गजल

bool(false)

 

सप्तरंगी टिका माला अर्को साल लाई राख बैनि
आउँदो भाईटिकामा मलाई,अल्लिछिट्टै डाक बैनि

 

सबको निधार भाईटिकाले सजिएर हिड्दा खेरि
तिमी दाई को आयु बडोस्, भन्दै देबि भाक बैनि ।

 

नजाउँ त बल्दैन खैं चिसो हुन्छ घरको चुलो
कमाएर आउदा तिहार खाउला मिठो छाक बैनि ।

 

जसो तसो पालो पैँचो,गरि सास त राखेकै थे
ओत बस्ने घर मात्र चहिदो रै छ गास बैनि ।

 

पीर नगर अर्को पटक कसो भेट नहोला र
छिट्टै आउछु के बस्थे र बिदेशिको दास बैनि ।

 

सप्तरंगी टिका माला अर्को साल लाई राख बैनि
आउँदो भाईटिकामा मलाई,अल्लिछिट्टै डाक बैनि

 

भरतपुर - १३, चितवन

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस