सिड्नीमा विश्व साहित्य सम्मेलन

०३ मार्च, २०१६

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भोली देखि सिड्नीमा दोस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी सम्पन्न हुँदैछ । भोलीको साँझ नेपाल लगायत अन्य राष्ट्रहरूबाट आएका अतिथिहरूको स्वागतार्थ गरिने रात्रीभोज र सांष्किृतिक कार्यक्रमबाट सम्मेलनको शुरुवात हुनेछ र आईतबार विश्व काव्य गोष्ठी सँगै सम्मेलनको समापन गरिने छ ।

अनेसास सिड्नी च्याप्टरका अध्यक्ष महेन्द्र पौडेलका अनुसार कार्यक्रमहरू निम्त मिति, समय र स्थानमा सम्पन्न हुनेछन् । डायस्पोरामा रहेर पनि नेपाली साहित्यमा केन्द्रित यस्तो बृहत सम्मेलनको आयोजना गर्ने कार्य निकै प्रशंसनिय हो । साताको साहित्यका तर्फबाट पनि हामी सम्पूर्ण साहित्य अनुरागीहरूलाई कार्यक्रममा उपस्थित भएर सम्मेलनलाई सफल बनाउनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

समय तालिका :

मार्च ४ (शुक्रबार)
एमरेष्ट तन्दुरी फङ्सन सेन्टर
४२२ प्रिन्सेस हाइवे, रकडेल
समयः बेलुका ५ बजे देखि

मार्च ५ (शनिबार)
मेट्रो होटेल मार्लो सिड्नी सेन्ट्रेल
४३१ — ४३९ पिट स्ट्रिट, सिड्नी
समय : बिहान ९ बजे देखि

मार्च ६ (आईतबार)
हिमालयन रेष्टुरण्ट
४३४ प्रिन्सेस हाइवे, रकडेल
समय : बिहान ९ बजे देखि


 

पाठकको प्रतिक्रिया