खुशी

bool(false)

बल्लतल्ल
नौ महिनापछि
बाकसमा बन्द भएर
अरबबाट
उसको लास आईपुगेको छ
र, लास आईपुगेको कुराले
उत्सव जस्तो
उसकी स्वास्नी र छोराछोरीसँगै
आफन्तहरूका बीचमा
खुसीयाली छाएको छ !

आंगभरि ठिहिर्याउँदै उनीहरूको जेठ बित्यो
आँखाहरू सुकाउँदै साउन/भदौ बित्यो
भत्भती आँत पोल्दै पुष/माघ बित्यो
मर्ने त मर्यो मर्यो
ज्यूँदा भनिएका उनीहरू
मर्नु र बाँच्नुको दोसाधमा
सास फेरिरहे
मान्छे मरेको घरमा के को उत्सब ?
फेरि पनि चाडवाड आउँदा
लास सद्गद नगरेसम्म जुठो बार्नु पर्दैन भनेर
उनीहरूको सम्वेदना माथि
पुरेतहरूले निरन्तर आक्रमण गरिरहे
र, उनीहरू
नबाँचे जस्तै बाँचिरहे
नमरे जस्तै मरिरहे

ढुक्क भएको छ
अव लास आईपुगेको छ
लास झिकाउनका लागि
अझै क—कस्को घर चाहर्नु पर्ने हो भन्ने दिक्दारी
सकिएको छ
अझै कति कानूनी जन्जालहरू व्यहोर्नु पर्ला भन्ने आशंका
मेटिएको छ
अझ कति ऋण काड्नु पर्ला भन्ने पीर सकिएको छ
ढुक्क भएको छ उनीहरूलाई
अब किरिया गर्न पाईने भएको छ
अब जुठो बार्न पाईने भएको छ
अब चाडवाड मान्न वा नमान्न पनि पाईने भएको छ ।

के यो देशलाई खबर छ ?
बल्ल तल्ल
नौ महिना पछि
बाकसमा बन्द भएर
अरबबाट उसको लास आईपुगेको छ
र, लास आईपुगेको कुराले
उत्सव जस्तो
उसकी स्वास्नी र छोराछोरीसँगै
आफन्तहरू बीचमा खुसीयाली छाएको छ !


बत्तिसपुतली, काठमाडौं ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस