दैनिकी

bool(false)

सवेरै उठेर
उघार्नु छ घरका ढोका
बढार्नु छ कसिंगर र धुलो
पुछ्नु छ भुईं
चमक्क चम्किएको भुईं हेर्दै
मुस्कुराउनु छ गृहिणी मुस्कान
सजाउनु छ बैठक
मिलाउनु छ शयनकक्ष
र ओलम्पिकको स्वर्णपदक जित्ने दौडजस्तो
दौडनु छ भान्साको अविदित भूगोलमाथि बिहानभर

चिया चमेना
भात भान्सा
टिफिन पानी
सिद्धिएपछि यो सबै चटारो
कतै अनन्तको उडान भर्ने तयारीजस्तो
निस्कनु छ बाच्ने उपक्रमको

एउटा दैनिक धावनमार्गमा

मानौं
पर्खेर बसेका छन् बाटो वार्पिारि
प्रकृतिको अशेष गीत गाउने चराहरू
वा लालयित छन् आखैअघि ठोक्किन
हावाको लयमा नाच्ने पुतलीहरू
सुघदै बाटोको परिचित गन्ध
छिचोल्दै मानिसहरूको भीड
र महसुस गर्दे हृदयमा
बाटोमा हिंडिरहनुको आनन्द
पुग्नु छ कहीं, कुनै नियमित गन्तव्यमा
र बिसाउनु छ झोला

फर्कनु छ तीब्र रफ्तारमा
थामिनु छ आगनको पृथिबीमाथि
र खोल्नु छ ढोका

घरैभरि मलाई पर्खेर बसेका
अनगिन्ति छन् बेफुर्सदी
क्यालेण्डरजस्तो टागिएको छ अदृश्य

साझ बिहानको निजी कार्यतालिका
र त्यसैका मसिना कोठाहरूमा
बाडिनु छ प्रत्येक दिन आफैलाई टुक्रयाएर

सिर्फ म जान्दछु
मेरा घरका भित्ताहरूको लिपि
र मात्र मलाई थाहा छ
कहानेर छ
मेरा पसिनाको मसीले लेखेको
गुमनाम किताबखाना

जब अलमस्त निदाउछ रात
थाकेर लस्त भएको जीउलाई
थुपारेर सनातन बिछ्यौनामा
डुब्दै उत्रन्छु अवचेतन
र्याल र बिर्यको दलदले समुद्रमाथि
र किनारमा निस्केर
दोहार्याउछु मनैमनमा
मयल र पानीको
दुःख र निर्वाणको
यात्रा र गन्तब्यको

जीवनभरिको अबोध्य कथा


संझन्छु निदाउनुअघि हरेक रात
गृहस्थीको अज्ञात प्रोफाइलमा खज्मजिएर
सकसले सास फेरिरहेको
कदाचित पूरा हुन नपाएको कविता ।

००००

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस