१. विभक्ति टाँसने वा नटाँसने कुरा लेख्य भाषा सँग सम्बन्धित विषय हाे । एसर्थ विभक्ति बारे छलफल गर्नेहरु ले लेखाई मा विभक्ति टाँसेकाे पढ्दा अर्थबाेध मा सरलता हुन्छ कि नटाँसेकाे पढ्दा हुन्छ तेस तर्फ ध्यान दिनु उचित हुन्छ । यदि सरल भएन भने त्याे हानि हाे ।
२. एस बारे लामाे अनुसन्धान गर्दा मँ के निष्कर्ष मा पुगेँ भने विभक्ति पृथक् लेखेका वाक्यहरु ले टाँसेका वाक्य ले भन्दा अर्थबाेध सहज तुल्याउँदा रहेछन् । उदाहरणा का लागी हामी ' घले छले पराजित भए ' भनेर लेखेकाे मा जति अलमलिन्छाैं तेति ' घले छ ले पराजित भए ' भन्ने मा अलमलिन्नाैं । अथवा ' झाले माले गाई बेचे ' भनेकाे भन्दा ' झा ले माले गाई बेचे ' भनेकाे बाट छिटाे अर्थबाेध गर्दछाैं । एस्तै ' झामा भन्दा बामा अास्था छ ' लाई ' झा मा भन्दा बा मा अास्था छ ' भनेर लेख्दा अर्थ बुझ्न सहज हुन्छ अथवा ' मलगायतकाे उपस्थिति थियाे ' मा अलमलिएकाे पाठक 'मँ लगायत काे उपस्थिति थियाे' पढे पछि स्पष्ट बन्छ । नेपाली मा एस्ता वाक्य हजाराैं अाइरहन्छन् ।
३. माथी छाेटा छाेटा शब्द मा विभक्ति जाेडिँदा का समस्या देख्याैं । अब लामा लामा शब्द मा पर्ने समस्या पनि हेराैं। जस्तै ' महाव्याकरणविद्हरुसमेतबाट त्रुटि हुन्छ ' वा 'धरणीधरप्रसादहरुसमेत अलमलिएछन् ' र ' उपप्रधानमन्त्रिणीहरुसँगबाट अाएकाे चन्दा' इत्यादि। एस्ता वाक्य लाई मेराे धारणा मा ' महाव्याकरणविद्हरु समेत बाट त्रुटि हुन्छ ' अथवा ' उपप्रधानमन्त्रिणीहरु सँग बाट ' अथवा ठाउँ हेरी 'हरु' शब्द लाई पनि पृथक् गर्दा अर्थबाेध मा सरल पर्छ । लेखक काे अाशय पाठक ले सहजै बुझाेस् भनेर शाेच्नु नै हाे एसले लेखक पाठक दुवै काे हित हुन्छ ।
४. लामा वाक्यहरु का प्रसंग मा डिकाे तान्न पनि कति लामाे डिकाे तान्ने ? भन्ने एउटा सानाे कठिनाई फेरि थपिन्छ । जस्तै ' भागवतपाठपारायणपरायणहरुसमेतलाई ' शासनाधिकारीगणहरुअनुसारकै ' इत्यादि मा हामी देख्न सक्छाैं।
विभक्ति टाँस्न चाहेर पनि टाँस्न नमिल्ने स्थिति पर्न सक्छ
१. भाेलि (वैशाख) देखि नयाँ कानून लागू हुन्छ । भाई अाज राजधानी (काठमाण्डू) मा छन् । महाकवि (देवकाेटा) बाट नेपाली प्रतिभा काे सदुपयाेग भयाे । उसकाे ''अब पटक्कै नबाेल्ने प्रण'' लाई कान्छी ले सम्झिरही । श्री ५ काे सरकार काे अादि । उक्त प्रकार का वाक्यहरु मा चाहेर पनि तपाईं विभक्ति टाँस्न सक्नु हुन्न ।
विभक्ति का विषय मा हाम्राे परम्परा के हाे ?
१. विभक्ति का विषय मा हाम्राे परम्परा सामान्यतया पृथक् लेख्ने नै हाे । याे कुरा हामी पुराना अभिलेखहरु पढेर थाहा पाउँछाैं । गाेरखापत्र का पुराना अंक पढ्दा पनि याे देखिन्छ । पृथ्वीनारायण काे दिव्याेपदेश हाेस् अथवा माेतीराम भट्ट काे हस्तलिपि अथवा जयपृथ्वी बहादुर वा यहाँ सम्म कि वीपी काेइराला का अभिलेखहरु मा पनि एस्ताे देख्न पाइन्छ । उक्त सबै उदाहरण नैसर्गिक लेखाई का हुन् । नैसर्गिक भनेकाे यादृच्छिक हाे भाषाविज्ञान यादृच्छिक लेखन लाई शुद्धता काे कसी मान्दछ ।
२. प्रज्ञाप्रतिष्ठान ले २०५७ साल मा दुईदिने वर्णविन्यास अधिगाेष्ठी गर्दा विद्वद्वर भाषाविद् प्राडा माधव पाेखरेल काे र मँ मुकुन्दशरण उपाध्याय काे एक एक कार्यपत्र प्रस्तुत भए । मैले विभक्ति पृथक् गर्ने कुरा उठाएँ पाेखरेल गुरु मेरा कुरा मा गम्भीर बन्नु भयाे । पछि सुनें वहाँ की छाेरी अपर्णा ले विभक्ति समेत का पदवियाेग का विषयहरु मा राम्राे अनुसन्धान गरिन् र जगदम्बा प्रेस ले छपायाे । उक्त कृति मा पनि विभक्ति पृथक् गर्नै पर्ने कुरा काे पुष्टि अायाे ।
३. जगदीश शमशेर राणा स्वयं मेराे निवास मा अाएर व्याकरण का विविध विषय ( विशेष गरी विभक्ति का विषय) मा लामाे विमर्श भयाे । तेस पछि वहाँ ले जति नयाँ कृतिहरु छपाउनु भयाे विभक्तिहरु पृथक् गर्नु भयाे । अहिले पचास भन्दा बढी लेखक का कृति मा विभक्ति नटाँसिएकाे अवस्था छ ।
एस विषय मा हामीले गम्भीर भएर अगाडी बढ्नु नै बेश हुन्छ भन्ने मँ ठान्छू । बाँकी कुरा पछि ।