहेक अन्य कुनै जात हुँदैन। मनिसको असल हुनुभन्दा ठूलो कुनै कर्तव्य हुँदैन। त्यसपछि त झन म वेपर्वाह मःमः पसलमा। घरमा थाहा पाए भनेर मनमा कतै डर त हुन्थ्यो। तर म दिनानुदिन पेलाहा बन्दै गएँ। केही उत्तर दिएर टारौंला, आँटिलो बनें। गाउँका भाइहरुका दायाँ हातका चोर औंला “पख् घरमा भन्दिन्छु” को ईशरामा हल्लिएका पनि थिए। तर, मलाई पख् र भन्दिन्छुले कुनै असर पुराएनन्। म त मःमः को अचारमा निस्फिक्री पौडी खेल्ने जो भईसकेको थिएँ। मःमः को अचारको गन्द विल्कुल फरक खालको हुन्थ्यो। त्यस्तो स्वादको अचार हाम्रो गाउँ—टोलमा कसैकोमा बन्दैन थिए। मुखबाट निस्किने यूनिक गन्ध पत्ता लगाउलान भनेर, म शुप बुक्याउथें। साथीहरुको नजिक हुँदा शुपको ह्वास्स वाहिर निस्केपछि भन्थे, “मस्मस् खाएर आईस्र्”!

मैंले बल्ल बुझें, मःमः त भित्र—भित्र सबै खाँदा रहेछन्। के नेवार, के वाहुन ! के तामाङ, के........!
विस्तारै पनौतीमा नयाँ—नयाँ मःमः पसल खुल्न थालेस फेमश मःमः, सानदार मःमः, मःमः !पसल, हजुरको मःमः पसल । मःमः पसलको संख्यासँगै, मःमः का रुप र अचारका स्वादमा विविधता आए। कोही मःमः लाई तेलमा फ्राईगरि फ्राई मःमः बनाई बेच्न थाले। कतै मःमः पिरो चिल्ली ससमा लतपत्त्तिएर आउन थाले र नाम पाए ‘सि मःमः’। कसैका मःमः का आकर खुर्पे चन्द्रमा जेस्ता, लाम्चा, बाङ्गेका। आचार पनि कतै तिलका, त कतै गोलभेडाका। मःमः सधैं प्लेटमा आउन पनि छाडे। कोही टपरिमा दिन्थे, त कोही दुना या बोतामा। कहीँ चम्चालाई दाँत कोट्याउने छेस्काले विस्थापित गर्यो। अनि त टुथपिक मस्मस् का भुँडीमा रोपिन्थे र परेवाले चारो टिपेको वेगमा, मेरो पछि—पछि त मःमः पसलमा मेनु पनि पाईन थाल्यो। त्यहाँ हुन्थे भेज मःमः, चिकेन मःमः, वफ मःमः, मटन मःमः, पनिर मःमः, पोर्क मःमः । मैदाको रोटी भित्र जे पोको पार्यो, त्यही मःमः ! क्या गजब ! म पनि स्वाद फेरी फेरी, पसल सरी सरी मःमः खान थालें।

                                                           ***

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस