अनेसासको साधारण सभा र काव्य यात्रा सम्पन्न

०८ डिसेम्बर, २०१४

अनेसास न्यू साउथ वेल्सको वार्षिक साधारण सभा तथा ‘अनेसास काव्य यात्रा’को अर्को श्रृंखला गएको शनिवार  सिडनी को करनेलमा वनभोज सहित एक पृथक शैलीमा संस्थाका अध्यक्ष महेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न भयो । साधारण सभा लगत्तै राखिएको ‘अनेसास काव्य यात्रा’का सहयात्री थुप्रै स्रष्टाहरुले आ–आफ्ना गीत, गजल र कविताहरु वाचन गरेका थिए ।

नेपाल बाट आएका समाज सेवी एवं कवि रत्न उप्रेती सहित कार्यक्रममा महेन्द्र पौडेल, भीमसेन सापकोटा, सानु घिमिरे, सुरेन्द्र दवाडी, जितेन्द्र मल्ल, आलोक कोइराला, निरज जोशी, सुरज देव श्रेष्ठ, विष्णु घिमिरे, रुमु न्यौपाने, विकास उप्रेती, ममता तिवारी लगायतले आ–आफ्ना रचना वाचन गरेका थिए र उक्त कार्यक्रमलाई संस्थाका महासचिव विकास उप्रेतीले संचालन गरेका थिए ।

समाचार स्रोत: महेन्द्र पौडेल

पाठकको प्रतिक्रिया