गजल

गमला पुरानै देखिन्छ फूल नयाँ देखिन्छ
बुज्रक शिक्षक अघि स्कुल नयाँ देखिन्छ

हिमाल मैला पहाड काला देखेछन देख्नेले
म हेर्छु मैले हेर्दा देश बिल्कुल नयाँ देखिन्छ

रङ्गिन भन्नु पनि मनमा भ्रम फैलाउनु रहेछ
बाढिकाे नदि भन्दा जिर्ण पुल नयाँ देखिन्छ

हातहरु काटिए हाम्रा गलाहरु निमाेठिए
भनेका थिए परिवर्तन अामुल नयाँ देखिन्छ

यी लामखुट्टे पुरानै हुन याे काेठा पुरानै हाे
सहरमा केवल मान्छे र झुल नयाँ देखिन्छ

पाठकको प्रतिक्रिया
अन्य गजलहरू