मुख्य पृष्ठ » साताको साहित्य पुरस्कार » साताको साहित्य पुरस्कार - २०१६ | प्रेस विज्ञप्ति

साताको साहित्य पुरस्कार - २०१६ | प्रेस विज्ञप्ति

bool(false)

यस बर्षको साताको साहित्य पुरस्कार कवि बोनम प्रतापको कविता ‘म नि सुन्दर थिएँ नि’ लाई प्रदान गरिने निर्णय गरिएको छ । साताको साहित्य डट कम मा अगष्ट २०१५ देखि जुलाई २०१६ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको प्रतिक्रिया र साताको साहित्यको निर्णयको आधारमा तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि जीवन खत्रीको कविता ‘एउटा खस्रो चित्र’ र गजलकार कमल संघर्षको 'गजल' छानिएका थिए । तत्पश्चात् चार सदस्यीय निर्णायक समितिले तीन उत्कृष्ट रचनाबाट पनि सर्बोत्कृष्ट रचनाको रुपमा बोनम प्रतापको रचनालाई बहुमतको आधारमा चयन गरेको थियो । निर्णायक मण्डलमा कवि महेन्द्र पौडेल, ऋषि आचार्य (सम्पादक—नेपाली पत्र अष्ट्रेलिया), सुजित सिग्देल (सम्पादक—नेपाली टाइम्स अष्ट्रेलिया) र निष्प्रभ सजी (सम्पादक—साताको साहित्य) रहेका थिए । लेखक बोनम प्रतापलाई साताको साहित्यको तर्फबाट बधाई तथा शुभकामना । लेखकले पुरस्कार स्वरुप नगद रु बीसहजार र ताम्र पत्र प्राप्त गर्नेछन् । गत बर्ष यो पुरस्कार कवि नवराज पराजुलीले  प्राप्त गरेका थिए । कवि बोनम प्रताप साताको साहित्यकार पुरस्कार प्राप्त गर्ने पाँचौँ लेखक हुन् । 

 

निष्प्रभ सजी
 
सम्पादक

साताको साहित्य डट कम




पाठकको प्रतिक्रिया
अन्य साताको साहित्य पुरस्कारहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस