अष्ट्रेलियामा भानु जयन्ती सम्पन्न

१२ जुलाई, २०१५

२०१ औँ भानु जयन्तिको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा नेपाली कला—संष्कृति तथा साहित्य प्रतिष्ठानले कविता वाचन तथा सम्मान कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा अष्ट्रेलिया रहेर पनि नेपाली साहित्यका लागि निरन्तर योगदान पुर्याइरहेका कारणले भन्दै युवा साहित्यकार निष्प्रभ सजीलाई नगद र सम्मान पत्र सहित यस बर्षको भानु साहित्य पुरस्कार प्रदान गरिएको थियो । साथमा नेपाली समाजका लागि पत्रकारिता, साहित्य र कला मार्फत योगदान पुर्याउने थप नौ जनालाई सम्मान स्वरुप खादा ओढाई प्रशंसापत्र प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा अनेसास सिड्नी च्याप्टरका अध्यक्ष महेन्द्र पौडेल, नेपाली पत्र अष्ट्रेलियाका सम्पादक ऋषि आचार्य, नेपाली टाइम्स अष्ट्रेलियाका सम्पादक सुजित सिग्देल, गजलकार गोपी दुवाडि लगायतका ब्यक्तित्वहरु थिए । साहित्यकार केदार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा समुदायको तर्फबाट न्यूसाउथवेल्सका महाबाणिज्यदूत दिपक खड्का र समाज सेवी इन्द्रा वन लगायतका अतिथिहरुको पनि उपस्थिति थियो । सँस्थाकी अध्यक्ष सुजाता के.सी.को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको मुखपत्र प्रवासी पाइलाको बिमोजन लगायत रचना वाचन र नृत्यलाई पनि समायोजन गरिएको थियो । ग्रानभिलको टाउनहलमा आयोजित उक्त कार्यक्रमलाई कार्यक्रमका महासचिव मुक्ती पोखरेल र जिनेन्द्र मल्लले सञ्चालन गरेका थिए ।

पाठकको प्रतिक्रिया