मुख्य पृष्ठ » कविता » म नि सुन्दर थिएँ नि !

म नि सुन्दर थिएँ नि !

bool(false)

सम्झन्छु,
त्यो पुरानो किताब कहाँ होला !
किताबभित्र राखेको मयूरको प्वाँखले वच्चा पार्यो कि पारेन !
म नाङ्गै नुहाएको चीसाङ्गको पानी
मलाई छोएर कहाँ पुग्यो होला अहिले
कागजको डुङ्गाँ कहाँ पुग्यो
हो म त्यहि जमनाको कुरा गर्दै छु
त्यो जमना पनि सुन्दर थियो
म पनि सुन्दर थिएँ !

इन्द्रेणीले बक्रा खोलाबाट पानी तान्थ्यो
साच्चै
भोलिपल्ट मुसलधारे पानी पर्थ्यो
काँसको फूल चडेर मच्छडहररू कासी जान्थे
ढाटेको होईन !
कासको फूल उडे पछि मच्छडहरु पनि गायव हुन्थे
मधेशको चर्को गर्मीमा
म खुर्सानी बारीको हावा बोलाउथेँ
साचै कहाँबाट आउँथ्यो त्यो चीसो बतास १
म हत्केलामा थुक र परेला राखेर उछिट्याउथें
विद्य्या कसम
हराएको गुच्चा फ्याटै भेट्टाथेँ
खै.........!
मलाई छोएर गएको खुर्सानी बारीको हावा कुन बाटो गयो
हावामा उडेका काँसको फूलहररू
कासी पुगे कि पुगेनन् !
हो म त्यो जमनाको कुरा गर्दै छु ।

तपाईंलाई थाहा छ ?
त्यो जमना उन्नाइस ओटा गुच्चाले पछि पर्यो नि,
अहिले कहाँ एउटा सिक्कामा बीस ओटा गुच्चा आउँछ र ?
बक्रा खोला पारी बाट घाम उदाउँथ्यो
चीसाङ्ग पारि भएर अस्ताउँथ्यो
जहिले देखि थाहा पाएँ
बक्रा र चीसाङ्ग भन्दा क्षितिज टाढा छ
जिन्दगी जटिल त्याहि देखि त भएको हो ।
अहिले जस्तो छल्कपट् आउँदैन थ्यो मलाई
यो दारी जुँघाले भरिएको अनुहार पनि थिएन
हिजो आज ऐना हेर्छु
कुरुप देख्छु आफैलाई
एकदमै कुरुप
पत्याउनु हुन्न होला
म पनि सुन्दर थिएँ नि !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस