'मेरो वैँशको क्यालेण्डर' सार्वजनिक

२९ जनवरी, २०१२

सताको साहित्य डट कम को पहिलो प्रकाशन, कवि सुमन घिमिरे को पहिलो कविता संग्रह यहि माघ १४ गते शनिबार, ललितपुरमा एक समारोहका बीच सार्वजनिक गरियो । कृति को बिमोचन, कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तुलसी दिवस ले गरेका थिए । रिता लिम्बु को उद्घोषणमा सन्चालित उक्त कार्यक्रममा कवि मुकुन्दशरण उपाध्याय, मन्जुल, प्रकाश सायमी, किशोर पहाडी, तथा अन्य कवि तथा साहित्यकारहरू को सहभागिता थियो । कार्यक्रमको आयोजना शुभारम्भ सांगितिक समुहले गरेको थियो । कार्यक्रमको प्रकाशकको तर्फबाट सताकोसाहित्यका सम्पादक निष्प्रभ सजीको रेकर्डेड मन्तब्य पनि प्रसारण गरिएको थियो । यस पुस्तक साताको साहित्य ले अष्ट्रेलियामा पनि बितरण गर्दै छ । नेपालमा भने बी एन पुस्तक भण्डारले बितरणको जिम्मा लिएको छ ।  कवि सुमन घिमिरेलाई बधाई तथा शुभकामना ।

तस्विर: ई कान्तिपुर 

पाठकको प्रतिक्रिया