मुख्य पृष्ठ » कविता » समय सन्दर्भ

समय सन्दर्भ

bool(false)

मारिनु र मर्नुका बीच
चलिरहेछ जीवन
हरेक दिन एउटा दुःखद समाचार आउँछ अगाडी,
जिन्दगीको गोरेटोमा हिड्दा हिड्दै
कोही झुण्डिरहेछ
आफ्नै काठको पंखामा पासो लगाई,
अर्कोले संसार छोड्यो
बिद्युत प्राधिकरणले नाङ्गै छाडेको तारका कारणले,
एक महिला बितिन
आफ्नो अस्मिता बचाउँदा बचाउँदै,
बटुवाले ज्यान गुमायो
जेव्राक्रसको सेतो धर्सामा,
बिद्यालय नगै घरै बसिन छोरी
भरे फर्किन नसकिने हो कि भन्ने त्रासमा,
हासिरह्यो सुरक्षा
मुस्कुराइरह्यो कानून,
तातो तेल झैं पसिरह्यो अट्टहास कानभित्र,
देशका ठेकेदारहरुको ।

पर कतै क्षितिजमा
धेरैको जिन्दगी
अन्तिम वीणा बजाइरहे झैं लाग्छ अहिले पनि,
भित्र भित्रै धेरैको सपना
टुक्रिएर झरिरहे झैं लाग्छ अहिले पनि,
इतिहास, मात्र इतिहास भएको छ राम्रो समय,
सबै कुरा जस्ताको त्यस्तै छोडेर
आफ्नै ढाडमा मृत्‍यु बोक्दै
आफ्नै मलामी गइरहेछ देश ।

तपाईलाई लाग्दो हो
म मृत्‍युको समाचार सुनाउँदैछु,
तर होइन,
यि सब परिस्थितिका बावजुद
म जिवितै रहेको खवर
तपाईलाई बताउँदै छु ।

मातातीर्थ, काठमाण्डौ ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस