प्रेम बिनोद नन्दन सम्मानित

१५ सेप्टेम्बर, २०१२


कविडाडा साहित्य समाजको साहित्यक प्रकाशन चरैवेतीको ५ औ अन्क प्रेम बिनोद नन्दन विशेष नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति बैरागी काईलाले एक भब्य कार्यक्रमका विच चितवनको नारायणी कला मन्दिरमा लोकार्पण गर्नु भयो । सोही कार्यक्रममा समाजले देव खानी स्मृति पुरस्कारबाट प्रेम बिनोद नन्दनलाई नगद पाच हजार रुपैया र सम्मान पत्र बाट सम्मानित गरेको थियो । सम्मानित व्यक्तित्वको बारेमा प्रा नारायण प्रसाद खनाल, गोविन्द राज बिनोदी, सुरेन्द्र अस्तफल आदिले बोल्नु भएको थियो । कार्यक्रमको सभपतित्व नारायणी कला मन्दिरका अध्यक्ष बिज्ञानलाल श्रेष्ठ र कविडाडा समाजका अध्यक्ष एल बि क्षेत्रीले सम्युक्त रूपमा गर्नु भएको थियो । कार्यक्रमको सन्चालन कवि भुपीन ब्याकूल र कवि गणेश सर्माले गर्नु भएको थियो ।
स्रोत : सुमन घिमिरे

पाठकको प्रतिक्रिया