1. हाम्रो नेपाली भाषा अहिले कुनै एउटा घर भित्र मात्र बोलिँदैन, कुनै एउटा गाउँ, कुनै एउटा जिल्ला, कुनै एउटा प्रान्त र कुनै एउटा राज्य मात्र मा पनि बोलिँदैन यो आज तेसरी सीमित छैन । यो भाषा त आज पूरै विश्व भरि छरिएको छ र विश्वव्याप्त छ र बनेको छ अन्तर्राष्ट्र मा बोलिने एक विश्वव्यापी भाषा । हामी नेपालीभाषी हरु आर्थिक दृष्टि ले अवश्य कमजोर छौं, तर एस कमजोरी बाट भाषा को विस्तार मा हामीलाई सहयोग पुगेको छ । किन भने एहि कमजोरी का कारण हामीहरु जीविका को खोजी मा घर बाट बाहिर निस्केका छौं र निस्कँदा हाम्रा साथ मा हाम्रो भाषा पनि हाम्रो विश्वयात्रा मा सँगै निस्केको छ । झोला बोकेर हैन छायाँ बनेर, बोझा बनेर पनि हैन साथी बनेर । नेपाल छोडेर बाहिर निस्के पछि जसका लागी नेपाली दोसरो भाषा तिनको झन् प्रथम भाषा बनेको छ र झन् प्यारो भाषा बनेको छ । नेपाली भाषा ले हाम्रो जातीय विभेद मेटी दिएको छ र विभिन्न जाति मा विभाजित हामी लाई एउटै नेपाली जाति का सदस्य बनाई दिएको छ । हामी नेपाली हरु का लागी आफनो प्यारो भाषा ले लगाएको यो गुन के असाधारण उपकार होइन ?
2. एसर्थ हाम्रो पहिलो कर्तव्य हो नेपाली भाषा को यो समन्वयकारी स्वभाव र हामी प्रति एसले लगाएको गुन लाई बुझौं । सर्वप्रथम हामी के बुझौं भने संसार का हरेक सफल भाषा हरु मा उदारता को महान् गुण छ । तर दुःख को कुरा के छ भने आज हाम्रा अग्रज हरु मा त्यो उदारता समाप्त भएर गएको छ । वहाँ हरु मा विराट उदारता को सट्टा घोर संकीर्णता ले आक्रमण गरेको छ । जसका कारण विश्व ढाक्दै जान पर्ने भाषा को लेखाई र छपाई ले एकदमै अव्यवस्था सामना गर्न परी रहेको छ । हामी अहिले देखी रहेछौं एउटै पुस्तक वा पत्रिका मा हाम्रा शब्द हरु ले घरी दीर्घ लेखिने र घरी ह«स्व लेखिने समस्या भोगी रहेका छन् र शकार, सकार तथा बकार, वकार आदि को स्थिति पनि पूरै भाँडिएर अस्तव्यस्त बनेको छ । कलीला विद्यार्थी हरु उनै उनै शब्द लाई कहिले ।।।किन ह«स्व लेखिस् ?’ भनेर खप्की खाने र कहिले फेरि ।।।किन दीर्घ लेखिस् ?’ भनेर हप्काइने प्रवृत्ति का शिकार बनी रहेका छन् । एउटै शब्द त्रिवि.का पुस्तक हरु मा छुट्टै वर्तनी (हिज्जे) र जनक शिक्षा वा साझा का पुस्तक हरु मा छुट्टै वर्तनी मा पनि छापिन थालेका छन् । जतासुकै अव्यवस्था र अराजकता बढेको छ । नेपाल का राम्रा राम्रा पत्र–पत्रिका हरु को अवस्था पनि टीठ लाग्दो छ, कतै पनि एकरूपता छैन ।
3. अचेल मानिस हरु के समेत भन्न लागी रहेछन् भने ।।।।।।लेखाई छपाई मा अब जे गरे पनि हुन्छ ।’’ वास्तव मा शुद्धता भन्नु जंगली जमाना को विषय भन्दा बाहेक अब बाँकी केहि रहेन । ।।।।।।नेपाली त हो, एसमा पनि के को नियम ? चाहे कसैले ।।।ठीक’ लेखोस्, अथवा ।।।बेठिक’ शिवमन्दिर लाई ।।।षिव मनदीर’ भनेर कोरियोस् वा ।।।सीब मन्दीर’ वा ।।।शीब् मंदीर’ भनेरै लेखियोस् के फरक पर्छ ? हामी ठीक हो भनेर बहुमत ले ताली पिटी दिन्छौं, कसको के लाग्छ ? । अब बजार का संकेत पाटी हरु मा ।।।रेष्टुराँ’ लेख वा ।।।रेश टू रान्’ हामी लाई फिक्री छैन, चिया चमेना गर्न पाए पुग्छ ।’’ विश्वविद्यालय कै गुरु हरु पनि भाषिक मर्यादा मा धक्का पर्ने गरी बारम्बार भनी रहन्छन् ।।।।।।नेपाली हिज्जे सँग व्याकरण को टाढा को पनि नाता छैन ।’’ एस्तो स्वेच्छाचारिता अनि अराजकता बढ्दो रूप मा छ । हामी बिर्सी रहेछौं व्याकरण भनेको ।।।व्याक्रियन्ते व्युत्पाद्यन्ते शब्दा अनेन इति व्याकरणम्’ र ।।।यद्यपि बहु नाधीषे तथापि पठ पुत्र व्याकरणम्, स्वजनः श्वजनो माभूत् सकलं शकलं सकृत् शकृत्’ जस्ता अमर उक्ति हरु बाट प्रेरित र ।।।एकः शब्द सुप्रयुक्तः स्वर्गे लोके च कामधुग् भवति’ जस्ता आदर्श वाणी हरु बाट अनुप्राणित विषय हो । हाम्रा आदरणीय कोश हरु के छापी रहेछन् ? त्यो पनि कम दुःखदायी छैन । तपाईं बृहत् कोश हेर्नुहोस् वा शब्द सागर तिनीहरु ।।।जे लेखे पनि हुन्छ र जे छापे पनि हुन्छ’ को सन्देश दिनु मा जति केन्द्रित छन्, तेति शब्द को शुद्ध रूप सिकाउन मा छैनन् ।
एस्तो दुःखद अवस्था कसरीे आयो ?
अहिले यो अवस्था कसरीे आयो भने त्रिभुवन विश्वविद्यालय ले २०३४ साल मा नेपाली विषय पढाउने गुरु हरु लाई काठमाण्डू डाकेर त्रिवि.को पाठ्यक्रम को भाषा मा नयाँ शैली स्थापित गर्न लागिएको सूचना दियो र तेस सूचना मा संसार भरी दीर्घ मात्रा मा लेखिँदै आएका जीप, चीज, पीच, स्कूल, स्कूटर, शूट, बूट, न्यूज, गरीब, करीब, वकील, अमीन, जमीन, मीटर, पनीर, कबीर, अबीर, महसूल, मजदूर र कानून अथवा दूध, नून, भूल, हूल, जूट, चून, ठूलो, धूलो, लूलो, चूलो, जूठो, मूला, नीलो, पीरो, जीरो, कीरो, ठीक, बीच, तीज, भीड, तीन, तीस, बीस, पच्चीस, चालीस र बयालीस आदि शयौं शब्द हरु बाट उनको दीर्घ मात्रा बलात् खोसेर ह«स्व मात्रा भिराई दिने र शहर, शहीद, शेयर, रेशम, शिकार, शर्बत, शेखी, खुशी, खुशामद, शैलून, शिलाब, शिमला, मिशन, मुश्किल, चश्मा, कमिश्नर, क्रिश्चियन, फेशन, स्टेशन, तपेश, चरेश, मालिश, पालिश, होश, जोश, प्रमोशन, नोमिनेशन आदि वा जश, अपजश, शय, शिरान, शिरानी, दशैं, शूरो, कोशी, कोश (दूरी परिमाण), दर्शाउनु, शब्द्यौली, अंशियार, वंशियार अथवा एभरेष्ट, डिष्टिलरी, मिष्टर, सिष्टर, क्राइष्ट, रेष्टुरेण्ट, स्पष्ट्याउनु, विष्ट्याउनु, प्रष्टै, प्रष्ट, प्रष्टिनु, तुषारो, पोषिलो, दुष्ट्याईं, पुष्ट्याईं, वर्षाउनु, वर्षनु, वर्षेनि आदि मा चल्दै आएका तालव्य शकार र मूर्धन्य षकार लाई खारेज गरेर तिनका ठाउँ मा पातलो सकार चलाउनु पर्ने जस्ता भीषण अराजक कुरा भनिए ।द्ध। तेस क्रम मा अरु पनि नौला कुरा आए । जस्तै बण्डल, लण्डन, इण्डिया, इण्डोनेशिया, पण्डाल, पाण्डे, पण्डित्याईं, पण्डितिनी, पण्डागिरी, गुण्डागिरी, अण्डा, झण्डा, झुण्ड, गुण्टा, भेण्टा, पञ्जाब, वीरगञ्ज, चञ्चले, अञ्चले, सञ्चो, विसञ्चो र घञ्चमञ्च आदि शयौं शब्द मा लेखिँदै ररूपै फेरेर सर्वत्र निहुरी मुण्टे हुनै पर्ने भयो । अर्कातिर मञ्जन, मञ्जरी, रञ्जन, रञ्जना, पञ्चगव्य, पञ्चामृत, पञ्चम, पञ्चमी, सञ्चय, सञ्चित, सञ्जय, सञ्जीवनी वा कण्ठ, कण्ठाग्र, कुण्ठा, कुण्ठित, वैकुण्ठ, कण्टक, कण्टकारी, काण्ड, कण्डिका, खण्ड, खण्डित, अण्ड, अण्डाकार, खण्ड, खण्डाकार, कुण्ड, मुण्ड, रुण्ड, खण्डन, मण्डन, पण्डा, पण्डित, पाण्डु, पाण्डव, गण्ड र गाण्डीव आदि शब्द मा भने उक्त ञकार वा णकार लिपि लेखिनै पर्ने भयो । जसको परिणाम के आयो भने नेपाली लेखक हरु लाई पञ्च लेख्दा ञकार चाहिने र पञ्चे लेख्दा नकार चाहिने तथा रंगमञ्च मा ञकार चाहिने र घञ्चमञ्च मा नकार चाहिने आदि अनेकौं झमेला उपस्थित भए । एति मात्र होइन उक्त सूचना अन्तर्गत अण्ड शब्द मा णकार त अण्डा शब्द मा नकार, रण्डा शब्द मा णकार त रण्डी शब्द मा नकार, पाण्डेय शब्द मा णकार त पाण्डे शब्द मा नकार, पण्डित शब्द मा णकार त पण्डितिनी मा नकार, पण्डा मा णकार त पण्डागिरी मा नकार आदि गर्नै पर्ने जस्ता अरु पनि अनेकौं झनझट र गडबडी हरु आएर थुप्रिए । छ। जुन कुरा न त विश्वपरम्परा अनुकूल थियो, न भाषाविज्ञान अनुरूप नै । न एस कार्य लाई नेपालीभाषी हरु को जनजिब्रो र जनलिपि ले नै समर्थन दिन सक्थ्यो । न त एसबाट शिक्षक र शिक्षार्थी लाई नै सजीलो पर्ने कुनै सम्भावना थियो । साथै एस कार्य बाट नेपाली भाषा को विश्वव्यापी एकरूपता अभियान लाई कुनै टेवा मिल्छ कि भन्ने कुरा पनि थिएन । तर तेहि सर्वथा गलत र भाषा भाँडिने कुरा नेपाल को जेठो विश्वविद्यालय का आदरणीय अग्रज हरु बाट गोष्ठी माथी आई लाग्दा र तेसमा राम्रो समीक्षा नै नगराई उक्त नीति अनुरूप पढाउनु पर्ने निर्देशन गोष्ठी का सम्प्रभु हरु बाट घोषित हुँदा गुरु हरु को स्वाभिमान मा कस्तो असर प¥यो होला ? त्यो सहजै बुझ्न सकिन्थ्यो । तर कुन भय ले हो उक्त अनुचित नीति को विरोध मा बोल्न भने कोहि अघि सरेको देख्न पाइएन । बरु एहि मौनता लाई उपयोग गरेर मञ्चासीन हरु का तर्फ बाट उद्घोषक ले एक्कासि उक्त निर्देशन लाई ताली पिटेर समर्थन गर्न भन्ने आँट गरे । यद्यपि सहभागी हरु बाट केहि हात मात्र तेहाँ ताली बनेर बजे होलान् तर मञ्चस्थित सहभागी का हात को ताली र माइक को सहयोग ले उक्त ताली को आबाज चर्कै जस्तो पनि सुनियो र उद्घोषक ले सर्वसम्मति बाट पारित भएको घोषणा गर्ने साहस गरे । एसरी नेपाली भाषा मा भीषण अव्यवस्था को सूत्रपात हुन गयो । ट। तेस पछि शेर्पा हरु सेर्पा बने, शेरचन हरु लाई सेरचन मा बदलियो, कानून र गरीब हरु कानुन र गरिब बनाइए, काश्मीर, वाशिंगटन र ताशकन्द हरु लाई कास्मिर, वासिंगटन र तासकन्द मा परिणत गराइयोे । अनि क्रमशः तत्सम शब्द मा पनि आक्रमण शुरु भयो र दुई वर्षे बालक दुई बर्से मा, तीन वर्षे नीति तिन बर्से नीति आदि मा लेखिने र छापिने विधि हरु आए । नेपाली भाषा आदिम युग को भाषा जस्तै अलमल मा फँस्यो । पंक्तिकार ले राष्ट्र का भरोस लाग्दा प्रतिभा हरु सँग बारम्बार भेटेर समस्या समाधान गरी दिन बिन्तीभाउ गरी रह्यो कसैले सुनेन । यद्यपि एक्लो भेट मा हरेक ले भाषा भाँडिन लागेको महसूस आँफू ले गरेको र तेसबाट आँफू ।।।अति नै दुःखी बनेको’ त बताए, तर बाहिर खुलेर आउन चैं कोहि तयार भएनन् । एस क्रम मा पंक्तिकार कहिले पत्रिका का सम्पादक हरु लाई चिट्ठी लेखेर, कहिले विस्तृत लेखै तयार गरेर, कहिले भाषिक गोष्ठी वा साहित्यिक समारोह हरु मा समस्या सुनाएर एक्लै कराई रह्यो, तर सम्बन्धित क्षेत्र मा कतै बाट पनि सुनाई भएन । मधुपर्क मा डा. ईश्वर बराल ले सम्म एति लेखी दिए– बिचरा मुकुन्दशरण
का सारा चित्कार हरु अरण्यरोदन बनी रहेछन्’ । तर त्यो कुनै समाधान थिएन । ठ। यहाँ स्मरणीय के छ भने उक्त घोषणा जुन कि २०३४ मा भएको थियो, तेतिखेर यो पंक्तिकार पोखरा स्थित पृथ्वीनारायण क्याम्पस को प्रतिनिधि का रूप मा गोष्ठी मै थियो र सक्रिय सहभागीे थियो । जब उक्त घोषणा सभा मा उद्घोषक ले ।।।सर्वसम्मति बाट पारित भएको’ घोषणा गरे नेपाली शब्द हरु ले माथी भने झैं नराम्रो सँग भाँडिने बाटो खुल्न लागेको डरलाग्दो अवस्था खडा हुन लाग्यो र तेसले मन मा अत्यास बढेकाले एक्कासि यो पंक्तिकार उभिएर ।।।।।।कृपया एसो त अल्लि नगरौं ! एस कुरा ले त नेपाली लेखन लाई नराम्रो सँग भाँडी दिन्छ, एसबाट त हामी साहित्य सिर्जना मा भन्दा हिज्जे को झगडा मा बढी फँस्छौं’’ इत्यादि भन्दै र ।।।।।।यदि मिल्छ भने एसमा अभैm पनि विचार गरौं’’ भन्दै हात जोडेर कराएको थियो । पंक्तिकार ले तेतिखेर के पनि भनेको थियो भने ।।।।।।नेपाली भाषा त्रिवि.मा मात्र पढाइने भाषा पनि होइन, यो अन्तर्राष्ट्रिय भाषा हो र अरु अनेकौं विश्वविद्यालय हरु मा पढाइने र अनुसन्धान गरिने भाषा पनि हो । एसर्थ नेपाल बाहिर को नेपाली अध्ययन लाई बाधा पर्ने गरी एस्तो निर्देशन नगरौं’’ आदि आदि । तर मञ्च ले निक्कै उपेक्षात्मक भाषा मा भनेको थियो– ।।।।।।करतल ध्वनि द्वारा पारित भई सकेको विषय मा विवाद नउठाऊँ’’ । तेस पछि गोष्ठी लाई बलात् अर्को विषय तर्फ मोडिएको थियो र एक प्रकार ले ।।।पेलेरै अघि बढ्न’ सकिन्छ भन्ने मूड मा कतिपय गोष्ठी सञ्चालक निक्कै उत्साहित देखिएका थिए । पंक्तिकार
को बिन्तीभाउ पूरै अरण्यरोदन हुन विवश भएको थियो । ड। हुन त त्रिवि.का गुरु हरु को उक्त घोषणा नेपाली भाषा को अध्ययन र अध्यापन कार्य मा सरलता ल्याउने उद्देश्य बाटै प्रेरित थियो, तर तेसमा उग्र झर्रो वाद पनि हावी थियो । उग्र झर्रोवादी हरु नेपाली भाषा लाई संस्कृतवंश का अन्य भाषा भन्दा कसरी पृथक् देखाउन सकिन्छ भन्ने कुरा मा केन्द्रित थिए र संस्कृतवंश सँग मिल्ने प्रत्यय लाई पनि फेर्ने जमर्को गरी रहेका थिए । यहाँ सम्म कि ।।।प्रत्यय’ शब्द लाई नै पनि संस्कृत को भन्ने भाव ले मिल्काएर ।।।गाँस’
भन्ने कि ।।।पुच्छ«े’ भन्ने जस्ता खलबल उग्र झर्रोवादी हरु बीच उठ्न थालेको थियो । झर्रोवाद का मूल प्रवर्तक भाषाविद् बालकृष्ण पोखरेल, प्रतिष्ठित नियात्राकार डा. तारानाथ शर्मा, भाषाविद् वल्लभमणि दाहाल र अरु त्रिवि.का गुरु हरु पनि ।।।नेपाली भाषा को पृथक् पहिचान’ को रहर ले संस्कृत वंश का अन्य भाषा हरु सँग टाढिने जमर्को गरी रहेका थिए । एक प्रकार ले ०३४ साल को घोषणा उक्त कुरा बाट पनि प्रेरित थियो । तर तिनैताका यो पंक्तिकार नेपाली भाषा को विश्वव्यापी एकरूपता स्थापित गर्ने अभियान मा लाग्ने मन बनाई रहेको थियो र तेस प्रकार को अभिव्यक्ति दिँदै हिँड्न थालेको थियो । तर दुर्भाग्यवश तेस दिन ई दुवै कुरा लाई अर्थात् उग्र झर्रोवाद र विश्वनेपाली वाद लाई सँगै लैजान सजीलो छैन भन्ने कुरा तेहाँ देखिन आयो । हुन त हामी कुशल बन्न सके त्यो काम तेति दुष्कर थिएन, तथापि तेस दिन को हुरी प्रतिकूल थियो । तैपनि पंक्तिकार ले साहस बटुलेर विश्वव्यापी एकरूपता कै पक्ष मा आफू लाई उभ्यायो र त्रिवि.नीति सँग आफू ले सम्झौता गर्न नसक्ने अभिव्यक्ति दियो । ढ। एसरी त्रिवि.सँग फरक मत राख्ने आँट गर्दा पंक्तिकार लाई के आशा थियो भने तत्कालीन ने.रा.प्र.प्र. त्रिवि.को घोषित नीति मा बहकिने छैन र नेपाली भाषा माथी अन्याय हुन पाउने छैन । एसर्थ प्रज्ञा को साथ पाएर अगाडी बढ्ने ठाउँ छ र त्यो ठाउँ राम्रो छ । तर दुर्भाग्यवश एसै बीच एउटा हल्ला चल्यो– ।।।प्रज्ञाप्रतिष्ठान बाट पूर्वप्रकाशित बालचन्द्र शब्दकोश लाई पनि त्रिवि.नीति मा ढालेर मुद्रित गर्ने प्रयास भित्र भित्र चली रहेको छ ।’ एस्तो अप्रिय कुरा लाई शुरु मा पंक्तिकार ले पत्याई रहेको थिएन, ता पनि आशंका को वातावरण पनि कम थिएन । एसर्थ पंक्तिकार ले प्रज्ञाप्रतिष्ठान मा कार्यरत कोशकार हर्षनाथ भट्टराई लाई सोध्यो ।।।।।।के यो हल्ला साँचो हो ?’’ हर्षनाथ जी ले दुःखित भाव मा सूचना दिँदै भन्नुभयो ।।।।।।हो अब बालचन्द्र को कोश बाट पनि तपाईं ले ।।।अन्तर्राष्ट्रिय’ भन्ने गरेका शब्द हरु बाट शकार, षकार र दीर्घ मात्रा हटाउने नीति बनाएका छन्, तर यो त एकदमै नकाम हुन लागी रहेछ, तपाईं काठमाण्डू आउने हैन ?’’ काठमाण्डू आए पछि थाहा भयो वास्तव मा त्रिवि कै संयोजन मा ०३४ साल को पुष्टि हुने गरी प्रज्ञाप्रतिष्ठान लाई प्रयोग गर्न खोजिएको रहेछ । हुन त प्रतिष्ठान मा एस कुरा लाई सर्वसम्मति हुन सकेको थिएन र निक्कै बाझाबाझ पनि भई रहेका थिए तर बहुमत मास्ने पक्ष कै थियो । खिन्न पंक्तिकार ले पोखरा फर्के पछि थाहा भयो– नेराप्रप्र.ले ठूलो मतभेद पछि दुवै पक्ष को सम्मान मा धक्का नपुग्ने गरी कतिपय विवादित शब्द हरु मा शकार, सकार तथा दीर्घ र ह«स्व जे पनि प्रयोग हुन सक्ने नीति बनाएछ वा लेन देन को शैली मा भाषा माथी राजनीतिक सम्झौता गरिएछ, सुनेर आश्चर्य लाग्यो । के भाषा र उसको वर्तनी भनेको कुनैज्ञण्। उक्त त्रिवि.नीति को परिणाम मा संस्कृत तत्सम शब्द हरु पनि धराप मा पर्न थाले । विशेष गरी उक्त ०३४ साल को घोषणा पछि संस्कृत शब्द हरु नेपाली प्रत्यय लागेको भन्ने निहूँ मा धमाधम भाँचिन र कुच्चिन थाले । कस्तो हुन थाल्यो भने कुश बाट बनेका कुशे औंसी र कुशै छैन आदि शब्द हरु ।।।कुसे’ र ।।।कुसै’ आकार मा, दश बाट बन्ने ।।।दशौं दिन’ र ।।।दशै दिन’ शब्द ।।।दसौं’ र ।।।दसै’ आकार मा, शंका बाट बन्ने शंकालु र शंकै शब्द संकालु र संकै आकार मा लेखिन र छापिन पर्ने अवस्था आयो । (उदाहरण आवश्यक परे प्रज्ञा को त्रिविपक्ष मा विशेष सक्रिय नेपाली गुरु हरु हेमांगराज अधि. र बद्रीविशाल भट्टरा.को ।।।प्रयोगात्मक शब्दकोश’ मा हेर्न सकिन्छ र कतिपय उदाहरण बृहत् शब्दकोश मा पनि पाउन सकिन्छ) एसरी अरु शब्द हरु मा पनि यो महामारी क्रमशः फैलियो र स्पष्ट बाट बन्ने स्पष्टै र स्पष्टिनु शब्द स्पस्टै र स्पस्टिनु आकार¥यो । एसै गरी वर्षाउनु, वर्षेनि, वर्षाद, दर्शाउनु, दर्शायो, प्रष्ट्याउनु, प्रष्ट्यायो, तुषारो, तुषारै, पूर्विया, पूर्वेली र दुष्ट्याईं, दुष्टै आदि असंख्य शब्द मा भएका प्राकृतिक षकार र वकार हरु ले दन्त्यसकार र चिरेको बकारै बेहोर्न पर्ने विचल्ली देख्न प¥यो । तर त्यो भन्दा पनि दुःख को कुरा त के भयो भने हाम्रा शिक्षक, पत्रकार र साहित्यकार हरु आँखा चिम्लेर जे जे निर्देशन आउँछ तेहि तेहि अपनाउन वा शिरोपर गर्न तयार भए, विवश भए । अहिले एसरी भाषा मा घोर अन्धेर नगरी भएको छ, बौद्धिक क्षेत्र उदासीन छ ।०३४ भन्दा अघि पनि गरिएका थिए भीषण भूल हरु ज्ञज्ञ। नेपाली हिज्जे माथी ०३४ साल मा मात्र अतिक्रमण भएको थियो र त्रिवि.का गुरु हरु बाट मात्रै तेस्तो भूल हुन गएको थियो भन्ने पनि होइन । एस्तो अतिक्रमण वा भूल तेस भन्दा अघि पनि भएको थियो । हामीले के बिर्सनु हुन्न भने नेपाली भाषा का पनि आफनै सर्वनाम छन् । जसको इतिहास वेद सँग जोडिएको छ र हामी तिनै आफना सर्वनाम का माध्यम ले विश्व को सर्वप्राचीन ग्रन्थ सँग निकटतम हुन पाउँछौं वा हिजो तेस अवस्था मा थियौं । यो कुरा कसरी बुझ्न सकिन्छ भनेरूप मा ऋग्वेद को ।।।एष’ शब्द को एकार लिएर एसले, एसको, एसरी आदि ध्वनि, ऋग्वेद कै ।।।एतद्’ शब्द लिएर एता, एति, एतै र एत्रो आदि ध्वनि र ऋग्वेद कै ।।।इमानि’ शब्द बाट ।।।इ’ र ।।।नि’ लिएर इनी, इनले, इनको आदि ध्वनि र लिपि प्रयोग गरेका थिए । जो एकदमै¥यो, विना अपराध लखेटिन प¥यो । हिजो गरिएको एउटा डरलाग्दो र घातक भूल यो थियो यो । एस भूल मार्फत नेपाली सर्वनाम को उपेक्षा मात्र भएको थिएन, साथसाथै राष्ट्रनिर्माता पृथ्वीनारायण, आदिकवि भानुभक्त, युगकवि मोतीराम र महान् चिन्तक जयपृथ्वी आदि का रचना हरु पनि अपमानित भई रहेका थिए । दार्जीलिब का सूर्यविक्रम, विराटनगर का महानन्द, काठमाण्डू का ईश्वर बराल र पोखरा का लेखनाथ ले नेपाली सर्वनाम का पक्ष मा आवाज नउठाएका हैनन्, तर त्यो जानाजान उपेक्षित भयो, अपहेलित भयो । चन्द्र र जुद्ध शमशेर को लाल मोहर पाएका हेमराजीय सर्वनाम का ।।।यस, त्यस’ आदि कृत्रिम ध्वनि वा लिपि का अगाडी कसैको सुनाई भएन, कसैको केहि लागेन । हामीले भानुभक्त लाई अपमानित गर्न बरु सक्यौं, शासकीय हैकमवाद लाई धपाउन सकेनौं ।ज्ञद्द। हामी अहिले व्याकरण का अरु नियम मा पनि हचुवा शैली अपनाई रहेछौं र तिनै हचुवा शैली मा रचेका नियम हरु कलीला विद्यार्थी लाई पढाई रहेछौं वा बलात् रटाई रहेछौं । हामी के गरी रहे
छौं भने आफना कलीला बाल–बालिका हरु लाई अनाहक मै पुलिंगी शब्द दीर्घान्त हुन्छन् भनेर अग्घोर गलत कुरा सिकाई रहेछौं र दाई, भाई, नाती, पनाती, पोई, साढू जस्ता खाटी दीर्घान्त हुनु पर्ने शब्द हरु लाई हैकमवाद बाट कल्पित गलत नियम का शिकार बनाएर ह«स्वान्त लेख्न र छाप्न लगाई रहेछौं । हामी नियमसम्मत सम्धी, हात्ती, जोगी, हली, संन्यासी, खसी, सोल्टी, दाजी, दाज्यू आदि मा हात हाल्ने आँट कसै नआए पछि तिनलाई अपवाद का पंक्ति मा लगेर मिल्काई रहेछौं । अर्थात् हामी तथ्य को अनुसन्धान मा होइन जतिखेर मन मा जे आउँछ तेसैका आधार मा केहि शब्द मा ह«स्व मात्रा र केहि मा दीर्घान्त भिराई रहेछौं । तर पुलिंग वा स्त्रीलिंग का आधार मा ह«स्व र दीर्घ मात्रा तोक्नु पर्ने कारण के हो ? त्यो कुरा हामी मध्ये कसैलाई पनि विदित छैन, किन भने इनमा तेस्तो कुनै कारण नै छैन ।ज्ञघ। विद्यार्थी हरु कक्षा मा प्रश्न गर्छन्– ।।।।।।मोतीराम ले भाई र दाई किन दीर्घ लेखे ?’’ ।।।।।।पृथ्वी नारायण ले किन शुद्ध ।।।त्यस’ नलेखेर अशुद्ध ।।।तेस’ लेखेको ?’’ ।।।।।।मोतीराम ले किन ।।।यिनी, यिनले’ जस्ता शुद्ध रूप नलेखेर ।।।इनी, इनले’ जस्ता गलत रूप लेखेको ?’’
।।।।।।भानुभक्त ले किन ।।।ई र इ’ लेखेको ?’’ आदि आदि । तर हामी भने आफनो व्याकरण गलत छ भन्ने यथार्थ कुरा भन्न नसकेर निष्ठुर र अमर्यादित शैली मा भनी दिन्छौं ।।।।।।वहाँ हरु लाई व्याकरण को ज्ञानै थिएन’’ अथवा भनी दिन्छौं ।।।।।।ती शब्द अविकसित नेपाली भाषा र पुराना असभ्य लेखक हरु को अज्ञानता का नमूना हुन्’’ आदि । एस्ता उत्तर सुनेर कलीला विद्यार्थी हरु मा आफना आदर्श विभूति हरु प्रति गौरवबोध का सट्टा हीनताबोध भरिनु बाहेक के हुन्छ ? के उनीहरु सोच्न विवश हुँदैनन् ? ।।।हाम्रा राष्ट्रिय विभूति हरु त एस्ता अल्पज्ञ र असभ्य पो रहेछन् ? ।।।हाम्रो विगत त अत्यन्त गडबड पो रहेछ ?’’ आदि । एसै गरी हाम्रा प्राचीन ताम्र
पत्र, शिलापत्र आदि पनि नजानिँदो गरी अपमानित र तिरस्कृत बन्न पुगेका छन्, अथवा एस्तो दुःखद वातावरण उपस्थित भएको छ र हाम्रो स्वाभिमानी इतिहास को भाषिक क्षेत्र नै अपमानित बन्न पुगेको पदयोग र वियोग का कुरा के हुन् ?ज्ञद्ध। नेपाली वर्तनी का प्रसंग मा पदयोग र वियोग का कुरा पनि अहिले विवाद मा छन् । यो पदयोग र वियोग भनेको इतर शब्द मा विभक्ति आदि टाँसेर लेख्ने कि नटाँसी लेख्ने ? भन्ने कुरा हो । हाम्रा व्याकरण का पुस्तक हरु मा विभक्ति हरु लाई दुई भाग मा बाँडेर चिनाइएको छ । केहि विभक्ति लाई विभक्ति नै भनिएको छ भने केहि लाई नामयोगी भन्ने नाम दिइएको छ । नाम जेज्ञछ। तर प्रश्न उठ्छ तेसो भए हामीले विभक्ति र नामयोगी टाँस्ने झनझट किन सका¥यौं त ? एस कुरा को संक्षिप्त उत्तर के हो भने कुनै बेला हाम्रा व्याकरण का लेखक हरु लाई हिन्दी मा चलेको विभक्ति र नामयोगी टाँस्ने लहर ले पनि भ्रान्त तुल्याई दिएको थियो । चन्द्रिकाकार माइला बडागुरु विश्वनाथ को नगरी वाराणसी मा गई राख्थे र नेपाल का अरु विद्वान् मा पनि यो चलन थियो, जुन स्वाभाविकै थियो । तर वाराणसी मा तिनताका संस्कृत को अन्धानुकरण मा विभक्ति र नामयोगी भनिने अव्यय हरु (से, ने, द्वारा, प्रति, विना, तक, के) आदि लाई संस्कृत का सु, औ, जस्, अम्, औट्, शस् आदि सुप् प्रत्यय जस्तै ठानेर संज्ञा शब्द मा पनि टाँसेर लेख्ने र ।।।भारत ने’ लाई ।।।भारतने’ गर्ने ।।।नेपाल से’ लाई ।।।नेपालसे’ बनाउने र ।।।वाराणसी में’ लाई ।।।वाराणसीमें’ गर्ने आदि कुरा अभियान का रूप मा आएका थिए । त्यो देखेर बडा गुरु र वहाँ का सहयोगी हरु ले पनि नेपाली परम्परा मा स्वतन्त्रै लेखिँदै आएका ।।।ले, लाई, बाट, द्वारा, कन, सँग, सित, नेर, तिर, तर्पm, मा, समेत, बाहेक, मध्ये र अनुसार आदि नेपाली विभक्ति हरु लाई इतर शब्द मा टाँसेरै लेख्नु पर्ने रहेछ भन्ने बुझे र अप्रत्याशित रूप ले तहि हिन्दी नियम नेपाली मा थोपरी दिए । आज पनि हामी एस्तो टाँस्नै पर्ने बाध्यता बाट फुत्कन सकी रहेका छैनौं । अझ उल्टै हामी के सोची रहेछौं भने विभक्ति छुट्टै लेख्नु र छाप्नु गलत कुरा हो र यो पृथक् लेख्ने मान्यता हाम्रो आफनो नभएर कसैको पैंचो हो । कठै हाम्रो बुद्धि ? यो पनि नेपाली भाषा ले भोगी रहेको अर्को दुःखद विडम्बना हो ।
ज्ञट। तर यहाँ नेर के सोच्न हुँदैन भने हाम्रा चन्द्रिका आदि व्याकरण का लेखक हरु को आशय मा शंका गर्ने ठाउँ थियो । यद्यपि उनीहरु बाट त्रुटि भएकै हो, तर उनीहरु को उद्देश्य नराम्रो थिएन र हैन पनि । उनीहरु ले गोरखा भाषा व्याकरण, मध्यचन्द्रिका आदि कृति हरु नेपाली भाषा को तत्कालीन आवश्यकता लाई पूरा गर्न बडो लगनशीलता र परिश्रम का साथ तयार नगरेका पनि होइनन् र हाम्रा ती आदरणीय अग्रज हरु ले व्याकरण लाई गहनता तर्फ डो¥याएर लाने काम नगरेका पनि होइनन् । तर साधन र सुविधा हरु नभएको तेस जमाना मा पनि ती प्रतिभा हरु ले तेस प्रकार का व्याकरण ग्रन्थ दिनु भनेको चानेचुने काम भन्न मिल्दैन । तर एसका साथै तेतिखेर उनीहरु हुकुमी प्रवृत्ति का शिकार पनि भएकै हुन् र तत्कालीन शासक हरु को शैली मा शक्ति को दुरुपयोग गर्ने भूल पनि उनीहरु बाट भएको हो । यो चैं त्रुटि नै भएको हो, जसका शिकार बने हाम्रा आदरणीय पृथ्वीनारायण, भानुभक्त, मोतीराम र जयपृथ्वी आदि ले अपनाएका एस, तेस, एता, तेता, इनी, इनले र इनै जस्ता पूर्णतया मौलिक र निर्दोष शब्द हरु र विभक्ति पृथक् लेख्ने हाम्रो वैज्ञानिक र उत्कृष्ट शैली । ज्ञठ। तर विभक्ति पृथक् गर्ने सन्दर्भ मा के कुरा पनि स्मरणीय छ भने सर्वनाम का तँ, मँ, त्यो, यो, तिमी, हामी जस्ता शब्द हरु ले, लाई, को आदि ध्वनि सँग निकट भए का अवस्था मा यथावत् रहन सक्दैनन् । जस्तै ः तँ+ले=तैँले, मँ+ले=मैले, मँ+लाई=मलाई, तँ+को=तेरो, मँ+को=मेरो, आफू+को=आफनो, तिनी+को=तिनको, तिमी+को=तिम्रो र हामी+को=हाम्रो आदि । एसरी पूर्व आकृति छोडेर विभक्ति सँग एकाकार हुने वा विभक्ति र सर्वनाम दुवै परिवर्तित बन्ने अवस्था मा पृथक् लेखिँदैनन् वा लेख्न सकिँदैनन् । तेस स्थिति मा तिनलाई टाँसेरै लेख्न पर्ने हुन्छ र एस स्थिति मा किन पृथक् नलेखिएको त ? भन्ने प्रश्न उठ्दैन ।
अन्त मा फेरि केहि कुराज्ञड। नेपाली भाषा को एउटा महत्वपूर्ण विशेषता के हो भने यो भाषा विश्व भरि छरिएर बसेका र नेपाली
भनेर चिनिने सम्पूर्ण मानव समुदाय कोे साझा मातृभाषा पनि हो । एसलाई केवल नेपाल राष्ट्रको सम्पर्क भाषा वा नेपाल को राष्ट्रभाषा मात्र भनेर न्याय गरेको ठहर्दैन । कारण हाम्रो नेपाली जाति दुई थरी समुदाय मिलेर बनेको छ, जसमध्ये एक थरी सँग दुइटा मातृभाषा छन् र अर्का थरी सँग एउटा मात्र मातृभाषा छ । सरलता का निम्ति हामी इनलाई युगल मातृभाषी र एकल मातृभाषी समुदाय भनेर चिनाउन पनि सक्छौं । जस मध्ये युगल मातृभाषी मा प्रायः नेवार, गुरुब, मगर, राई, लिम्बू, तामाब, थारु, शेर्पा, थकाली, मैथिल र चेपाब आदि बन्धु हरु पर्दछन् भने एकल मातृभाषी मा पहाडी बाहुन र क्षेत्री, दमाई, कामी, घर्ती, गाइने र वादी अनि सार्की तथा दशनामी संन्यासी आदि पर्दछन् । तराई मा बस्ने कतिपय बाहुन, क्षेत्री हरु पनि युगल मातृभाषी मै पर्दछन् । ई दुवै थरी समुदाय मा नेपाली भाषा ले मातृभाषा को स्थान पाएको छ । यद्यपि एसमा केहि नहोलान् भन्न सकिन्न तापनि सामान्य स्थिति एहि हो । एसरी यो साझा मातृभाषा हुन सक्नु भनेको एसको एउटा अद्भुत र अति नै महत्वपूर्ण विशेषता हो । हामीले एस कुरा लाई निक्कै गम्भीर अर्थ मा लिनु पर्दथ्यो र सबै थरी नेपाली लाई समेट्ने शैली मा व्याकरण बनाएर अगाडी बढ्न सक्नु पथ्र्यो तर तेसमा पनि हाम्रो अदूरदर्शिता ले भाषा को जगै हल्लने गरी विवाद उठाउन पर्ने स्थिति आयो । ज्ञढ। हाम्रो छिमेक मा हिन्दी भाषा को राम्रो चहल पहल छ । नेपाली का तुलना मा हिन्दी भाषा कान्छो हो, ता पनि तेहाँ हाम्रा अखबार हरु मा भैंm एउटा कोलम मा ।।।काश्मीर’ र अर्को मा ।।।कास्मिर’ छापिने अवस्था आज छैन । हिज्जे को विवाद उहिल्यै शान्त भई सकेको छ । नेपाली भाषा मा पनि गोरखापत्र लाई दैनिक बनाए देखि र कतिपय साप्ताहिक हरु को नियमित प्रकाशन शुरु भए देखि अनि त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञाप्रतिष्ठान र साझा प्रकाशन आदि स्थापित भए पछि तेसै गरी अर्थात् हिन्दी मा जस्तै सदा सदा का लागी हिज्जे को विवाद टुंगिएला र लेखक हरु शान्त मन ले वाब्मय साधना मा लाग्न पाउलान् भन्ने आशा थियो, तर त्यो हुन पाएन । सभ्य भाषा हरु
मा कतै पनि हिज्जे (स्पेलिब) को बनोट वा आकार लाई जथाभावी परिवर्तन गर्ने चलन हुन्न र तेसकै द्वन्द्वसमास पनि छुट्टै विषय हो । एसर्थ हामीले संस्कृत ले जहाँ जहाँ जोड्छ तेहाँ तेहाँ जोड्नै पर्छ भन्ने ठान्न पर्ने कुनै कारण थिएन । तर हामी चै बढ्तै अन्धविश्वासी भयौं समस्त शब्द मा पनि संस्कृत शैली अपनाउन तम्सियौं । परिणाम स्वरूप भतीजा भतीजी, हरुवा चरुवा, भुरुना भुरुनी, पण्डित पुरोहित र लेखक पत्रकार आदि लेखे हुने मा पनि भतीजाभतीजी, हरुवाचरुवा, भुरुनाभुरुनी, पण्डितपुरोहित र लेखकपत्रकार आदि लेख्ने र छाप्ने आग्रह गरी रहेछौं । ई सब कुरा मा पुनर्विचार नगरी भएको छैन । अरु पनि धेरै विचारणीय विषय छन् तर अहिले लाई एत्ति । अस्तु ।
(यस लेख, लेखककै अनुरोधमा उहाँद्धारानै प्रतिपादित व्याकरणसँग निकट रहेर सम्पादन गरिएको छ । नेपाली भाषामा चलिरहेको बहशमा धरै भन्दा धेरैको उपस्थिति होस् र यो विवादले चाँडैनै निचोड पाओस भन्ने हाम्रो अपेक्षा रहेको छ ।)