मुख्य पृष्ठ » कविता » तीर्थ गुरुङ को कविता

तीर्थ गुरुङ को कविता

string(43) "user_uploads/members/955666148136_large.jpg"
लेखक
निष्प्रभ सजी
नाम : निष्प्रभ सजी
ठेगाना : हेमजा, कास्की (हाल सिड्नी अष्ट्रेलिया
ईमेल : nisprabhsaji@gmail.com
  निष्प्रभ सजी का रचनाहरू

 

 

तीर्थ गुरुङ ले 

भर्खर एउटा कविता लेखेको छ

र, पट्याएर राखेको छ 

आँफु पल्टिएको सिरानी मुनि !

 

 

उस्ले त्यो कविताको शिर्षक 

राख्न पनि भ्याएको छैन

उस्ले त्यो कविता

उसकी मनमाया र सानी छोरीलाई

सुनाउन पनि पाएको छैन 

शयद उसले त्यो कविताको शिर्षक

उस्की सानी छोरीको 

मुस्कान जस्तै राख्न खोजेको होला 

शायद उस्ले त्यो कविताको शिर्षक

उसकी मनमायाको

शाहस र बिश्वास जस्तै राख्न खोजेको होला !

 

 

तिर्थ गुरुङको कविताको शिर्षक

उसले राख्न खोजे जस्तै होस् 

यसपाली  राख्न पाएन भने पनि

आउने बर्ष

उसको कविताको शिर्षक

कदापि नबदलियोस् !

ढिलो भएर के भो र 

तीर्थ गुरुङ को कविताको शिर्षक

उसले देखेको सपना जस्तै होस् ! 

 

 

धेरै भयो

तीर्थ गुरुङको कविता नसुनेको !

 

 

मलाई बिश्वास छ

उसले भर्खरै सिरानी मुनि

पट्याएर राखेको कविता

उ, पोहोर साल

दोहा बाट फर्किँदा 

उसकी मनमायाको अनुहारमा देखिएको

चमक जस्तै उज्यालो हुनेछ !

 

 

तीर्थ गुरुङ ले 

भर्खर एउटा कविता लेखेको छ

र, पट्याएर राखेको छ 

आँफु पल्टिएको सिरानी मुनि !

 

 

 

( यतिखेर दुबै मृगौलाले काम नगरेर अस्पतालको बेडमा डायलासिस प्रक्रिया मार्फत यो डरलाग्दो समय सँग जुधिरहेका कवि तीर्थ गुरुङमा समर्पित । तीर्थ गुरुङ संरक्षण कविता आन्दोलनका एउटा प्रखर कवि हुन् । तीर्थ गुरुङ को म्रिगौला प्रत्यारोपणका लागि साताकोसाहित्यडटकमले अष्ट्रेलियाबाट केही सहयोग जुटाउने प्रयास गरिरहेको छ । हामी कविको  सिघ्र स्वस्थ्यलाभको कामना गरौं ।)   

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस