गजल

साँहिला दाइले सिमानामा बार लगाउने रे आमा

टेक्नेहरुलाई खुकुरीको धार लगाउने रे आमा

 

हाम्रो छुट्टै राज्य खोइ त सोधेकी थे बालाई

आगनको डिल वरै वाट तार लगाउने रे आमा


चौतारीमा वरपिपल रोप्ने अर्कै जातको रैछ,

खै कस्ले हो काटेर झार लगाउने रे आमा

 

खोलाको छेउ माझीदाईको छुट्टै राज्य छुट्टै जनता

डुङ्गा बाट तिनलाई मात्रै पार लगाउने रे आमा

 

साहिला“ दाइले सिमानामा बार लगाउने रे आमा

टेक्नेहरुलाई खुकुरीको धार लगाउने रे आमा



गोरखा, नेपाल

पाठकको प्रतिक्रिया
अन्य गजलहरू