मुद्दा

bool(false)

आकाश डम्म थियो । माघेसंघ्राँतीको एकदिन अघि हुँदो हो सायद । खास जाडोको त्यति अनुभव त भएकै छैन यसपटकको हिउँदमा । तैपनि बिहान बेलुका अति चिसो तर दिउँसो भने चैत झैं भैसकेको थियो काठमाण्डौको मौषम । बढ्दो जलवायु परिवर्तनको असर हो भन्थे विज्ञहरु यसलाई । हुनपनि सरकारी जम्बो टोलीले कालापत्थर देखि कोपनहेगन सम्मको यात्रा यसअघि नै तय गरिसकेको थियो ।जलवायु परिवर्तनको असरले नेपालमा परेको प्रभावबारे विश्व समुदायको ध्यान खिच्न भनेर ।

बिहान पत्रिका हेर्दै थिएँ । हाँसो उठ्ने प्रकारका खबरहरु आइरहन्थे पत्रिकामा आजकल नियमित जसो । यस अर्थमा पत्रिका पढ्नुको मजा बेग्लै हुन्थ्यो, खबर कम हाँस्य बढी पाइने हुँदा । पत्रिकाको सबै प्रमुख खबर नेताहरूको भाषण नै हुन्थ्यो र नेताहरूको भाषण चटकेको बोलीजस्तो ।
  देशमा नयाँ संविधान बन्ने र देशले नयाँ काँचुली फेर्र्र्ने कुराको मात्र चर्चा हुन्थ्यो जताततै । सबैजना आ–आफ्ना माग र अधिकारका लागि उठ्दै गरेको बेला । स्वास्थ्य, शिक्षा , रोजगारी जस्तै व्यक्तिगत स्वतन्त्रता र आत्मनिर्णयको अधिकार जस्ता शब्दहरुले व्यापकता पाइरहेका थिए । भलै ती शब्दहरुको अर्थ सबैले थाहा पाउन् वा नपाउन् । हरेक मानिसले आफु अनुकुल व्याख्या गर्ने छुट भने नपाएका हैनन् ।

“नमस्कार ”
एकाएक नमस्कारको आवाजले झस्कायो र हेरें । अगाडी दुबै हात जोडेकै स्थितिमा मूर्तिवत् खडा थिई उ ।
बाहिरको मौषम जस्तै अँध्यारो चिर्न सोधें “बस किन आयौ एकाबिहानै ?”
भनि “एउटा लडाँइ लड्नुप¥यो ।”
“कस्तो लडाइँ ?”
“स्वतन्त्रताको । अधिकारको लडाइँ ।”
उ पनि एउटी महिलावादी नेतृ नै हो भन्नेसम्म थाहा थियो तर कुन पार्टीकि हो थाहा थिएन मलाई ।
अनुमान लगाएँ – माओवादी रै,छ र आन्दोलनको कुरा गर्दैछे ।
“त म के गरुँ ?”
“सहयोग ।”
आजभोलि माओवादीहरु पनि यसैगरि सहयोग माग्न आइरहेका हुन्छन् राष्टियताको आन्दोलन गर्न भनेर । त्यसैले आफ्नो अनुमान पुरापुर मिलेको ठानें ।
अब अलि सतर्क भएँ र जिज्ञासा राखें— “के सहयोग खोज्दैछौ मसंग ?”
“एउटा मुद्दा लडिदिनु पर्यो मेरो पक्षमा” उ एकै सासमा बोली “मेरै लोग्नेको बिरुद्धमा ।”
अन्यौलमा परें म मैले सोचे भन्दा बिल्कुलै फरक उसको अपेक्षाको कुरा सुन्दा ।
    एउटा वकिलको घरमा एकाबिहानै कुनै वादी प्रतिवादी आउँदा खुसी लाग्नुपर्ने हो पेशाको हिसाबले । तर खुसी हुन सकिन म । घोर अचम्ममा परें बरु । अचम्ममा पनि किन नपर्नू र ? प्रेम विवाह गरेको ३,४ बर्षको अवधिमा एउटी महिला आफ्नै श्रीमान्को विरुद्ध मुद्दा लड्ने तयारीमा छे । त्यहिपनि विदेशमा रहेको मान्छेसँग ।
भनें —“मुद्धा लड्न मिल्दैन । तिम्रो श्रीमान् त विदेशमा छ कसरी लड्छौ ?”  
“हैन आईसक्यो” उसले बताई “एक महिना भो फर्केको ।”
“उसलाई भन मैले भेट्न खोजेको छु ।” म उनीहरुको सम्बन्ध सुधार्ने मनसायमा बोलें । पछि भेट्ने सर्तमा उ फर्किई ।
    हुनत मैले आफ्नै खुट्टामा बञ्चरो हान्दै थिएँ । एउटा आफ्नो हातमा आएको मुद्धा नलडि मिलापत्र गर्न खोज्दैछ । काम नहुँदा परिवारको छाक टर्थेन तर पनि पैसा नै मात्र ठूलो हो भन्ने लागेन मलाई । मानवता भनुँ वा संवेदनशिलताले जित्यो फेरि एकपटक । एक दुई पटक मैले यसैगरि मुद्धा लड्न आएकालाई मिलाएर पठाईसकेको छु यसअघि नै । त्यसैले मेरा अरु साथीहरू समय समयमा जिस्काउँथे –“तपाईं म्यारीज व्युरो खोलेर बस्नुपर्ने मान्छे, छोड्दिनुस् यो वकालत गर्ने पेशा ।”

           दुई दिन पछि आयो उसको श्रीमान् मेरो घरमा । कुनै टि.भी. च्यानलमा आईरहेको संविधान सभा सम्बन्धि बहस हेर्दै थिएँ । उ विस्तारै बिरालोको गतिमा भित्र छि¥यो र टुसुक्क छेउमा बस्यो । आधा घण्टाको बहस नसकुन्जेल मैले उसलाई खास केहि रेस्पोन्स गरिन । बिचमा अलिअलि याद गर्दै थिएँ उसको गतिविधि । त्यो आधा घण्टाको समय बिताउन उसलाई यति छट्पटि भयो कि मानौं त्यो आधा घण्टा हैन आधी महिनाको समय हो ।  एकपटक पुलुक्क उसको अनुहार हेरें पहिरोले खाएको वस्ती जस्तै उजाड थियो उसको मुहार । विवशताको भारीले थिचिएर उठ्न नसकेको जस्तै थियो उसको शिर । टि.भी.मा आईरहेको बहस सकिएपछि यसरी लामो सास फे¥यो कि लाग्थ्यो ठूलै समस्याबाट उम्किएको होस् उ । टि.भी. बन्द गरेर उतिर ध्यान केन्द्रित गरें । अब भने अलि चहकिलो अनुहारले आशातीत नजर डुलायो मतिर ।
सोधें कैले “आयौ विदेशबाट ?”
“एक महिना भो ।”
“बिहे गरेको तिन बर्ष भो । दुई बर्ष त विदेशमै बितायौ , अब आउनासाथ डिभोर्स चाहियो हैन ?” अलि कठोर ढंगले प्रस्तुत भएँ म ।
“हैन म डिभोर्स चाहन्न ।”
“तिम्री श्रीमती चाहन्छिन डिभोर्स त । आफ्नो स्वतन्त्रताको रक्षा गर्न रे । तिमीले त अरुको स्वतन्त्रता लुट्न पाएकै छौ किन चाहन्थ्यौ त ?”
कागति निचोरेको जस्तै भयो उसको अनुहार । र मलिन स्वरमा भन्यो— “मेरो केहि गल्ती छैन । डिभोर्स गर्न चाहन्न र एक्लो बाँच्न पनि सक्दिन म ।”
म वास्तविकता जान्न उत्सुक भएँ । किन पुगिन उसकि श्रीमती डिभोर्स गर्ने निर्णयमा ? जो उ चाहँदैन ।
“के कारणले विग्रह आयो तिमीहरुमा ?”
“बढि माया गर्दा र बढि बुझक्कड बन्दाको परिणाम हो यो । यत्ति बोल्यो र टोलायो एकछिन । जे कुरा नि ठिक्क हुनुपर्दाे रहेछ  ।” फेरि मुख फा¥ेयो –“मेरो माया अलि बढि नै भएछ सायद ।”
“बढि मायाले त सम्बन्ध झन् गाढा हुनुपर्ने हैन र ? के हावादारी कुरा गर्छौ ??”
“हावादारी हैन, कुरा त्यस्तै छ ।”
“स्पष्ट भन । किन जिब्रो चपाउँछौ ?”
“हो हजुर मैले प्रेम पूर्वक श्रीमती दिएको उपहारले नै मलाई यो गतिमा पु¥यायो ।”
“अचम्म । के दियौ र त्यस्तो उपहार जो तिमी भन्दा प्रिय भयो तिम्री श्रीमतीलाई ?”
“सेक्सटोयज ।”  उत्तरमा बोल्यो उ ।
“ह्वाट ?”
“एस सेक्सटोयज । म अघिल्लो पटक नेपाल आउँदा ल्याईदिएको थें मेरी श्रीमतीको लागि । म नहुँदा मेरो अनुपस्थितीले नपीरलोस् भनेर ।” अब धारावाहिक रुपमा प्रस्तुत भयो उ — “ ३,४ बर्ष अघि देखिको प्रेमलाई विवाहमा बदल्यौं । अब खाने मुख एउटा मात्र रहेन , एउटाबाट २ वटा भईसकेको थियो । शहरको महंगीको उकालो लाग्दै गरेको ग्राफलाई थेग्न सक्ने कमाई भएन मसंग । १,२ बर्षपछि त छोरा छोरी पनि होलान् झन् कसरी गर्जाे टार्ने हो ? यस्तै सोचाईले सताई रहन्थ्यो । घरपरिवार बाट कत्ति पनि सहयोग थिएन । आखिर परिवारसँग विद्रोह गरेर गरेको विवाह न पयो हाम्रो । त्यसैले विवाह गरेको १ बर्षमै उनलाई एक्लै छोडेर विदेश भासिएँ, भविश्यको खुसीको लागि भनेर ।” उ अझ भावुक बन्यो । उसको स्वर गहिरो इनारमा ढुंगा खसाले जस्तै भासिँदै गयो । “एकसाँझ दुइजना यहि र यस्तै विषयमा कुरा गर्दै थियौं । ” उ फेरि अगाडि बढ्यो —“यसरी कमजोर नबन अमन । अभावसंग÷समस्यासंग भाग्ने हैन । डराउने र हडबडाउने पनि हैन रत्ति पनि । जुध्नुपर्छ बुझ्यौ ? म छु नि तिम्रो साथमा किन चिन्ता लिन्छौ ? केहि समय दुःख गरौं नियति नै यस्तै रहेछ भने किन सुर्ता गर्नु ? केहि न केहि उपाए चलिहाल्ला नि । बरु साथीभाइहरुसंग सरसापट गरेरै भएपनि १,२ बर्ष विदेशतिर जाउ केहि कमाइ गरेर फर्केपछि बसौंला नि सुखले । म त तयार छु तिम्रो खुसीको लागि तिमीबाट टाढिएर बस्न पनि । आखिर जिन्दगीभर खुसीले बाँच्न पाईन्छ भने केहि समयको पीडालाई हाँसेर पचाउन किन आनाकानी गर्नू ?”उनको यस्तो सल्लाहले पनि उर्जा थप्यो म मा । र त मन मुटु यतै छोडेर शरिर लिएर गएको हुँ त्यो पराई ठाउँमा ।
 अनि ? अनायासै फुत्कियो मेरो मुखबाट यो शब्द । ‘ समाज र परिवारको चुनौती सहेर गरेको घरजम, नवविवाहीत यौवन अबस्थाकी श्रीमतीलाई छाडेर आउँदाको विछोडको पीडा साह्रै गाह्रो भो सहन । हरक्षण, हरपल मन भने नेपालमै हुन्थ्यो मेरो । यसै कारण गएको १ बर्षमै २ महिनाको छुट्टी लिएर नेपाल फर्कें । साथमा केही पैसा थियो र श्रीमतीका लागी विदेशी गिफ्ट पनि । विदेश रहँदा जुनुको अनुपस्थितीले खुव पिरोलेको थियो मलाई । त्यसैले उनको मर्म पनि यही हो भन्ने लाग्यो । त्यही बुझाईले उनलाई सहज होस भनेर त्यतिबेला नै ल्याईदिएको हुँ ‘सेक्सटोयज’ ।

मैले विदेशबाट ल्याएका सबै पैसा र उपहारका सामानहरु आएकै समयमा तुरुन्तै जुनुलाई सुम्पें । तर यौेटा चिज चैं ‘सरप्राइज गिफ्ट’ दिन लुकाएर राखें । जाने अघिल्लो रात ‘ जुनु तिम्रो लागी मैले विदेशबाट स्पेशल गिफ्ट ल्याईदिएको छु । लौ लिउ तिम्रो उपहार’ भन्दै त्यही सेक्सटोयस दिएँ । शुरुमा एकछिन त अलमलिइन् उनी । पछि सम्झाएँ ‘ आखिर चाहना मार्न सकिन्न, म बुझ्छु तिम्रो विवशता । कम से कम हामी एक अर्काप्रति इमान्दार हुनु प¥यो । सब ठिक हुन्छ कि कसो ?’ यसरी विदा भएको थिएँ । अघिल्लो पटक घरबाट ।”

‘ओहो कति राम्रो सोच, कस्तो असल बुझाई तैपनि समस्या के मा ?’
‘मैले अघि नै भनें नी’ फेरि प्रसंग जोड्यो उसले ।
–‘त्यही सरप्राइज गिफ्ट नै बन्यो हाम्रो सम्बन्ध विगार्ने कारण ।’
र्
विदा सकिएर गए पछि दैनिक जसो भएको फोनको कुृराकानीमा खुब खुशी पाउथें म उनलाई । झन् बढेको थियो प्रेम, विस्वास र समर्पण एक अर्काप्रति ।’
म तिनछक परें–‘प्रेम, विस्वास र समर्पण बढ्नुको परिणाम कसरी डिभोर्सको चाहना हुन सक्छ ।’
भनें– ‘तिमीले भनेको प्रेम, विस्वास र समर्पणका कुरा झुट कि तिम्री श्रीमतीको डिभोर्स गर्न चाहना झुट ?’
‘त्यही त हजुर भन्दै छु नी’ उ किन सुन्थ्यो र मेरो कुरा । थप प्रस्ट्याउन थाल्यो ‘पोहोर आउदाको पैसाले एक टुक्रा घडेरी किनिछिन् जुनुले । यसपाली ल्याएको पैसाले सामान्य व्यापार गर्न प्रयोग गरौंला भन्ने सोची अब विदेश नजाने मनसायले आएँ । खुब उत्साहित थिएँ म । हाम्रो सपना थोरै भए पनि साकार भो भनेर । आएको चारपाच दिनमै सबै सपना धुमिल भए मेरा । सोचेको सुख कता हरायो कता ? एक्कासी आधीँवेहरीले उडाएर लगेजस्तो पो भए ती सब कुराहरु । चट्याङले लथालिङ्ग बनाए जस्तो हुन लाग्यो भविष्यका योजनाहरु ...........।’
–‘ के भो र चार पाच दिनमै त्यस्तो ?’
कसरी भनु हजुर यस्तो कुरा ? हुन त सबै कुरा यसैले नै विग्रेपछि कि लुकाउनु ? क्लह शुरु भो आएकै भोलिपल्ट बाटै । दुई÷चार दिन पछि उग्र रुप नै लियो त । आएको रात व्यापार व्यवसाय सन्तान आदि लगायतको विषयमा भविष्यो योजना बनाइयो । एक बर्ष पछि आफ्नो प्रिय मान्छेसंग भएको भेट, एक अर्काको न्यानो अंगालोमा बेरिदा आफैंलाई भुलेर हराइयो एक अर्काभित्र । भोलिपल्ट विहानै मैले एउटा नमिठो कुरा सुन्नु प¥यो । उनी म प्रति असन्तुष्ट थिइन । यो कुरा मुखै खोलेर भनिन् ‘ अब त जुन प्लेजर मैले भाईव्रटरबाट पाएको थिएँ । त्यो तिमीबाट पाउन सकिन ।’ अब मलाई पहाडले थिचे जस्तो भयो । संसार सबैतीर अध्यारोले मात्र ढाके जस्तो भयो । मलाई उनको कुराले अनकन्टार ठाउको भीरको टुप्पाबाट खसेजस्तो भयो । भर्खर मार हानेको खसी जस्तो छटपटाईरहेको थिएँ, के गरुँ, कसो गरुँ ? भैरहँदा एकदम अशान्त थियो मन । त्यही बीच मेरो दिमागमा झिलिक्क आइडिया फू¥यो र तत्कालै केन्द्रिय परिवार नियोजनको परामर्श हटलाइनमा फोन गरें ।
‘सेक्सटोयस विगारीदिनु नेपालमा मर्मत गर्ने  ठाउ छैन’ भन्ने परामर्श पाए पछि त्यसै गरें ।
र्
ए.........।’र्
त्यसपछि समस्या समाधान होला भनेको त समस्याको शुरुवात बल्ल पो भयो त हजुर ।’
‘कसरी नी ?’
‘सेक्सटोयस विगारीदिए पछि खुब रिसाईन् उनी मसंग । मैले उनको स्वतन्त्रता लुटें रे । इच्छा र चाहना मार्न प¥यो रे । भनिन्–‘तिम्रो खुशीको लागी आफ्नो स्वतन्त्रता र खुशीको बली चढाउन सक्दिन अमन ।’
यसरी नै उठको हो विवाद हामीविच जुन हजुरसम्म आइपुग्यो । छोडपत्रको कागजसम्म तयार भयो । तर म विलकुल तयार छैन डिभोर्स गर्न र एक्लै जीउन । म मेरो प्रेम गुमाउन चाहन्न । म चाहन्छु डिभोर्स पेपरमा मेरो होइन, मिलापत्रमा उनको हस्ताक्षर गराई सहयोग गर्नु हुनेछ ।’
‘हुन्छ केही उपाय गरुँला, तर दुई÷चार दिन समय देउ मलाई ।’ मैले आश्वसनको भाषा बोलें । उ मसंग ठूलो आशा राखेर फक्र्यो ।
केहिदिन पछिको एक दिउँसो न्यूरोड खिचापोखरी तिर हिड्दै थिएँ । एक्कासी कुनै नारी स्वरले बोलायो । यताउती फर्केर हेरें । बोलाउने व्यक्ति उही थिई जुनु । ‘दि कण्डम हाउस’ को मूलगेटतिरबाट हात हल्लाउदै बोलाउँदै रहिछ ।
‘कता गएर ?’
‘यहीँ सम्म’ दि कण्डम हाउसतिर फर्केर हल्का मुस्कुराउदै बोली ‘एउटा सामान किन्नु थियोृ र आको ।’
उसको हातमा झुण्डिएको सामान नियालें । थाहा पाएँ । उ त्यहाबाट कृतिम यौनाङ्ग किनेर फर्किन लाग्दै थिई । मैले सामान नियालेर हेरेपछि केही असहज मान्दै प्रसंग बदली–‘ के भो मेरो कुरा ? म अब धेरै कुर्न सक्तिन । आजै फाइनल होस यो कुरा ।’ उ निर्देशन दिए झैं गरी बोली । मैले तुरुन्तै उसको श्रीमानलाई फोन गरेर मेरो घरमा बोलाएँ  र उसलाई पनि संगै लिएर गएँ ।
मेरो घरमा दुबैजना आइपुगे । मैले दुबै जनालाई पालैपालो प्रश्न गरें ।
‘के चाहन्छौ?’
‘प्रेम, विश्वास र समर्पण सहितको सुदृढ सम्बन्ध’ अमन बोल्यो ।
‘तिमी नी ?’ जुनुतिर संकेत गरे ।
‘स्वतन्त्र जिन्दगी । त्यसको लागी डिभोर्स ।’
‘उ त डिभोर्स चाँहदैन नि । सुनेनौ अमनको कुरा ?’
‘सुनें तर मेरो पनि त कुरा सुन्नु भो होला नि ? किन सधैैं पुरुषको कुरा मात्र सुनिन्छ ? र ओझेलमा पारिन्छ हामी नारीका कुरा ?’ उल्टो मलाई नै प्रतिप्रश्न गरि ।
मैले केहि नबोल्दै फेरि बोल्न थाली ‘म आफ्नो जिन्दगी स्वतन्त्रता पूर्वक जिउन चाहन्छु । हो हामीले प्रेम विवाह गरेका हौं र मैले उसका हर सुख दुःखमा साथ दिन्छु भनेको पनि हो ।  

तर त्यो बाचा कसम त्यतिबेला नै तोडियो जतिबेला उसले मलाई केहि नभनी सेक्सटोयज बिगारी दियो । उसले मेरो बिश्वास त्यहिँ गुमायो । अबिश्वासै अबिश्वासमा एक अर्कालाई सधैँ शंकाको नजरले हेरेर कसरि सकिन्छ सँगै बाँच्न ? कसरि बन्छ सुदृढ सम्बन्ध ? के हामी नारीको चैँ हरेक चाहना पुरुषको चाहना पुरा गर्न अधुरै छोड्नुपर्छ भन्ने छ ? अलिकति पढे बुझेका भनेका हामी जस्ता केहि पात्रहरू त समर्पणको नाउँमा आफ्नै खुशीको हत्यारा बन्न बाध्य छौँ भने अन्य यवद पात्रहरूको हालत के होला ? उ नरोकिईकन बोली नै रही, खुलामञ्चमा कार्यकर्ताको तालीले हौसिँदै भाषण गरिरहेको नेता जस्तै धारावाहिक रुपमा । “मलाई घृणा छ ती पुरुष मानसिकता प्रति, जो आफ्नै इच्छालाई सर्वोपरि ठान्छ र आफ्ना कुरा मात्त लाद्न खोज्छ । आफुँ अनुकुल भए आफुँप्रति समर्पित सोच्छ र अरुको भावना कुल्चेर हिँड्न नपाउँदा सशंकित हुने गर्छ । झन् यो यौनको मामिलामा त हरेक पुरुष नालायक लाग्छन् मलाई । कहिल्यै कुनै पुरुषले सोध्छ यौनको मामिलामा ? यौटा पुरुष दिनभर भट्टीमा पिउँछ र राति हल्लँदै आउँछ । दिनभरको कामको थकाईले लखतरान भएकी श्रीमतीलाई बिना सोधखोज । र टोकिदिन्छ ठ्वास्स गन्हाउने मुखले ओठमा, गालामा र अन्य ठाउँ कुठाउँ । उसकी श्रीमती बाध्य हुनु पर्छ उसको यौन तिर्खा मेट्नलाई । उसको भारी ज्यान चढाइदिन्छ पुरै र मच्चीरहन्छ आफुँ खुशी । त्यसमा पनि मरेको लास झैँ बनिदिनु पर्ने रे नारीले चुपचाम, बस् समर्पणको नाममा । तपाईँले कुनैदिन सोध्नुभएको छ आफ्नी श्रीमतीसंग मानसिक रुपमा तयार छौ कि छैनौ यौन सम्पर्कका लागि भनेर ? के नारीको चैँ यौन चाहना बुझ्न जरुरी छैन पुरुषले ? हाम्रो चैँ यौन अधिकार नहुने ? म कसरि सन्तुष्ट हुन्छु तेसरी सन्तुष्ट हुन पाउने कि नपाउने ? तेसैले वकिल साब म आफ्नो अधिकार सहितको जिन्दगी जिउन चाहन्छु । अरुको दास बनेर बाँच्न मञ्जुर छैन मलाई । ” उ अझै आक्रोस पोख्दै थिई —“आफ्नो जिन्दगी आँफुले चाहे जसरी बिताउन पाउनु पर्छ । म उ सँग अब खुसी रहन सक्दिन । म चाहन्न उ सँगको सम्झौताको जिन्दगी बिताउन । यी हेर्नुस मेरो ब्यागमा, मैले भर्खरै कृतिम यौनांग किनेर ल्याएकी छु । जसले मलाई पूर्ण रुपमा यौन सन्तुष्टी दिन्छ । म सक्दिन रक्सीले मातेर चढाउने शरिरको बोझ थाम्न । र चाहन्न बलात्कार शैलीको यौन सम्बन्ध । मैले धेरै भोगेको छु उ सँग यस्ता सम्बन्ध । उसको कमजोरीको कारण उ तुरुन्त स्खलित भैदिनाले असन्तुष्ट म श्वैतभैरवी बनेर छट्पटिएरै काटेकि छु कैयन रातहरू.....। ” बल्ल सकि उसले अधिकार गुमाएको कुराको तर्क ।

यी दुबै पात्रको कुरा सुनिसकेपछि म घोर अन्यौलमा परेँ । अमन बिरुद्धको उसकी श्रीमतीको स्वतन्त्रताको लडाईँमा साथ दिउँ कि नदिउँ भनेर ।

 

****



पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस