मुख्य पृष्ठ » साताको साहित्य पुरस्कार » के हो ‘साताको साहित्य पुरस्कार’ ?

के हो ‘साताको साहित्य पुरस्कार’ ?

bool(false)

साताको साहित्य पुरस्कार कुनै खुल्ला प्रतियोगिता होइन । यो साताको साहित्य डट कम मा बर्षभरी छापिएका रचनाहरूमध्येबाट पाठकहरूले सबैभन्दा मन पराएको रचनालाई सम्मान गर्ने परम्परा हो । यसको शुरुवात साताको साहित्य, ब्लग बाट वेभसाइटमा रुपान्तरण भएपछिको पहिलो बार्षिकोत्सवको अवसर पारेर सन् २०१२ को अगष्ट महिनाबाट शुरु गरिने भएको छ । यो परम्परा हरेक बर्षको अगष्ट महिनामा यसरी नै निरन्तर चलिरहने छ । पुरस्कार दिनु भन्दा पहिले, साताको साहित्य ले पाठक प्रतिक्रिया र लाईक चिन्हहरूको गणना गरेर तिनवटा उत्कृष्ट रचनाहरूको नाम सार्वजनिक गर्नेछ । यी तिन रचनाहरूमध्ये बाट पनि सर्वोत्कृष्ट रचना छान्ने अधिकार भने साताको साहित्य ले हरेक बर्ष सार्वजनिक गर्ने सम्पादन मण्डललाई पाउनेछ । कुनै पनि रचनाले साताको साहित्यको मुख्य पृष्ठमा रहँदा (एक साता) प्राप्त गरेका प्रतिक्रिया र लाईक चिन्हहरूलाई मात्र पुरस्कारका लागि गणना गरिनेछ । जसले गर्दा बर्षको शुरुवातमा अथवा अन्त्यमा छापिएका जुनसुकै रचनाहरूले पनि पाठक प्रतिक्रयाका लागि समान समय पाउनेछन् । हरेक बर्ष को अगष्ट देखि जुलाई सम्म प्रकाशित रचनाहरू मध्ये बाट यसरी निर्विवाद छानिएको सर्वोत्कृष्ट रचनाका श्रष्टाको नाम हरेक बर्षको अगष्ट महिनामा सार्वजनिक गरे पश्चात एक समारोहका बिच “साताको साहित्य पुरस्कार” प्रदान गरिनेछ । पुरस्कार स्वरुप लेखकले नगद रु दशहजार र सम्मान पत्र प्राप्त गर्नेछन् । साताकोसाहित्यडटकम को उद्धेश्य सँधै नेपाली साहित्यको सम्वृद्धि र बिकासमा केन्द्रित रहने छ ।

साताको साहित्य परिवार
११ अप्रिल २०१२

 

साताको साहित्यका सम्पूर्ण पाठक र अग्रज साहित्यकर्मीहरूको सल्लाह बमोजिम यो बर्षदेखि साताको साहित्य पुरस्कारका लागि तिन उत्कृष्ट रचनाहरू छान्दा, पाठकहरूको प्रतिक्रिया र निर्णायकहरूको निर्णयलाई पचास—पचास प्रतिशतमा बिभाजन गरि निर्णय लिइने कुरा जानकारी गराउँदछौँ । । यो बर्ष देखि साताको साहित्य पुरस्कारको रुपमा लेखकलाई नगद बीस हजार र ताम्रपत्र प्रदान गरिने छ ।

 

साताको साहित्य परिवार
 ०१ अगस्ट २०१३

पाठकको प्रतिक्रिया
अन्य साताको साहित्य पुरस्कारहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस