मुख्य पृष्ठ » भाषा » इनले, इनकाे शुद्ध कि यिनले, यिनकाे ? 

इनले, इनकाे शुद्ध कि यिनले, यिनकाे ? 

लेखक
मुकुन्द शरण उपाध्याय
नाम : मुकुन्द शरण उपाध्याय
  मुकुन्द शरण उपाध्यायका रचनाहरू

१. नेपाल मा अहिले नेपाली भाषा काे शुद्ध रूप बारे गम्भीर विवाद छ । विवाद काे एउटा विषय इनले, इनकाे र यिनले, यिनकाे मध्ये कुन शुद्ध ? भन्ने पनि छ । मँ इनले, इनकाे नै शुद्ध हाे भनिरहेछू, सरकारी अधिकार मा बसेका व्याकरणकारहरु का कारण त्रिवि र प्रज्ञा प्रतिष्ठान यिनले, यिनकाे अादि लाई नै शुद्ध ठानिरहेछन् र हाम्रा अबाेध बाल-बालिका एस्तै रूप पढ्न र लेख्न विवश छन् ।


२. अाज एस विषय मा सानाे चर्चा गराैं । सर्वप्रथम हामी हाम्राे परम्परा ले के भन्छ ? एस तर्फ जाऊँ । मेराे अनुसन्धान मा नेपाली भाषा जुन बेला देखि लेखन मा अायाे तेसै बेला देखि इनले, इनकाे, इनमा, इनलाई, इनै जस्ता रूप पनि प्रचलन मा अाएका छन् र निर्विवाद रूप ले विसं १९९२ साल सम्म चलिरहेका छन् । अर्थात् लगभग अाठ, नाैशय वर्ष सम्म चलेका छन् । पृथ्वीनारायण, भानुभक्त, माेतीराम भट्ट र जयपृथ्वी बहादुर अादि ले पनि इनले, इनकाे अादि नै लेखेका, छापेका छन् ।


३. नेपाल बाहिर दार्जीलिङ, देहरादून अादि मा त उक्त इनले, इनकाे अादि रूपहरु १९९२ साल पछि सम्म पनि चलेका छन् र तेसरी चलाउनेहरु मा सूर्यविक्रम ज्ञवाली, धरणीधर काेइराला अादि छन् । दिल्ली मा प्राध्यापन गर्दा डा ईश्वर बराल जस्ता प्रतिष्ठित लेखकहरु ले इनले इनकाे नै लेखेर पुस्तक छपाएका छन् ।


४. नेपाल भित्र पनि हलन्त बहिष्कार अान्दाेलन चलाउने राममणि अाचार्य दीक्षित र महानन्द सापकाेटा ले अाफना पुस्तकहरु मा इनले, इनकाे इनमा अादि नै लेखेका थिए । अाज त पचास भन्दा बढी लेखक इनले, इनकाे अादि काे पक्ष मा उभिएका छन् र याे संख्या अब बढ्ने क्रम मा छ । वरिष्ठ साहित्यकार जगदीश शमशेर का ११ थान पुस्तक र व्याकरणकार मंगलकुमार नेपाल का दुई थान पुस्तक मा इनले, इनकाे अादि कै प्रयाेग भएकाे छ ।


५. अब शुद्ध के हाे त ? भन्ने विषय मा जाऊँ । एस प्रसंग मा सब भन्दा पहिले शुद्धता काे परिभाषा के हाे ? त्याे बुझाैं । भाषावैज्ञानिक मान्यता मा शुद्धता भनेकाे माैलिकता हाे । माैलिकता भनेकाे शब्द काे मूल रूप सँग काे मेल हाे, डीएनए मा जस्ताे । तेसाे भए इनले काे मूल के हाे त ? भन्ने कुरा जान्नु पर्याे ।


६. व्याकरण अनुसार याे इनले शब्द इनी र ले काे जाेड हाे र विभक्ति काे दबाव ले इनी ध्वनि इन ध्वनि मा परिणत भएकाे हुँदा अब हामीले इनी काे मूल खाेज्नु पर्छ । व्युत्पत्तिविज्ञान का अाधार मा इनी काे माउ रूप संस्कृत काे इमानि शब्द हाे । एही इमानि बाट कालान्तर मा "मा" ध्वनि खिएर नेपाली इनी तयार भएकाे हाे । बंगाली इनि शब्द पनि उक्त इमानि शब्द बाटै बनेकाे मानिएकाे छ ।


७. एसरी हामी के निष्कर्ष मा पुग्छाैं भने माउ भाषा मा नै नभएकाे यकार नेपाली यिनी मा अाउन कसै सम्भव हुँदैन । जुन कुरा सम्भव नै हुँदैन त्याे शुद्ध हुने कल्पना पनि गर्न सकिन्न । तर नेपाल का शिक्षकहरु अाफना विद्यार्थी लाई केन्द्र काे निर्देशन भनेर जानाजान तेही अशुद्ध रूप पढाउन बाध्य छन् ।


८. अझ अाश्चर्य काे कुरा त के हाे भने हाम्रा कवि र उपन्यासकारहरु पनि सरकारी अादेश लाई वेद काे वाणी मानेर शुद्ध इनले, इनकाे, इनलाई अादि रूप लेख्ने र छपाउने साहस गर्दैनन् । मैले एक जना उपन्यासकार लाई त साेधेँ पनि '' तपाईं त पढे लेखेकाे बुद्धिजीवी किन जानाजान अशुद्ध यिनले, यिनकाे लेखेकाे ? " उनले बताए मँ अहिले शिक्षक छू एसर्थ अशुद्ध छपाउन विवश छू "


९. कस्ताे विडम्बना ? सारा विश्व मा शिक्षक काे पुस्तक अरु सबैकाे भन्दा शुद्ध छापिन्छ, तर नेपाल एउटा एस्ताे देश छ जहाँ स्वयं शिक्षक नै अशुद्ध छपाउन अभिशप्त जस्ताे बनेकाे छ !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस