गजल मुशायरा २०१५ हुँदै

२५ जुलाई, २०१५

सिड्नी साहित्य वृत्तले यो वर्षको मोती जयन्तीको अवसरमा बृहत गजल कार्यक्रम "गजल मुशायरा -२०१५" आयोजना गर्ने भएको छ। गत सालको कार्यक्रमको सफलताबाट प्रेरित हुँदै यो बर्ष पनि सोहि शैलीको कार्यक्रम प्रस्तुत गर्न लागिएको हो। सेप्टेम्बर महिनाको पहिलो हप्ता गर्ने तय गरिएको उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास), नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलिया, साताको साहित्य र रचना वाचन समूहले संयुक्त रूपमा आयोजना गर्न लागेको हो। असनेपालन्यूज डट कम र अन्य केहि मिडियाहरु उक्त कार्यक्रमको आधिकारिक मिडिया पार्टनर रहने छन। सिड्नीका स्थापित गजलकार तथा नव प्रतिभाहरुको गजल वाचन एवं गायन रहने सो कार्यक्रममा गजलमा नृत्य पनि प्रस्तुत गरिने छ। गजल संकलनका निम्ति गजलको खुल्ला आव्हान गरिएको छ । संकलित गजलहरुबाट प्रस्तुत योग्य गजलहरुको कार्यक्रमका निम्ति छनौट गरिने छ। एक गजलकारको तीन देखि चार वटा सम्म गजल प्रस्तुत गरिने भएकाले गजल पठाउँदा कम्तिमा चार वटाहरु पठाउनु पर्नेछ। इच्छुक गजलकारहरु, बिशेष गरेर नव प्रतिभाहरुले आफ्नो गजल पठाउनका लागि निम्न व्यक्तिहरुलाई सम्पर्क राख्न सक्नहुने छ।

१. महेन्द्र पौडेल -0411494248

२. जितेन्द्र मल्ल -0402525977

३. निष्प्रभ सजी -0413683748

४. गोपी दवाडी -0433056363

अथवा ghazalmusayara@gmail.com मा आफ्ना गजलहरु सिधै पठाउन सकिने छ ।

पाठकको प्रतिक्रिया