सिड्नीमा “घरदैलो काव्य संगम” !

२४ फेब्रुवरी, २०१३

अनेसास न्यू साउथ वेल्स च्याप्टर को नियमित साहित्यिक श्रृंखला “घरदैलो काव्य संगम” आज संस्थाका कोषाध्यक्ष महेन्द्र पौडेल का घर–आँगनमा सुसम्पन्न भएको छ । नेपालबाट पाल्नुभएका चीरपरिचित साहित्यिक हस्तीहरु राम प्रसाद पन्त, नवराज कार्की, वेद कुमारी न्यौपाने र समाज शास्त्री ध्रुव वस्यालको साहित्यिक प्रस्तुति सहितको गरिमामय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा भिमसेन सापकोटा, कुमार गिरी, महेन्द्र पौडेल, निष्प्रभ सजी, सानु घिमिरे, प्रदिप चापागाईं सुरेन्द्र दवाडी, निरज जोशी, गजलकार गोपी दवाडी, रुमु न्यौपाने आदिले आआफ्ना रचनाहरु पढेर सुनाउन भएको थियो ।

यस महिनाको कार्यक्रम लाई प्रेम दिवस बिशेषको रुपमा मनाइएको थियो । सबै लेखकले प्रेमको बिम्ब वरिपरि रहेर लेखिएका रचनाहरू वाचन गरेका थिए । अनेसासले मार्चमा बृहत कविता महोत्सवको पनि आयोजना गरेको छ । संस्थाका अध्यक्ष भिमसेन सापकोटाका अनुसार कविता महोत्सवमा एउटा कविता संगह पनि बिमोचित हुँदैछ ।

पाठकको प्रतिक्रिया